मुख्यमन्त्री शाहीको सत्तासंकट टर्‍यो, नेपाल समूहले मुख्य सचेतकसहित ३ मन्त्रालय पाउने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुले साथ दिएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सत्तासंकट टरेको छ । यसअघि संसदीय दलका नेता समेत रहेका शाहीविरुद्ध हस्ताक्षर गरेका नेपाल समूहका ७ सांसद केन्द्रको निर्देशनपछि पछाडि हटेसँगै मुख्यमन्त्री शाहीको सत्तासंकट टरेको हो ।

 

नेकपाका कर्णाली प्रदेश सचिव मायाप्रसाद शर्मा, केन्द्रीय सदस्य निरज आचार्य, नेकपा सुर्खेतका अध्यक्ष ध्रुब शाही, प्रदेश सभा सदस्य बिन्दमान बिष्ट लगायतका नेताहरूबीच भएको छलफलपछि नेपाल समूहले शाहीलाई नै साथ दिने सहमति भएको हो । यससँगै अविश्वास प्रस्तावको नेतृत्व गर्ने केपी शर्मा ओली पक्षका सांसद यामलाल कँडेल समूह अल्पमतमा परेको छ ।

 

मुख्यमन्त्री शाहीलाई नेपाल पक्षले समर्थन गरेलगत्तै कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुने भएको छ । जसमा नेपाल समूहले ३ मन्त्री तथा मुख्य सचेतक पाउने सहमति भएको बुझिएको छ । यसअघि प्रदेशमा नेपाल पक्षका एक जना मात्रै मन्त्री रहेका थिए ।

 

कर्णालीमा नेकपाका ३३ जना सांसद छन् । एकजना सभामुख भएकाले बाँकी ३२ जना सांसदमध्ये १८ जनाले मुख्यमन्त्री तथा दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । 

 

प्रदेश सभामा ४० जना सांसद मध्य नेकपाका ३३, काँग्रेसका ६ र एकजना राप्रपाका सांसद छन् । 

 

कर्णालीमा तत्कालिन एमालेका मात्र २० जना सांसद छन् भने माओवादीका १३ जना सांसद छन् । 

 

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपालमा १७ लाख स्वाबको परीक्षण

  • 8 hours ago
नेपालमा १७ लाख स्वाबको परीक्षण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा जम्मा ९ हजार ४९१ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन

सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने प्रधानमन्त्री ओलीको भनाई

  • 9 hours ago
सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने प्रधानमन्त्री ओलीको भनाई

काठमाडौँ । नेपालको निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)को ५४ औंँ वार्षिक साधारणसभा बिहीबारदेखि शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानम

१० तस्बिरमा भिमादको सेती नदीमा तोरण

  • 9 hours ago
१० तस्बिरमा भिमादको सेती नदीमा तोरण

तनहुँ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज तनहुँ जिल्लाको भिमादमा तोरण तारिएको छ ।



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।