नेपालमा बुधबारबाट खोप अभियान सुरु हुने, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
- आइतबार, ११ माघ, २०७७
- 1 month ago
- नेपाल

काठमाडौँ । नेपालमा बुधबारबाट कोरोनाभाइरस विरुद्धको खोप अभियान सुरु हुने भएको छ । गत बिहीबार भारतको अनुदानमा कोभिशिल्ड नामक खोपका १० लाख डोज नेपाल आइपुगेको छ । सोही खोप अभियान बुधबारबाट सुरु हुन लागेको हो ।
अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादक कम्पनी अस्ट्राजेनाकासँगको सहकार्यमा भारतको सेरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरेको खोप नेपाल आएको हो । सो खोपको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिएका छन् । खोप पहिलो चरणमा फ्रन्टलाइनहरुलाई खोप दिइनेछ ।
आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भएको छलफलमा मन्त्री त्रिपाठीले उक्त जानकारी दिएका हुन् । छलफलमा मन्त्री त्रिपाठीले कुनै राजनीतिक तथा व्यवस्थापकीय समस्या भए त्यसअघि नै समाधान गर्न आग्रह गरेका छन् ।
भारतले उपलब्ध गराएको खोप २ देखि ८ डिग्री तापक्रममा अर्थात् सामान्य फ्रिजको तापक्रममा राख्न मिल्छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
प्रदेश १ को हिउँदे अधिवेशनको मिति सर्यो
- 2 minutes ago

विराटनगर । प्रदेश १ को प्रदेशसभाको सातौं तथा हिउँदै अधिवेशन चैत २ गतेको लागि सरेको छ । यसअघि फागुन २० गते बिहीबार दिउँसो १ बजे प्रदेशसभा बस्ने भने पनि बुधबार प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीले एक
प्रचण्ड–नेपाल समूहद्वारा यी ६ नेतालाई कारबाही
- 20 minutes ago

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहले ओली समूहका ६ जना नेताहरुलाई कारबाही गरेको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको सो समूहको केन्द्रीय कमिटी बैठकले ओली समूहमा सक्रिय रहेका ६ नेताहरुलाई का
२३ गते नपुग्दै अनिश्चितताको तुवाँलो र बादल फाटेर नयाँ गति र विश्वास पैदा गर्छः प्रचण्ड
- 30 minutes ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएर अन्य राजनीतिक दलहरू मिलेर हटाउने बताएका छन् ।
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।
विचित्र विश्व
चीनमा २५० नयाँ अर्बपति थपिए

एजेन्सी । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।