“आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन” (तस्विरहरु)
- शनिबार, १९ आषाढ, २०७८
- 1 year ago
- नेपाल

काठमाडाैँ। नेपाल खेलकुद महासंघको “आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन” अभियान शुरु भएको छ।
तारकेश्वर नगरपालिका जितपुरफेदीमा रोपाई कार्यक्रमको आयोजना गर्दै महासंघले सो अभियानको शुरुवात गरेको हो। अवका दिनमा खेलकुद संगै उत्पादनमा पनि खेलाडीहरुको सहभागिता र योगदानका लागि शुरु गरिएको सो अभियानको शुभारम्भ कार्यक्रममा नेकपा एमालेका पोलिट ब्युरो सदस्य तथा पुर्व गृहमन्त्रि खगराज अधिकारी प्रमुख अतिथि रहेका थिए भने पुर्ब उधोग मन्त्री कर्ण थापा र पुर्ब खेलकुद मन्त्री तथा महासंघका इन्चार्ज दावा लामा विशेष अतिथि रहेका थिए।
सहभागीहरुलाई अबिर र टिका लगाउदै शुरु गरिएको रोपाइँ कार्यक्रममा कलाकारहरु पुजा शर्मा ,वर्षा सिवाकोटी र राज कट्टेलले सक्रिय सहभागिता जनाएका थिए भने स्थानीय धर्मस्थली ब्याण्डले बाजा प्रस्तुत गर्दै कार्यक्रमको रौनक बढाएको थियो।
उपत्यका खेलकुद माहासंघ सहसंयोजक केसब ब्यन्जन्कारको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका अध्यक्ष रमेस पौडेल ,बरिस्ट उपाध्यक्ष परशुराम बस्नेत ,उपाध्यक्ष सुवाष श्रेष्ठ ,उप महासचिव रामकृष्ण खडका,शान्तमाया परीयार ,सचिव रेनुका श्रेष्ठ ,उमेस केसी ,चर्चित फुटवल खेलाडी तथा राखेप सदस्य हरी खड्का ,खेलकुद परीषद सदस्य सम्पन्न श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
महासंघका उपत्यका सचिव केशव ओलीको संचालन र सहसचिव विव्व्क घिमिरेको स्वागत मन्तव्य रहेको कार्यक्रममा वक्ताहरुले नेपाल खेल्कुस महासंघले खेलाडीहरुको वृति विकास संगै उत्पादन र कृषिमा सहभागिताका लागि शुरु गरेको अभियान निकै फलदायी र अर्थपूर्ण रहेको भन्दै प्रसंशा गरेका थिए।
खेलका दौरबं घाइते खेलाडीहरुको निशुल्क उपचारको लागि पहल गर्दै आएको महासंघले यस अभियान अन्तर्गत दुई दिन कृषि र उत्पादन मुलक कार्यमा खर्चिने गरी यो अभियान शुरु गरेको बताउदै महासंघका अध्यक्ष रमेस पौडेलले खेल ,खेलाडी र खेलप्रेमीहरुको साझा र नेतृत्वदायी मंचका रुपमा महासंघलाई अगाडी बढाउने धारणा राखेका थिए।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
श्रीलङ्काका राष्ट्रपतिद्वारा सरकारी खर्च कटौती गर्न निर्देशन
- 6 minutes ago

एजेन्सी । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले मन्त्रिपरिषद्लाई सरकारी खर्च घटाउन निर्देशन दिएका छन् ।
शाहरुख खानको फिल्मले हालसम्म कति कमायो ?
- 20 minutes ago

एजेन्सी । शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम अभिनित एक्सन फिल्म ‘पठान’ रिलिज भएको एक साता मात्र भएको छ र यसले बक्स अफिसका सबै प्रमुख रेकर्ड तोडेको छ ।
प्रेमप्रसाद आत्मदाह प्रकरण – प्रहरीले उपेन्द्र महतोसँग पनि बयान लियो
- 22 minutes ago

प्रेमप्रसाद आचार्य आत्मदाह प्रकरणमा प्रहरीले गैर आवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष तथा व्यवसायी उपेन्द्र महतोसँग बयान लिएको छ ।
पर्यटन
हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।
जीवनशैली
कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।
विचित्र विश्व
युक्रेनमा लुकेको छ अमूल्य खजाना ! त्यसैले पनि पश्चिमा देश समर्थनमा आए

एजेन्सी । गत वर्ष फेब्रुअरीमा रसिया र युक्रेनबीच युद्ध हुँदा विज्ञहरूले केही दिनमै युक्रेनले रुसलाई आत्मसमर्पण गर्ने भविष्यवाणी गरेका थिए। तर, अब चाँडै एक वर्ष पूरा हुन लागेको छ र युद्ध अझै जारी छ। हालसम्म युक्रेन नाटोमा सामेल हुनका लागि युद्ध चलिरहेको बुझिएको थियो तर मिडिया रिपोर्टका अनुसार युक्रेनमा ठूलो खजाना लुकेको छ ।