कर्णाली प्रदेशः ओली निकटका मन्त्री हटाएर नेपाल निकटलाई जिम्मेवारी दिने तयारी
- आइतबार, १६ कार्तिक, २०७७
- 2 months ago
- राजनीति

सुर्खेत । कर्णाली प्रदेशमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली निकटका मन्त्रीहरुलाई हटाएर वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेतालाई मन्त्री बनाउने तयारी गरिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिमण्डल हेरफेर गर्न लागेको बुझिएको छ ।
मुख्यमन्त्री शाहीले आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउन सहयोग गर्ने ओली निकट ठानिएका मन्त्रीहरुलाई हटाउन लागेका हुन् भने अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर पुनः शाहीलाई नै समर्थन गरेका नेपाल निकट नेताहरुलाई मन्त्री बनाउन लागिएको बुझिएको छ ।
शाहीले सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाएर उनले चन्द्रबहादुर शाही, करबिर शाही र अमरबहादुर थापालाई जिम्मेवारी दिने तयारी गरेका छन् । साथै रिक्त रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिने एकजनालाई तयारी छ ।
मुख्यमन्त्री शाहीले ओली पक्षका मन्त्रीहरुलाई राजीनामा दिन दवाव दिएको बुझिएको छ । तर, ओलीले भने मन्त्रीहरुलाई राजीनामा नदिन निर्देशन दिएका छन् ।
कर्णाली प्रदेशको विवाद समाधानका लागि त्यहाँका नेताहरुलाई अध्यक्षद्वय ओली र प्रचण्डले काठमाडौँ ल्याएर छलफल गरे पनि दुवै अध्यक्षले फरक–फरक सहमति गरेको विज्ञप्ती जारी गरेका थिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
पोखरामा थप २१ जनामा कोरोना संक्रमण
- 1 second ago

कास्की । पोखरामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रचण्ड–नेपाल समूहको विरोध जुलुसपछि सभा सुरु हुँदै
- 1 minute ago

काठमाडौँ । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले निकालेको विरोध जुलुसपछि विरोध सभा सुरु हुँदैछ । राजधानीका विभिन्न स्थानबाट विरोध जुलुस सभास्थल प्रदर्शनी
पुस ५ गतेकै मितिमा प्रकाशित राजपत्रको सूचना संवैधानिक इजलासमा पेश
- 17 minutes ago
काठमाडौँ । प्रतिनिधिसभा विघटनसम्बन्धी राजपत्रमा प्रकाशित सूचना संवैधानिक इजलासमा पेश भएको छ । सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुमाथिको बहसमा अधिवक्ताहरुले संसद विघटन सम्बन्धी सूच
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
बहुगुणी धनियाँ !

आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।
विचित्र विश्व
पछिल्लो २४ घण्टामा यी पाँच देशमा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु

एजेन्सी । विश्वभर कोरोना कहर रहेको छ । दैनिक हजारौँ कोरोना संक्रमितको मृत्यु भइराखेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अधिक रहेको छ ।