नेकपा विवादः कर्णाली प्रदेशको मुख्यमन्त्रीद्वारा मुख्य सचेतक निलम्बन

काठमाडौँ । कर्णाली प्रदेशमा देखिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद अझै उत्कर्षमा पुगेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै पार्टीका सांसदहरुले अविश्वासको प्रस्ताव ल्याएपछि शाहीले पनि प्रमुख सचेतक बर्खास्त गरेका छन् ।

 

दलका प्रमुख नेता समेत रहेका मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाफजङ शाहलाई निलम्बन गरेका हुन् । शाहको निलम्बनसँगै उनको स्थानमा सीता नेपालीलाई नियुक्त गरिएको छ ।

 

मुख्य सचेतक शाहले मंगलबार दिउँसो १ बजे संसदीय दलको बैठकको आह्वान गरेका छन् । उनले मुख्यमन्त्री शाहीसँग नै छलफल नगरी बैठकको आह्वान गरेका थिए । बहुमत सदस्यहरुले अविश्वासको प्रस्ताव ल्याएपछि बैठक बोलाइएको शाहले बताए ।

 

आइतबार सत्तापक्षकै १८ जना सांसदहरुले मुख्यमन्त्री शाही विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । शाहीलाई स‌ंसदीय दलको नेताबाट हटाउन माग गर्दै सांसदहरुले हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका हुन् । 

 

प्रस्ताव दर्ता पछि पत्रकार सम्मेलन गर्दै सांसद यामलाल कँडेलले गरेर बहुमत सदस्यहरुले हस्ताक्षर गरेर नै अविश्वासको प्रस्ताव दर्ता गराएको जानकारी दिएका थिए । सरकार संघियताको भावना विपरित हिड्न खोजेको, जनताका अपेक्षा पुरा गर्न नसकेको भन्दै अविश्वासको प्रस्ताव दर्ता गरेको कँडेलको भनाई छ ।

 

कर्णालीमा नेकपाका ३३ जना सांसद छन् । एकजना सभामुख भएकाले बाँकी ३२ जना सांसदमध्ये १८ जनाले मुख्यमन्त्री तथा दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । प्रस्ताव दर्ता भएसँगै कर्णालीमा मुख्यमन्त्री परिवर्तनको संकेत देखिएको छ। 

 

प्रदेश सभामा ४० जना सांसद मध्य नेकपाका ३३, काँग्रेसका ६ र एकजना राप्रपाका सांसद छन् ।

 

कर्णालीमा तत्कालिन एमालेका मात्र २० जना सांसद छन् भने माओवादीका १३ जना सांसद छन् । अविश्वासको प्रस्तावमा साविक माओवादीका तीन जना सांसदहरुले पनि हस्ताक्षर गरेका छन्।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मुस्ताङ्गको घरपझोङमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

  • 7 hours ago
मुस्ताङ्गको घरपझोङमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले मुस्ताङ्ग जिल्लाको घरपझोङ गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । योसँगै बैंकको शाखा कार्यालयको संख्या २६४ पुगेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग

ओली प्रवृत्ति प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक होः डा. भट्टराई

  • 7 hours ago
ओली प्रवृत्ति प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक होः डा. भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली अग्रगमनको मुख्य बाधक भएको बताएका छन् । सोमबार साँझ एक ट्वीट गर्दै डा. भट्टराईले ओली प्रवृत्ति प्रतिगम

नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले काँग्रेस विपक्षमै बस्ने नेता सिंहको भनाई

  • 7 hours ago
नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले काँग्रेस विपक्षमै बस्ने नेता सिंहको भनाई

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस संसद्मा विपक्षी दलकै भूमिकामा बस्ने बताएका छन् । सत्य साई बाबाको ९५ औँ अवतरण दिवसका अवसरमा सोमबार शङ्खमुलमा आयोजित सत्य साई बाबा पार्



पर्यटन

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।