भूकम्प गएको ६ वर्षपछि ठडियो काष्ठमण्डप

Norvic Hospital

काठमाडौं । ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनःनिर्माणको काम ९९ प्रतिशत सम्पन्न भएको  छ भने यही महिनामा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

 

गोरखा भूकम्पका कारण पूर्णरूपमा क्षति भएको सम्पदा छ वर्षपछि पुनःनिर्माण पूरा हुनलागेको हो । विसं २०७५ वैशाख १६ गतेदेखि काष्ठमण्डप पुनःनिर्माण समितिमार्फत निर्माणको काम सुरु गरिएको थियो । 

 

समितिले शुक्रबार यहाँ कार्यप्रगति बारे जानकारी दिने उद्देश्यले आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष राजेश शाक्यले सम्पूर्ण काम सकिएको र काष्ठमण्डपको बाहिरी घेरामा काठको बार लगाउने काम भइरहेकाले उक्त काम सकेपछि राष्ट्रप्रमुखबाट उद्घाटनको मिति तय गरिने जानकारी दिए । 

 

“काष्ठमण्डप पुनःनिर्माणको काम लगभग सकियो, केही सानातिना काम मात्र बाँकी छ, यही महिनाको अन्तिमसम्ममा उद्घाटन गर्छौं”, शाक्यले भने । उक्त सम्पदा काठमाडौँ महानगरपालिकाको रु ११ करोड ५० लाख आर्थिक सहयोगमा स्थानीय उपभोक्ता समितिबाट निर्माण भएको हो । 

 

छ जिल्लाबाट ल्याइयो काठ

 

काष्ठमण्डप पुनःनिर्माणमा तराईका विभिन्न छ जिल्लाबाट ल्याइएका सालको काठ प्रयोग गरिएको बताइएको छ । शाक्यका अनुसार काष्ठमण्डप पुनःनिर्माणमा बारा, पर्सा, महोत्तरी, रौतहट, कञ्चनपुर र चितवनबाट ल्याइएको सालको काठ प्रयोग गरिएको छ । अन्य काठको तुलनामा सालको काठको आयु धेरै ९टिकाउ० हुने भएकाले काष्ठमण्डप पुनःनिर्माणमा सालको काठ नै प्रयोग गरिएको शाक्यको भनाइ छ । 

 

काष्ठमण्डपको मूल थाममा प्रयोग भएको काठ महोत्तरीबाट ल्याइएको हो । ‘काष्ठमण्डपका मूल चार वटा थाममध्ये एउटा थाम पुरानै र तीन नयाँ थाम प्रयोग गरिएको छ । पुरानो थाम हजार वर्ष पुरानो हो भने नयाँ थाम महोत्तरीबाट ल्याइएको अग्राखको हो । पुनःनिर्माणका क्रममा धेरै नयाँ काठको प्रयोग भए पनि केही पुराना काठको पनि प्रयोग भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । 

 

पुनःनिर्माणका क्रममा काष्ठमण्डपमा काठबाहेक ढुङ्गा, माटो, इँटालगायतका सामग्री प्रयोग गरिएको छ । पुनःनिर्माणका लागि धरहरा र ताहाचलको माटो प्रयोग गरिएको छ । विगतमा काष्ठमण्डपमा प्रयोग गरिएको माटो परीक्षण गर्दा  मिल्ने खालको माटो ताहाचल र केही धरहरासँग मिलेको हुनाले यी दुवै ठाउँको माटो प्रयोग गरिएको हो । त्यसैगरी ढुङ्गा, तेलिया इँटा र झिँगटी इँटा भक्तपुरबाट ल्याइएको थियो । तेलिया इँटा भुइँमा र झिँगटी इँटा छानामा प्रयोग गरिएको छ । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मुग्लिन–पोखरा सडक विस्तारको पश्चिम खण्डमा काम अघि बढ्यो

  • 16 minutes ago
मुग्लिन–पोखरा सडक विस्तारको पश्चिम खण्डमा काम अघि बढ्यो

कास्की । पर्यटकीय सहर पोखरालाई राजधानी काठमाडौँसँग जोड्ने पृथ्वीराजमार्ग विस्तार तथा स्तरोन्नति गर्ने योजनाको प्रारम्भिक काम रुख कटानबाट अघि बढेको छ ।

भक्तपुर ङालाकेगु जात्रा सुरु

  • 59 minutes ago
भक्तपुर ङालाकेगु जात्रा सुरु

भक्तपुर । नवदुर्गा देवगणको ङालाकेगु (माछा समाउने) जात्रा भक्तपुर नगरभित्र आइबारदेखि सुरु भएको छ । यहाँको प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको सो जात्रा माघे सङ्क्रान्तिको राति नवदुर्गा द्योछे

तनहुँ समाचारः सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य

  • 1 hour ago
तनहुँ समाचारः सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य

तनहुँ । तनहुँका सरकारी कार्यालयमा सेवा लिन अनिवार्यरुपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले यही माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा सेव



पर्यटन

हिउँमा चखेवाका जोडी

हिउँमा चखेवाका जोडी

मनाङ । मनाङको ङिस्याङ गाउँपालिकाको ढुकुरपोखरीमा परेको सेताम्मे हिउँमा रमाइरहेका चखेवा, (राजहाँस) का एक जोडी । तस्बिरः नवीन लामिछाने÷रासस

जीवनशैली

यस्तो बेला पानी पिउनु विष जस्तै हो, भुलेर पनि नगर्नुहोस् यी गल्तीः चाणक्य

यस्तो बेला पानी पिउनु विष जस्तै हो, भुलेर पनि नगर्नुहोस् यी गल्तीः चाणक्य

एजेन्सी । आचार्य चाणक्य अर्थशास्त्र, राजनीति र आयुर्वेदका जानकार व्यक्ति हुन्। उनले मानव जातिलाई सफल जीवन बिताउन विभिन्न तरिका बताएका छन् ।

विचित्र विश्व

गान्धारी कसरी बनेकी थिइन् सय कौरबकी आमा ?

गान्धारी कसरी बनेकी थिइन् सय कौरबकी आमा ?

एजेन्सी । धृतराष्ट्र जन्मजात अन्धा थिए, तर उनकी पत्नी गान्धारी भने आफ्नो इच्छाले अन्धी भएकी थिइन् । धृतराष्ट्र चाहन्थे कि उनको दाजुभाइहरुको भन्दा पहिले आफ्नो सन्तान होस् । किनभने हस्तिनापुरमा नयाँ पिँडीको सबैभन्दा जेठो पुत्र नै राजा बन्ने परम्परा थियो ।