उपत्यकामा जारी निषेधाज्ञाबारे निर्णय हुँदै

  • बुधबार, २४ भदौ, २०७७
  • 7 months ago
  • नेपाल

काठमाडौँ । काठमाडौँ उपत्यकामा भदौ ३ गतेदेखि जारी निषेधाज्ञाको पछिल्लोपटक थपिएको समय आज मध्यरातबाट सकिँदै छ । सोही कारण आज निषेधाज्ञाको मोडालिटीको बारेमा निर्णय हुने भएको छ । 

 

लामो समयको लकडाउन तथा निषेधाज्ञाले पनि कोरोना संक्रमण नियन्त्रण नभएको साथै अर्थतन्त्र पनि धरासयी भएको भन्दै यसको विरोध भएको छ । निषेधाज्ञा थप थप गर्ने वा खुकुलो पार्ने विषयमा मंगलबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखबीच छलफल भएको छ। मंगलबारको बैठकमा विभिन्न विकल्पमाथि छलफल भएको बताइएको छ ।

 

विकल्पहरुमा उपत्यकामा निजी सवारी साधन जोर बिजोर प्रणालीका आधारमा सञ्चालन गर्ने, निजी कार्यालय, उद्योग एवम् कलकारखाना स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्नेगरी निषेधाज्ञाको मोडालिटी परिवर्तन हुन लागेको बताइएको छ ।

 

निषेधाज्ञाले कमजोर आर्थिक अवस्था भएकाहरुको दैनिकी झनै नाजुक बन्दै गएको, साथै व्यवसायीहरु पनि मारमा परेको भन्दै आक्रोश बढ्दै जाँदा यसको मोडालिटी परिवर्तन हुन लागेको बताइएको छ । सोमबार मात्र गृह मन्त्रालयले सुरक्षा मापदण्ड अपनाएर निषेधाज्ञालाई खुकुलो पार्नुपर्ने सुझाव दिएको थियो। आम नागरिकको आवाजलाई सम्बोधन गर्नेगरी बुधबार रातिबाट लागू हुने गरी नयाँ मोडलमा निषेधाज्ञा हुन लागेको बताइएको छ ।

 

यसैबारेमा आज बस्ने तीन जिल्लाका सीडीओहरुको बैठकले निर्णय गर्नेछ ।

 

भदौ ३ गतेबाट १० गतेसम्म पहिलो चरण, १० गतेपछि १७ गतेसम्म दोस्रो र १७ गते राति १२ बजेदेखि २४ गतेसम्म गरेर तीन पटक थप भएको निषेधाज्ञाको अवधि चौथो पटक मोडालिटी परिवर्तनसहित थप हुन लागेको हो।  

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौँमा कोराना संक्रमण बढ्दो

  • 1 hour ago
काठमाडौँमा कोराना संक्रमण बढ्दो

काठमाडौँ । काठमाडौँमात्रै ५५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसै ललितपुरका १०५ जनामा र भक्तपुरमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु

  • 2 hours ago
नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण हालसम्म ३ हजार १०२ जनाको ज्यान गएको छ ।

नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण

  • 2 hours ago
नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले एन्टीजेन र पिसिआर परीक्षणबाट थप १७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।



पर्यटन

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ ।

जीवनशैली

यी खानेकुरामा दही मिसाएर खानुहोस्

यी खानेकुरामा दही मिसाएर खानुहोस्

एजेन्सी । दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

विचित्र विश्व

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

एजेन्सी । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमती सुनीता केजरीवाललाई कोरोना संक्रमण भएको छ । श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएसँगै मुख्यमन्त्री केजरीवालले आफुलाई आइसोलेट गरेका छन् ।