हसिया प्रहार गरी आफ्नै भाई र छोराको हत्या !

Global IME
Mega Bank
Norvic Hospital

दाङ, ३० साउन । रुकुममा मानसिक रोगी एक ब्यक्तिले हसिया प्रहार गरी आफ्नै भाई र छोराको हत्या गरेका छन् । घरमा बसीरहेको समयमा आज बिहान एक्कासी रुकुम पश्चिमकको मुसीकोट नगरपालिका—१४ का शंकर बिष्टले आफ्नै भाई र छोराको हत्या गरेका हुन् ।

 

हसिया आक्रमणबाट अरु दुई जना छोराहरु घाइते भएका छन् । आज बिहान करिब साढे ६ बजेतिर ३७ वर्षीय शंकर विष्टले आफ्ना भाइ र छोराहरुलाई हसियाले आक्रमण गरेका हुन् । उनको आक्रमणबाट २० बर्षीय भाइ गोकर्ण र ६ वर्षीय छोरा सुदर्शनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

यस्तै आक्रमणबाट छोराहरु १३ वर्षीय प्रकाश र १० वर्षीय दिनेश घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । भाइ र छोराहरुलाई आक्रमण गरेपछि शंकरले आफूले आफैलाई टाउकोमा हतियार प्रहार गरेका थिए । उनी पनि सामान्य घाइते छन् ।

 

उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । घटनाका बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । घटनास्थल सदरमुकाम सल्लेबाट करिब एक घण्टाको पैदल दुरीमा पर्छ ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

दोलखा निर्वाचन अपडेट: सत्ता गठबन्धनकै अग्रता

  • 4 minutes ago
दोलखा निर्वाचन अपडेट: सत्ता गठबन्धनकै अग्रता

दोलखा । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारकै अग्रता देखिएको छ ।

माछा पाल्ने किसानलाई ५० प्रतिशन अनुदान

  • 27 minutes ago
माछा पाल्ने किसानलाई ५० प्रतिशन अनुदान

भरतपुर । भरतपुर महानगरपालिकाले व्यावसायिक रुपमा माछा पाल्ने किसानलाई विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ ।

स्याङ्जा–२ मा कांग्रेस उम्मेदवारको मतान्तर बढ्यो

  • 29 minutes ago
स्याङ्जा–२ मा कांग्रेस उम्मेदवारको मतान्तर बढ्यो

स्याङ्जा । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा दुवैमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन् ।



पर्यटन

आहा हिमाल

आहा  हिमाल

कुश्मा । पर्वतको पर्यटकीय गाउँ चित्रेबाट देखिएको अन्नपूर्ण हिमाल र मुन्तिर रहेको कास्की सल्यानको सानो गाउँ । तस्बिर सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।