गान्धारी कसरी बनेकी थिइन् सय कौरबकी आमा ?
- बिहीबार, २९ पुष, २०७८
- 4 months ago
- विचित्र विश्व

एजेन्सी । धृतराष्ट्र जन्मजात अन्धा थिए, तर उनकी पत्नी गान्धारी भने आफ्नो इच्छाले अन्धी भएकी थिइन् । धृतराष्ट्र चाहन्थे कि उनको दाजुभाइहरुको भन्दा पहिले आफ्नो सन्तान होस् । किनभने हस्तिनापुरमा नयाँ पिँडीको सबैभन्दा जेठो पुत्र नै राजा बन्ने परम्परा थियो ।
उनले आफ्नी पत्नी गान्धारीसँग खुबै प्रेमपूर्ण कुराहरु गरे किनकी उनले छिटो भन्दा छिटो एक छोरा दिन सकुन् । तर, उनीहरुको छोरा भइरहेको थिएन ।
यस्तैमा एकदिन महर्षि व्यास हस्तिानापुर आए । गान्धारीले उनको धेरै राम्रोसँग सेवा गरिन् । व्यासले गान्धारीदेखि प्रशन्न भएर वर माग्न भने तब गान्धारीले धृतराष्ट्र समान सय पुत्र होस् भनेर वरदान मागिन् । व्यासले पनि हुन्छ भनि आशिर्वाद दिए ।
केही समयपछि नै गान्धारी गर्भवती भइन् । नौ महिना सकियो, दशौ महिना लाग्यो एघार महिना लाग्यो तर पनि केही भएन । उनलाई छटपटि हुन थाल्यो । यता कुन्तीको गर्भबाट पान्डुका जेठा पुत्र युधिष्ठिरको जन्म भइसकेको थियो ।
धृतराष्ट्र र गान्धारी निराश र दुखी भए । युधिष्ठिर जेठो पुत्रको रुपमा जन्मिएकाले स्वभाविक रुपमा राजगद्दीको अधिकार उनको भयो । बाह्र महिनापछि पनि गान्धारीले बच्चालाई जन्मदिन सकिरहेकी थिइनन् । उसले यो के भइरहेको छ, यो बच्चा जीवित छ वा छैन् भन्ने सोचिन् । हतास भएर उनले आफ्नो पेटमा प्रहार गरेर गर्भ तुहाइ दिइन् ।
व्यासले यी पुरै घटनालाई दिव्य दृष्टीले हेरिरहेका थिए । उनी गान्धारी भए ठाँउमा गएर भने आजसम्म मैले बोलेको केही पनि गलत भएको छैन, न कहिल्यै हुनेछ । त्यो माशंपिण्ड जस्तो हालतमा छ मेरो अगाडी लिएर आउनु ।
उनले गान्धारीलाई छिटो सयवटा कुण्ड बनाएर त्यसमा घिउ भरिदिन र २ वर्षको लागि सुरक्षित स्थानमा राख्ने प्रबन्ध मिलाउन भने । गान्धारीको आज्ञा पछि सेवकहरुले सबै तयारी गरे ।
व्यासले उक्त पिण्डमा जल छर्किए । त्यसपछि त्यसको एक सय एक टुक्रा भयो । ती सबैलाई दुई वर्षको लागि सुरक्षित स्थाममा राखियो । त्यही मांस पिण्डबाट सय कौरव पुत्र र एक कन्याको जन्मभयो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
बलात्कार आरोप लागेका कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे पक्राउ
- 3 hours ago

काठमाडौं । आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे पक्राउ परेका छन् ।
६९४ तहको परिणाम सार्वजनिक, कांग्रेस पहिलो र एमाले दोस्रो
- 4 hours ago

काठमाडौं । स्थानीय तह निर्वाचनको जारी मतगणनाअन्तर्गत हालसम्म ६९४ तहको परिणाम सार्वजनिक भएको छ । गत वैशाख ३० गते सम्पन्न निर्वाचनको जारी मतगणनामा शनिबार साँझ ७ बजेसम्म निर्वाचनको आयोगको सूचना प्रणालीमा
बुटवल उपमहानगरमा प्रमुखमा पाण्डे, उपप्रमुखमा अर्याल
- 5 hours ago

लुम्बिनी । स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । बुटवलमा पाँच दलीय गठबन्धनका तर्फबाट नगरप्रमुखका उम्मेदवार बनेका कांग्रेस बुटवल उपमहानगरपालिक
पर्यटन
इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।
जीवनशैली
आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।
विचित्र विश्व
दोस्रो विश्व युद्धको समयमा चोरी भएको सुनको औंठी ग्रीस फिर्ता

एजेन्सी । नोबेल फाउण्डेशन, स्वीडेनले दोस्रो विश्वयुद्धका समयमा ग्रीसको रोड्स टापुबाट चोरी भएको पुरातन महत्वको सुनको औंठी फिर्ता गरेको ग्रीसको संस्कृति मन्त्रालयले शुक्रबार जानकारी गराएको छ ।