दाइले गरे आफ्नै भाइको हत्या, हत्यापछि शव नगरमा बगाइदिए !

dilip jha, pic-aajtak

एजेन्सी । दिल्लीमा दर्दनाक घटना घटेको छ । सम्पत्तिका लागि दाजुभाइबीच मनमुटावले चरम रुप लिँदा हत्यासम्मको घटना घटेको छ । सम्पत्तिको विवामा एक जना दाइले आफ्नै भाइको हत्या गरेका छन् ।

 

उनले हत्यापश्चात भाइको लाश नहरमा बगाइदिएको समेत मिडिया रिपोर्टमा उल्लेख छ । भाईको लाशलाई व्यवस्थापन गरेपछि आफैँले भाइ बेपत्ता भएको रिपोर्ट प्रहरीमा दर्ता गराएका थिए ।

 

भाइ हराएको पर्चा पनि उनले छापेका थिए । प्रहरीले अनुसन्धानका क्रममा भाइको हत्या गरेको आरोपमा दाजुलाई नै पक्राउ गरेको छ ।  आरोपीको नाम विवेक झा भएको प्रहरीले जनाएको छ ।

 

मृतकको नाम दीलिप झा रहेको प्रहरीले जनाएको छ ।

 

१५ अक्टोबरमा हैदरावाद वाटर प्लान्टमा फलामको बक्सामा दीलिपको शव फेला गरेको थियो । प्रहरीका अनुसार दीलिपको हत्या घाँटी थिचेर भएको हो । सोधपुछका क्रममा उनले दीलिपको हत्या भएको स्वीकार गरेको बताइएको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कारागारमा जन्मिएको बच्चा

  • 16 minutes ago
कारागारमा जन्मिएको बच्चा

दाङ । दाङको तुलसीपुर कारागारमा कर्तव्य ज्यान मुद्दामा थुनामा रहेकी बङ्गलाचुली गाउँपालिका निवासी निशाना घर्तीले जन्माएको बच्चा । उनले कारागारमै छोरीको जन्म दिएकी हुन् । तस्वीरः दीपक बोहरा÷ रासस

पञ्चेबाजा नरसिङ्गो बजाउँदै

  • 22 minutes ago
पञ्चेबाजा  नरसिङ्गो बजाउँदै

मार्तडी । जिल्लाको बुढीगङ्गा नगरपालिका–३ का स्थानीय पञ्चेबाजा नरसिङ्गो बजाउँदै । पछिल्लो समयमा पञ्चेबाजा लोप हुँदै गएको छ । तस्वीरः प्रेमबहादुर रौले, रासस



पर्यटन

बैतडीको मेलौली मन्दिर

बैतडीको मेलौली मन्दिर

बैतडी । कोरोना कहरले सुनसान बनेको बैतडीको मेलौलीमा रहेको मेलौली भगवती मन्दिर ।

जीवनशैली

यसकारण पुरुषले बिहानै खालीपेटमा एक केश्रा लसुन खाने

यसकारण पुरुषले बिहानै खालीपेटमा एक केश्रा लसुन खाने

एजेन्सी । दैनिक रुपमा पुरुषले खाली पेटमा लसुनको एक केश्रा खाए यसले थुप्रै रोगको उपचारमा मद्दत पुर्याउँछ । लसुनमा एलिसिनजस्ता पौष्टिक तत्व पाइन्छन् जसले विभिन्न स्वास्थ्य समस्यालाई टाढै राख्छ ।