किन राम्रो छैन किम र वाइडेनको सम्बन्ध ?
- बुधबार, २६ कार्तिक, २०७७
- 2 months ago
- अन्तर्राष्ट्रिय
- विचित्र विश्व

एजेन्सी । उत्तर कोरियाका शासक किम जोंग उन अमेरिकाका राष्ट्रपतिय निर्वाचनमा जित हात पारेका जो वाइडेनप्रति मौन रहेको छ । उत्तर कोरिया न्युक्लियर मिसाइलका लागि विश्वभर चर्चामा रहेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबीच तीनपटक भेटघाट भएको थियो । भेटघाट भएपनि कुनै निष्कर्षमा भने पुगेका थिएनन् । तर, ट्रम्प र किमको सम्बन्ध भने सुधार भएको बताइएको थियो ।
विश्वको नजर अमेरिकी निर्वाचनमा रहेको थियो । वाइडेनले जित हात पारे पनि शक्तिशाली देशहरुले भने हालसम्म बधाइ दिएका छैनन् । उत्तर कोरिया त झन् मौन नै रहेको छ ।
मिडिया रिपोर्टका अनुसार उत्तर कोरिया पुनः न्युक्लियर हतियार बनाउन लागि परेको छ । पछिल्लो समय दक्षिण कोरियासँग पुर्ण रुपमा सम्बन्ध तोडेको उत्तर कोरियाले वाइडेनलाई भने नजिकबाट नियाली रहेको बताइएको छ । किमलाई वाइडेनले चुनाव प्रचारका क्रममा नराम्रो टिप्पणी गरेका थिए ।
साथै वाइडेनले किमलाई एडोल्फ हिटलरसँग तुलना गरेका थिए । उनले किमलाई हत्याराकाे संज्ञा दिएका थिए । सोही कारण पनि उत्तर कोरिया वाइडेनसँग रुष्ट रहँदै आएको छ ।
उत्तर कोरियाले पनि उक्त टिप्पणीको प्रतिक्रिया दिएको थियो । उत्तर कोरियाको स्टेट मिडियाले वाइडेनलाई भुसिया कुकुरको संज्ञा दिएको थियो । उनलाई कुटीकुटी मृत्युदण्ड दिनुपर्ने समेत स्टेट मिडियाले छापेका थिए ।
अब भने उत्तर कोरिया र अमेरिकाको सम्बन्ध कस्ते रहला भन्ने चासो बढेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
गङ्गामायाको स्वास्थ्य अवस्थाबारे जानकारी
- 3 hours ago

काठमाडौँ । गृहसचिव महेश्वर न्यौपाने र कानून सचिव ऋषि राजभण्डारीसहितको टोलीले वीर अस्पतालमा उपचाररत गङ्गामाया अधिकारीको अवस्थाबारे आज जानकारी लिएका छन् । सचिवद्वयसहितको टोलीले वीर अस्पतालमा पुगेर उनको
आरोपपत्र फिर्ता लिइ निर्वाचनमा जान तयार भए पार्टी एक हुनसक्छ: मन्त्री श्रेष्ठ
- 3 hours ago

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले पार्टीमा दर्ता गराइएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको आरोपपत्र फिर्ता लिइ निर्वाचनमा जान तयार भए अझै पार्टी एक हुनसक्ने बताएका
'तपाईहरुको सपना पूरा गर्ने सरकार यही छ, दायाँबायाँ भएको छैन'
- 3 hours ago

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले विकासप्रेमी प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने प्रयास गलत भएको बताएका छन् । प्रधानमन्
पर्यटन
कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गरेका छन् ।
जीवनशैली
जोर्नीमा हुने दुखाई, सुन्निने जस्ता समस्याका लागि ल्वाङ फाइदाजनक

काठमाडौं । ल्वाङलाई खानामा मसलाका रुपमा प्रयोग गरिन्छ। यसमा प्रोटिन, आइरन, कार्बोहाइड्रेट्स, क्याल्सियम, फस्फोरस, पोटाशियम, सोडियम तथा हाइड्रोक्लोरिक एसिड भरपूर मात्रामा पाइन्छ।
विचित्र विश्व
बिरालोमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि भएपछि...

एजेन्सी । दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यहाँको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस सङ्क्रमण देखिएको हो ।