काठमाडौँ उपत्यकाको यी २३ स्थानमा कोरोना देखियो, संक्रमितको संख्या २६७ पुग्यो

  • बुधबार, २४ आषाढ, २०७७
  • 9 months ago
  • नेपाल

काठमाडौँ । काठमाडौँ उपत्यकाको २३ स्थानमा कोरोना संक्रमण देखिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका बिभिन्न स्थानमा कोरोनाका संक्रमित भेटिएका हुन् ।

 

काठमाडौँको चन्द्रागिरि, बूढानीलकण्ठ, धुम्बाराही, तारकेश्वर, गोल्फुटार, ट्याङ्लाफाँट, धापासी, वसुन्धारा, नैकाप, टेकु, हाँडीगाउँ र कुलेश्वरमा सङ्क्रमित भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिएका छन् ।

 

यस्तै, ललितपुरको धोवीघाट, चापागाउँ, कुपण्डोल, ग्वार्को, खाङ्वुबहाल, गोटीखेल, भैँसेपाटी, गोदाबरी र ठेचोँमा संक्रमित भेटिएका छन् ।

 

उता भक्तपुरको बालकोट र गट्ठाघरमा सङ्क्रमण भेटिएको पाण्डेले बताएका छन् ।

 

मंगलबारमात्रै उपत्यकाका २८ जनामा संक्रमण पुष्टि भएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौँमा १ जना, पाटन अस्पताल प्रयोगशालामा भक्तपुरका ४, काठमाडौँका १२  र ललितपुरका १० जना संक्रमित र त्रिभुवन शिक्षण अस्पतालमा काठमाडौँका एक १ जनामा कोरोना संक्रमण देखिएको हो।

 

यससँगै उपत्यकामा संक्रमितको संख्या २६७ पुगेको छ। काठमाडौँमा १ सय ७५ जनामा संक्रमण देखिएको छ भने पाटनमा ४९ र भक्तपुरमा ४३ जनामा संक्रमण पुष्टि भएको छ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौँमा कोराना संक्रमण बढ्दो

  • 2 hours ago
काठमाडौँमा कोराना संक्रमण बढ्दो

काठमाडौँ । काठमाडौँमात्रै ५५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसै ललितपुरका १०५ जनामा र भक्तपुरमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु

  • 2 hours ago
नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण हालसम्म ३ हजार १०२ जनाको ज्यान गएको छ ।

नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण

  • 2 hours ago
नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप १७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले एन्टीजेन र पिसिआर परीक्षणबाट थप १७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।



पर्यटन

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ ।

जीवनशैली

यी खानेकुरामा दही मिसाएर खानुहोस्

यी खानेकुरामा दही मिसाएर खानुहोस्

एजेन्सी । दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

विचित्र विश्व

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

एजेन्सी । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमती सुनीता केजरीवाललाई कोरोना संक्रमण भएको छ । श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएसँगै मुख्यमन्त्री केजरीवालले आफुलाई आइसोलेट गरेका छन् ।