मुख्यमन्त्री शाहीविरुद्ध विद्रोह गर्ने नेपाल पक्षका सांसद पछि हट्यो

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध विद्रोह गर्ने माधव कुमार नेपाल पक्षका सांसदहरु पछि हटेका छन् । आइतबार अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेपाल पक्षका ७ जना सांसद हस्ताक्षर फिर्ता लिन तयार भएका हुन् । 

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुख्यमन्त्री हटाउन आफ्नै सांसदले अविश्वासको प्रस्ताव ल्याएको घटनाप्रति आपत्ति जनाएपछि वरिष्ठ नेता नेपाल पक्षका सांसदहरु पछि हटेको स्रोतको भनाई छ । प्रचण्डले कर्णालीमा घटेको घटना अन्य प्रदेशसँगै स्थानीयस्तरसम्म पुग्ने चेतावनी दिएका थिए । सांसदहरुलाई हस्ताक्षर फिर्ता लिनको लागि नेपालले फोन गरेको बताइएको छ ।

 

संसदीय दलमा अविश्वासको प्रस्ताव आएपछि मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाफजङ शाहलाई सोमबार बर्खास्त गरेर उनको स्थानमा सीता नेपालीलाई नियुक्त गरेका छन् ।

 

निलम्बनमा परेका शाहले मंगलबार दिउँसो १ बजेको लागि बैठक बोलाएको भए पनि नवनियुक्त प्रमुख सचेतक नेपालीले सोमबार नै बैठक बस्ने सम्भावना नरहेको प्रतिक्रिया दिएकी छिन् ।

 

कर्णालीमा नेकपाका ३३ जना सांसद छन् । एकजना सभामुख भएकाले बाँकी ३२ जना सांसदमध्ये १८ जनाले मुख्यमन्त्री तथा दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । 

 

प्रदेश सभामा ४० जना सांसद मध्य नेकपाका ३३, काँग्रेसका ६ र एकजना राप्रपाका सांसद छन् ।

 

कर्णालीमा तत्कालिन एमालेका मात्र २० जना सांसद छन् भने माओवादीका १३ जना सांसद छन् । अविश्वासको प्रस्तावमा साविक माओवादीका तीन जना सांसदहरुले पनि हस्ताक्षर गरेका छन्।

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

भारतीय मिडियासँग बाबुराम भट्टराईले भनेः नेपाल संकटबाट गुज्रिरहेको छ

  • 14 minutes ago
भारतीय मिडियासँग बाबुराम भट्टराईले भनेः नेपाल संकटबाट गुज्रिरहेको छ

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भारतीय मिडियासँग कुरा गर्दै नेपाल संकटबाट गुज्रिरहेको बताएका छन् । स्वास्थ्य परीक्षणको लागि भारतको नयाँदिल्लीम

ट्रम्प दम्पतीले कहिले लगाएका थिए कोरोनाको खोप, पूर्व सल्लाहकारले खोले रहस्य

  • 15 minutes ago
ट्रम्प दम्पतीले कहिले लगाएका थिए कोरोनाको खोप, पूर्व सल्लाहकारले खोले रहस्य

एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीले कोरोनाविरुद्धको खोप पहिले नै लगाएको तथ्य सार्वजनिक भएको छ ।

प्रधानमन्त्री ओली झापामाः पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन हुँदै

  • 20 minutes ago
प्रधानमन्त्री ओली झापामाः पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन हुँदै

झापा । प्रधानमन्त्री केपी शर्मा ओली क्यान्सर अस्पताल र विपन्न आवासगृहलगायत उद्घाटन गर्न आज झापा आइपुगेका छन् । भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्य



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

पिसाब पोल्नुको कारण र उपचार विधि

पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।

विचित्र विश्व

विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

विश्वका पाँच रहस्यहरु जसले दिमाग हल्लाउँछन्

एजेन्सी । यो विश्व जति सुन्दर रहेको छ, त्यति नै रोचक पनि रहेको छ । तपाईले विश्वसँग सम्बन्धित केही यस्ता रोचक तथ्यहरुबारे सन्नुभएको होला जुन मानिसहरुलाई अचम्म लाग्न सक्छ ।