कर्णालीमा ६६ प्रतिशतलाई कोरोनाविरुद्धको खोप

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

कर्णाली । कर्णाली प्रदेश सरकारले १८ वर्ष भन्दामाथिका लक्षित जनसङ्ख्याको ६६ प्रतिशतलाई कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाएको छ । 

 

सुर्खेतमा बुधबार ‘मुख्यमन्त्री–पत्रकार भेटघाट कार्यक्रम’मा प्रदेश सरकारका पछिल्ला उपलब्धि सार्वजनिक गर्दै मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशको कूल जनसङ्ख्याको ५४ प्रतिशतले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा र दोस्रो मात्रा लगाउनुका साथै एक लाख ४० हजार १८८ जनाले बुस्टर डोजसमेत लगाएको जानकारी दिए ।

 

छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण फेरि बढ्न थालेको भन्दै उहाँले सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहेको बताए । कोरोना खोप अभियानलाई तीव्रता दिनुका साथै यस अवधिमा स्वास्थ्य पूर्वाधार निर्माण तथा जनशक्ति व्यवस्थापनलाई प्राथमिकता दिइएको मुख्यमन्त्री शाहीले बताए । कर्णाली प्रदेश अस्पताल, कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वस्थ्य विज्ञान प्रतिष्ठानसँग सम्झौता गरेर द्वन्द्वपीडित घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाइएको उनले जानकारी दिए । 

 

शहीद परिवारलाई जीवन निर्वाह विशेष भत्ता तथा घाइते अपाङ्गता भएका व्यक्तिलाई जीवन निर्वाह भत्ताका लागि रु १५ करोड स्थानीय तहमा पठाइएको मुख्यमन्त्री शाहीले बताए । विशेषज्ञ चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी गरी करार सेवामा ७३ जनालाई विभिन्न अस्पतालमा पठाइएको, रुकुम पश्चिम, सल्यान, डोल्पा, हुम्ला र दैलेख जिल्ला अस्पताल तथा प्रदेशभरमा ६६ सामुदायिक स्वास्थ्य एकाइ पुनःस्थापना गरी स्थानीय तहमार्फत काम भइरहेको छ । प्रदेश गौरवको आयोजनाको रुपमा प्रदेश रङ्गशाला, अन्तर्राष्ट्रिय भलिबल कभर्ड हलको निर्माण, प्रदेशका १० वटै जिल्लामा ८१ खेल मैदान निर्माण, सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासका लागि ७९ वटै पालिकामा ४०० कक्षा कोठा भवन निर्माण भइरहेको छ । 

 

चालु आर्थिक वर्षमा एक हजार २३९ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको, चक्लाबन्दी कार्यक्रममार्फत एक हजार २०५ रोपनीमा आलु, बदाम, स्याउ, ओखर र किवी उत्पादन गर्न सुरु भएको मुख्यमन्त्री कार्यालयद्वारा विज्ञप्तिमा उल्लेख छ । जाजरकोट र दैलेखमा मकै मिसन, मार्सी धान प्रवद्र्धन, भटमास र रैथाने बाली प्रवद्र्धन तथा चैते धानको क्षेत्र विस्तार कार्यक्रम लागू गरिएको छ । पछिल्लो ६ महिनामा १७० किलोमिटर  सडक खनिएको, ३० किलोमिटर सडकको स्तरोन्नति गरिएको र ११।५ किमी सडक कालोपत्र गरिएको विज्ञप्तिमा उल्लेख छ । 

 

मुख्यमन्त्री कार्यालयले प्रदेश निजामती सेवा विधेयक, मुख्यन्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्तसम्बन्धी ऐनसम्बन्धी संशोधित विधेयक टेबुल गर्नुका साथै  प्रदेश विद्युत् विधेयकको मस्यौदा अन्तिम चरणमा पुगेको जनाएको छ । कर्णाली प्रदेश स्वास्थ्य सेवा ऐन, २०७८ जारी गरी नियमावली तर्जुमाको प्रक्रियासमेत अगाडि बढाइएको छ ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

हाम्रो पात्रोले सुरु गर्यो ईलर्निङ्ग प्याल्टफर्म

  • 5 minutes ago
हाम्रो पात्रोले सुरु गर्यो ईलर्निङ्ग प्याल्टफर्म

काठमाडौँ । आम मानिसको दैनिक जीवनको महत्त्वपूर्ण हिस्सा बन्न सफल नेपालको लोकप्रिय एप हाम्रो पात्रोले नयाँ फिचरको रूपमा “हाम्रो लर्निङ सेन्टर” ल्याएको छ । एउटै एपमार्फत विभिन्न सेवाहरू दिँदै आएको हाम्रो

कांग्रेस उपसभापति धनराज गुरुङ सवार स्कार्पियो गाडी दुर्घटना

  • 22 minutes ago
कांग्रेस उपसभापति धनराज गुरुङ सवार स्कार्पियो गाडी दुर्घटना

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सवार स्कार्पियो गाडी दुर्घटना भएको छ। गुरुङ सवार बा १९ च १८३९ नम्बरको स्कार्पियो गाडी आज बिहान रामेछापको गोगनेमा दुर्घटना भएको हो। सडक किनारबाट

स्याङ्जामा धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु

  • 1 hour ago
स्याङ्जामा  धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु

स्याङ्जा । स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।



पर्यटन

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

जीवनशैली

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।