एकजना डाक्टरले आफ्नी विवाहित प्रेमिकालाई विषको इन्जेक्सन दिएर हत्या गरे

प्रतिकात्मक तस्बिर

एजेन्सी । भारतको उत्तर प्रदेशमा एक जना डाक्टरले आफ्नो विवाहित प्रेमिकाबाट पन्छिन उनलाई विषको इन्जेक्सन दिएर हत्या गरेका छन् । प्रहरीले आरोपित डाक्टरलाई पक्राउ गरेको छ । आरोपी डाक्टर आफु पनि विवाहित रहेको मिडिया रिपोर्टमा उल्लेख छ । 

 

यो घटना मसुरी क्षेत्रको रहेको मिडिया रिपोर्टमा उल्लेख  छ । यो रहस्य बाहिर आउन करिब ४० दिन लागेको प्रहरीले जनाएको छ । गाजियावादको मसुरीको इलाकामा एक महिलाको शव फेला परेको थियो ।

 

उनी बेपत्ता भएको रिपोर्ट मसुरी प्रहरी चौकीमा दर्ता गराइएको थियो । प्रहरीलाई उनलाई खोज्न बारम्बार प्रयास गरेको थियो । प्रहरीले खोज्दै जाँदा ती महिलाको सम्पर्क आरोपी डाक्टरसँग रहेको पत्ता लगाएको थियो ।

 

डाक्टर इस्माइलको सम्पर्कमा रहेको र उनीहरुबीच अफेयर रहेको रहस्य प्रहरीले पत्ता लगाएको थियो । डाक्टर केही समय अगाडिमात्रै आफ्नो मोबाइल नम्बर परिवर्तन गरेका थिए ।  

 

प्रहरीले खोज्दै गर्दा उनलाई आशंकाका आधारमा उनलाई पक्राउ गर्यो । सोधपुछका क्रममा उनले आफ्नो अपराध स्वीकार गरेको मिडिया रिपोर्टमा उल्लेख छ । 

 

उनले बहाना बनाएर हरियाणा पुर्याएको रहस्य खुलाए । उनले विषको इन्जेक्सन लगाएर महिलाको हत्या गरेको स्वीकार गरे । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपालमा १७ लाख स्वाबको परीक्षण

  • 6 hours ago
नेपालमा १७ लाख स्वाबको परीक्षण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा जम्मा ९ हजार ४९१ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन

सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने प्रधानमन्त्री ओलीको भनाई

  • 6 hours ago
सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने प्रधानमन्त्री ओलीको भनाई

काठमाडौँ । नेपालको निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)को ५४ औंँ वार्षिक साधारणसभा बिहीबारदेखि शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानम

१० तस्बिरमा भिमादको सेती नदीमा तोरण

  • 6 hours ago
१० तस्बिरमा भिमादको सेती नदीमा तोरण

तनहुँ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज तनहुँ जिल्लाको भिमादमा तोरण तारिएको छ ।



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।