टीकाकै दिन अस्पतालमा, खानपानमा ख्याल पुगेन

  • मंगलबार, ११ कार्तिक, २०७७
  • 4 weeks ago
  • नेपाल

टीकापुर । खानपानमा सन्तुलन नमिल्दा जोशीपुरका सन्देश चौरासिया टीकाको दिन पनि अस्पतालमै रहनुपर्यो । 

उच्च रक्तचाप र मधूमेहको समस्या भएका सन्देशलाई दशैँको खानपानले बिरामी बनाएको हो ।

 

 ‘‘घरमा बोका काट्यौँ, चिल्लो रोटी धेरै खाइयो, जसले मलाई समस्या भयो’’, चौरासियाले भने, ‘‘चाडपर्वमा घरमा चिल्लो खानेकुरा बढी पाक्यो, शरीरमा चीनिको मात्रा बढी भयो । आज दशैँको टीका लगाउने दिन म त बिरामी परेर टीकापुर अस्पतालमा छु ।” 

 

चाडबाडमा खानपिनमा सचेत नहुने आम चरित्र देखिन्छ । गाउँघरमा बलीका रुपमा होस् या दशैँ मनाउन काटिएको खसीको मासु ३÷४ दिनसम्म पनि खाने चलन गलत भएको टीकापुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा जितेन्द्र कँडेलले बताए । ‘‘मानिसको शरीरलाई मासु नभई नहुने तत्व भए पनि यसरी राखिएको बासी मासु सही व्यवस्थापन गर्न नसके स्वास्थ्यमा असर पार्छ । 

 

यसरी राखिएको खानेकुराले परिवार नै बिरामी हुन सक्ने सम्भावना रहन्छ’’, डा कँडेल भन्नुहुन्छ, ‘‘चाडपर्वमा खानपानमा ध्यान नदिएर पूरै परिवार बिरामी भएर अस्पताल आउनेहरु पनि छन् ।’’

 

सामान्य तया शरीरलाई चाहिएको भन्दा बढी मात्रामा खाए जुनसुकै खाद्यपद्धार्थले पनि असर गर्ने चिकित्सकहरु बताउँछन् । दीर्घरोगी, उच्च रक्तचापका बिरामी र कोलेस्टोर भएका बिरामीले मासु खाँदा विशेष ध्यान दिनुपर्ने डा। कँडेलको सुझाव छ । ‘‘चाडपर्वको समयमा अस्पतालमा यी रोगबाट ग्रसितहरु बढी समस्या भएर आउँछन्, कतिपयलाई अस्पतालमै भर्ना गरेर सेवा दिनुपर्छ । यसरी समस्या हुनुभन्दा खानपानमा ध्यान दिनु राम्रो हुन्छ ।’’

 

टीका लगाउँदा भीडभाड नगरी, मास्कको प्रयोग गर्ने, स्यानिटाइजरको प्रयोग जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई दशैं मनाउन स्वास्थ्यकर्मी तथा चिकित्सकको सुझाव छ ।     

 

‘‘यस वर्ष विगतका वर्षजस्तो भीड हुने गरी टीकाटालो गर्न हुँदैन’’, टीकापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले भन्नुभयो, ‘‘हामीले सबैलाई अपिल गरेका छौँ, घरमा मात्रै टीका लगाउँ, घरघर नजाउँ भनेका छौँ । यसले सङ्क्रमण फैलने डर बढेको छ ।’’

 

आर्थिक र सामाजिकरुपमा सुरक्षित हुने गरेर दशैँ मनाउन टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्रबहादुर रावलले आग्रह गर्नुभएको छ । ‘‘सामाजिक र आर्थिक क्षेत्रमा क्षति पुगेको छ’’, नगरप्रमुख रावल भन्नुहुन्छ, ‘‘यस्तो बेला स्वास्थ्य जोखिममा नपारौँ ।’’

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेकपाको भविष्य कठिन मोडमा आइपुगेको छः महासचिव पौडेल

  • 52 minutes ago
नेकपाको भविष्य कठिन मोडमा आइपुगेको छः महासचिव पौडेल

रुपन्देही । सङ्घीय सरकारका अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले नेकपाको भविष्य कठिन मोडमा आइपुगेको बताएका छन् । प्रेस संगठन रुपन्देहीले मंगलबार साँझ बुटवलमा

निकारागुवामा भएको सडक दुर्घटनामा १७ को मृत्यु, २५ घाइते

  • 59 minutes ago
निकारागुवामा भएको सडक दुर्घटनामा १७ को मृत्यु, २५ घाइते

एजेन्सी । निकारागुवामा मंगलबार भएको सडक दुर्घटनामा परी कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । सो दुर्घटनामा परेर अरु २५ जना घाइते भएका यहाँका केही स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

पाकिस्तानमा कोरोना संक्रमण बढ्दै

  • 1 hour ago
पाकिस्तानमा कोरोना संक्रमण बढ्दै

एजेन्सी । पाकिस्तानमा गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका बताइएको छ । गएको जुलाई ७ यताकै सबैभन्दा धेरै संक्रमित भेटिएका पाकिस्तानको स्वास्थ्य मन्त्रालयले जानकारी



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

राति निन्द्रा लाग्दैन ?

राति निन्द्रा लाग्दैन ?

एजेन्सी । निद्रा सबैको लागि प्यारो हुन्छ । यसमा पनि रातको निद्रा सबैभन्दा खास हुन्छ । यदि रातमा निद्रा लागेन भने मानिसलाई छटपटि लाग्न सक्छ । यसका साथै निद्रा नपुगेमा अन्य थुप्रै रोग समेत लाग्न सक्छ । यसका लागि समाधानको उपायको रुपमा यी कुराहरुलाई अपनाउन सकिन्छ ।