के उत्तर कोरियाका शासक किम जोंग उनकी हजुरआमा महान् योद्धा थिइन् ?
- मंगलबार, ६ असोज, २०७७
- 4 months ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । उत्तर कोरियामा महिलाको अवस्था राम्रो रहेको छैन । तर, उत्तर कोरियाका शासक किम जोंग उनकी बहिनीको चर्चा भने व्यापक चल्दै आइरहेको छ । किम जोंग उनको मृत्युको खबरहरु बाहिर आइरहँदा किमकी बहिनीको चर्चा भने चुलिएको थियो ।
कतै सत्ता उनको हातमा पुग्ने होइन भन्ने अड्कलबाजी पनि भएको थियो । उत्तर कोरियाका शासक किम जोंग उनको हजुरआमाबारे कमैलाई थाहा छ ।
किम जोंग सुक उत्तर कोरियाका संस्थापक नेता किम द्वितीय सुंगको पत्नी र वर्तमान तानाशाह किम जोंगको हजुरआमा हुन्। किम, जसले ३१ वर्षको उमेरमा आफ्नो ज्यान गुमाइन् भनिन्छ कि छापामार सिपाहीहरूसँगको लडाईको कारण उनले आफ्नो जीवन गुमाउन पुगेकी थिइन्। यद्यपि यस बारे कुनै आधिकारिक कागजात वा निश्चित उल्लेख कहिँ भेटिएको छैन । तर उनको चर्चा उत्तर कोरियामा भने आज पनि उत्तिकै भइरहने बताइन्छ ।
स्कूल पाठ्यक्रममा विद्यार्थीहरुले उनीहरुको बहादुरी किस्सा पढ्दै आइरहेका छन् ।
उनी गरिब किसान परिवारबाट थिइन्। एक दिन उनको बुबा अचानक घरबाट हराए। आफ्नो बुबाको खोजीमा, सुक शहरमा जाँदै गर्दा आफ्नो बुबाको मृत्युको बारेमा पत्ता लगाइन् । कोरियाली सेन्ट्रल न्यूज एजेन्सीका अनुसार सुक यसपछि आफ्नो पुरानो घरमा फर्किनन्, सहरमै रहिन् ।
त्यहाँ उनी किम द्वितिय को छापामार सेनाको सम्पर्कमा आइन् । यहीँबाट उनको व्यक्तित्व परिवर्तन भयो। उनी एक किसान महिलाबाट एक बहादुर योद्धामा परिवर्तन भइन्। यही समयमा उनले किम द्वितियसँग सन् १९४१ मा विवाह गरिन् । उक्त समय युद्ध चलिरहेको थियो । छापामार युद्धका बीचमा छाउनीमा बसिरहेको बेला, सुकले किम जोंग ल (वर्तमान शासकका बुबा) लाई जन्म दिइन्। किम जोंग इनको नाम रूसी भाषाबाट पनि प्रेरित भएको थियो । उनलाई सुरुमा युरा भनेर बोलाउने गरिन्थ्यो । पाँच वर्षको अन्तरालमा उनले दुई सन्तानलाई जन्म दिइन् । तर, उनको एक सन्तानलाई मात्र विश्वले चिनेको छ ।
सन् १९४९ मा छापामार युद्धपछि र तीन बच्चाको जन्म पछि उत्तर कोरियाको राजधानी प्योंगयांगमा सुकको मृत्यु भएको थियो । स्थानीय मिडिया भन्छन् कि सुक युद्धको यातनाको कारण मृत्यु भएको थियो। त्यस्तै चौथो बच्चालाई जन्म दिने क्रममा उनलाई संक्रमण भएको र सोही कारण मृत्यु भएको खबर पनि बाहिर आएको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
गङ्गामायाको स्वास्थ्य अवस्थाबारे जानकारी
- 4 hours ago

काठमाडौँ । गृहसचिव महेश्वर न्यौपाने र कानून सचिव ऋषि राजभण्डारीसहितको टोलीले वीर अस्पतालमा उपचाररत गङ्गामाया अधिकारीको अवस्थाबारे आज जानकारी लिएका छन् । सचिवद्वयसहितको टोलीले वीर अस्पतालमा पुगेर उनको
आरोपपत्र फिर्ता लिइ निर्वाचनमा जान तयार भए पार्टी एक हुनसक्छ: मन्त्री श्रेष्ठ
- 4 hours ago

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले पार्टीमा दर्ता गराइएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको आरोपपत्र फिर्ता लिइ निर्वाचनमा जान तयार भए अझै पार्टी एक हुनसक्ने बताएका
'तपाईहरुको सपना पूरा गर्ने सरकार यही छ, दायाँबायाँ भएको छैन'
- 4 hours ago

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले विकासप्रेमी प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने प्रयास गलत भएको बताएका छन् । प्रधानमन्
पर्यटन
कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गरेका छन् ।
जीवनशैली
जोर्नीमा हुने दुखाई, सुन्निने जस्ता समस्याका लागि ल्वाङ फाइदाजनक

काठमाडौं । ल्वाङलाई खानामा मसलाका रुपमा प्रयोग गरिन्छ। यसमा प्रोटिन, आइरन, कार्बोहाइड्रेट्स, क्याल्सियम, फस्फोरस, पोटाशियम, सोडियम तथा हाइड्रोक्लोरिक एसिड भरपूर मात्रामा पाइन्छ।
विचित्र विश्व
बिरालोमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि भएपछि...

एजेन्सी । दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यहाँको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस सङ्क्रमण देखिएको हो ।