उत्तर कोरियाका शासक किम जोंग उनले माफी मागे
- शुक्रबार, ९ असोज, २०७७
- 4 months ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ–अनले यसैसाता उत्तर कोरियाली सैनिकले चलाएको गोलीबाट कोरियाली नागरिकको मृत्यु भएको भन्दै क्षमा मागेका छन् ।
उत्तर कोरियाली नेता किमले दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनलाई पठाएको पत्रमा उक्त कुरा उल्लेख गरिएको चियोङ वा डाईका राष्ट्रिय सुरक्षा निर्देशक एवं राष्ट्रपति मूनका वरिष्ट सुरक्षा सल्लाहकार सूह हूनले बताएका छन् ।
उत्तर कोरियाले पठाएको पत्रमा एक जना अपरिचित व्यक्तिले तटीय सुरक्षा गस्तीले चेतावनी दिएपनि त्यसको बेवास्ता गर्दै अगाडि बढेपछि गोली चलाउनु परेको उल्लेख छ ।
यसैबीच, मून र किमले हालैमात्र व्यक्तिगत पत्र आदानप्रदान गर्नु भएको सूहले बताउनुभएको छ । उक्त पत्रहरुमा कोरोनाभाइरस महामारीबाट उत्पन्न कठिनाईलाई परास्त गर्दै सियोल–प्योङयाङबीचको सम्बन्धलाई पुनः गति दिने अपेक्षा गरिएको छ ।
ती पत्रहरु पछिल्लो एक महिनाभित्र आदानप्रदान गरिएको पनि सूहले बताउनुभयो । सूह दक्षिण कोरियाली राष्ट्रपतिका उच्च सुरक्षा सल्लाहकार हुन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सोमबार ४ हजार ८५८ स्वाबको परीक्षण
- 12 minutes ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ४ हजार ८५८ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पोखरामा थप १० जनामा कोरोना संक्रमण
- 14 minutes ago

पोखरा । पोखरामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार पोखरामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
थप १० जना कोरोना संक्रमितको मृत्यु
- 17 minutes ago

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा १० जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको
पर्यटन
सेता हिमाल कालापत्थरमा परिणत

मनाङ । हिउँपर्ने याममा हिउँ नपर्दा कालापत्थर मात्रै देखिएको मनाङको अन्नपूर्ण, गङ्गापूर्ण र लमजुङलगायत हिमाल । सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन ।
जीवनशैली
पुदिनाको फाइदै फाइदा

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ । अझ भन्नुपर्दा पुदिना चिया स्वास्थ्यका लागि निकै लाभदायी छ । पुदिना चियाको स्वाद मात्रै नभएर स्वास्थ्यका लागि समेत निकै राम्रो मानिन्छ ।
विचित्र विश्व
भुटानमा सक्रिय कोरोना संक्रमित कति छन् ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ८५५ पुगेको छ । कुल कोरोना संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १२९ रहेको छ ।