'खोप लगाएपछि मात्रै काममा फर्किन्छौँ'

सांकेतिक तस्बिर

चितवन । तीन महिनापछि आंशिकरुपमा खुलेका सौराहाका होटलका मजदूरले काम शुरुआत गर्नुअघि कोरोना बिरुद्धको खोपको माग गरेका छन् । ती क्षेत्रका होटलमा दुई हजार ५०० हाराहारी मजदूर कार्यरत छन् ।

 

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा खुकुलो गरेर गत असार अन्तिम साताबाट क्षमताको ३३ प्रतिशत मात्र पाहुना राख्न दिएपछि अधिकांश होटल सञ्चालनमा आएका छन् । होटलमा न्यून मात्र मजदूर रहेका छन् । क्षेत्रीय होटल सङ्घ  सौराहाका अध्यक्ष दिपक भट्टराईले खोप नलगाई काम गर्न मजदूरले नमानेको जानकारी दिए ।

 

उनका अनुसार हाल त्यहाँ दैनिक ६०÷६५  पाहुना आउन थालेका छन् । ती पाहुनालाई होटलले सामान्य व्यवस्थापन मात्र गर्दै आएको छ । होटल कुर्न बसेका थोरै मजदूरले होटल सञ्चालन गरिरहेका छन् । त्यही बसेका मजदूर र घरमा रहेका दुवैको माग खोप रहेको छ । उनका अनुसार मजदूरलाई खोप लगाइदिन जिल्ला प्रशासन कार्यालयमा संस्थागतरुपमा निवेदनसमेत दिइएको छ ।

 

स्थानीय प्रशासनले आंशिकरुपमा सञ्चालन हुने भएकाले त्यही सङ्ख्याका लागि मात्र खोपको माग गर्न भनेपछि ६०० जना मजदूरका लागि पहिलो चरणमा खोप लगाइदिन अनुरोध गरिएको उनले जानकारी दिए । उनले भने, “अग्रभागमा रहेर काम गर्नेलाई मात्र खोप लगाइदिन सके धेरै सुरक्षित हुन्छ ।”

 

सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेले प्रत्यक्षरुपमा पाहुनासँग काम गर्ने मजदूरलाई खोप नलगाई काममा लगाउन कठिन हुने बताए । प्राथमिकताका आधारमा आंशिकरुपमा पहिलो चरणमा खोप लगाइदिन सकेमा होटल सञ्चालनमा सहज हुने उनको भनाइ छ । आइतबार मात्र आफ्नो होटल जङ्गल सफारी लजमा पाँच वटा कोठामा पाहुना भएको जनाउँदै उनले ती पाहुनासँग प्रत्यक्ष काम गर्नेलाई खोप लगाउन सकेमा सुरक्षित हुने बताए ।

 

सङ्घका महासचिव गुणराज थपलियाले होटल सञ्चालनमा आउन थालेको जनाउँदै मजदूरलाई खोप लगाएर सुरक्षित बनाउनुपर्ने बताए । उनले भने, “हामीले कोभिड– १९ बाट बच्ने स्वास्थ्य मापदण्ड अवलम्बन गरेर होटल सञ्चालनमा ल्याएका छौँ । मजदूरलाई सुरक्षित गराएर होटल सञ्चालन गर्नुप¥यो ।”

 

वाग्मती प्रदेशका मुख्यमन्त्री, सामाजिक विकासमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर सङ्घले खोपको व्यवस्था मिलाउन आग्रह गरेको छ । सौराहा देशकै तेस्रो पर्यटकीय गन्तव्य हो । जङ्गल सफारीका लागि विश्वभरबाट यहाँ पर्यटक आउने गर्दछन् । हात्तीमा चढेर गैँडालगायतका वन्यजन्तुको अवलोकन पर्यटकको पहिलो रोजाइ हुने गर्दछ । वन, वन्यजन्तु र वनस्पतिका अलवा यहाँ स्थानीय आदिवासी थारुको जीवन्त झल्कने साँस्कृतिक कार्यक्रम, सौराहा सगै जोडिएका धार्मिक स्थान पर्यटकका लागि थप आर्कषण हुन् । जङ्गल ड्राइभ, जङ्गल वाक, डंङ्गा सफारी, हात्ती र गोही प्रजनन् केन्द्र पनि सौराहा आउने पर्यटकका लागि मनोरञ्जनका थप केन्द्र बन्ने गरेका छन् ।  

 

सो क्षेत्रका १२०  होटलमा दुई हजार ५०० श्यया सञ्चालनमा  छन् । हाल कोभिडसँगै चितवन राष्ट्रिय निकुञ्जले सामुदायिक वन र निकुञ्जभित्र पर्यटकले गर्ने गतिविधि रोकिइएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले केही दिनभित्र नै सामुदायिक वनमा गरिने गतिविधिलाई अनुमति दिइने तयारी गरिएको बताए । 

 

सामुदायिक वनमा हात्ती सफारी, सामुदायिक वन र निकुञ्जमा जीप सफारी, दुवै ठाउँमा जङ्गल वाक, डुङ्गा सफारीलगायत गतिविधिका लागि निकुञ्जले अनुमति दिनु पर्दछ । वर्षात्का समयमा निकुञ्जभित्र हुने गतिविधि रोक्ने गरिन्छ । बाहिरको भने सधैँ खुला हुने गर्दछ ।


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

जसपाको आधिकारिकताको निर्णयविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

  • 11 minutes ago
जसपाको आधिकारिकताको निर्णयविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकताको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई साउन ११ गते पार्टीको आधिकारि

बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी

  • 29 minutes ago
बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी छ । क्रियाशील सदस्यता सम्बन्धी विवाद मिलाउनको लागि शीर्ष नेताहरुको

नेपालमा थप ४१०७ जनामा कोरोना संक्रमण

  • 35 minutes ago
नेपालमा थप ४१०७ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप ४१०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३५४ नमुनाको पीसीआर परीक्षण र ४९४४ जनाको एन्टीजेन परीगक्षण गर्दा ४१०७ जनामा संक्रमण पुष



पर्यटन

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

गलकोट । कोभिड–१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा–बागलङको बन्जी पुल कोरोनाका कारण पुनः बन्द भएको थियो । अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ ।

जीवनशैली

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

आज मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर यात्रा सफल र भेटाघटको बनेको छ ।