कर्णालीका १ हजारभन्दा बढी संक्रमित उपचारपछि घर फर्किए

  • मंगलबार, १६ आषाढ, २०७७
  • 1 month ago
  • नेपाल

सुर्खेत । पछिल्लो समयमा कर्णाली प्रदेशमा कोरोना सङ्क्रमण जितेर घर फर्कनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । दिनहुँजसो दर्जनौँ सङ्क्रमित निको भएर घर जान थालेका छन् । जेठ १० गते यता दिन दुईगुणा रात चौगुणाले भारतबाट आएका नागरिकमा कोरोना सङ्क्रमण पुष्टि हुँदै जाँदा कर्णालीका नागरिकमा आतङ्क फैलिएको थियो । असार १३ गते यता कोरोना सङ्क्रमित हुनेभन्दा जितेर घर फर्कनेको सङ्ख्या ह्वात्तै बढेपछि कर्णालीवासीको अनुहारमा खुशी छाउन थालेको छ ।

 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले गरेको आरडिटी पिसिआर परीक्षणमा मंगलबार रुकुमपश्चिमका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भए पनि मंगलबार नै यो प्रदेशका विभिन्न आइसोलेशन सेन्टरबाट ४५ सङ्क्रमितले कोरोना जितेर घर फर्केको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए । निको हुनेमा ४१ पुरुष र चार महिला रहेको उनले बताए ।

 

मंगलबार दैलेख अस्पतालको आइसोलेशनबाट १७, सालकोट आइसोलेशन सुर्खेतबाट १४, प्रदेश अस्पताल सुर्खेतबाट छ, गुराँस आइसोलेशन दैलेखबाट छ र लेकबेंसी आइसोलेशन सुर्खेतबाट दुई जनाले कोरोना जितेसँगै कर्णालीमा कोरोनामाथि विजय गर्नेको सङ्ख्या एक हजार एक पुगेको महाशाखा प्रमुख डा तिवारीले जनाए । “अहिलेसम्म कोरोना सङ्क्रमण देखिएका सबै व्यक्तिको अवस्था सामान्य छ र कुनै लक्षण देखिएको छैन”, उनले भने, “सङ्क्रमित सबै चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा छन् ।”

 

उनका अनुसार प्रदेश सरकारले सङ्क्रमितलाई मेडिकल उपचारका साथै योग ध्यान तथा विभिन्न खाले शारीरिक व्यायाम गराउने कामसमेत गरेको छ भने प्रदेश आयुर्वेद औषधालयले १० जिल्लाका सङ्क्रमितलाई रोग प्रतिरोधात्मक औषधि वितरण गरिरहेको छ । अब कर्णालीमा ४२६ जना कोरोना सङ्क्रमित मात्र निको हुन बाँकी रहेका छन् । कूल सङ्क्रमित सङ्ख्याको ७० प्रतिशत निको भएर घर फर्केको र बाँकी ३० प्रतिशतको अवस्था सामान्य रहेको मन्त्रालयलको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।


थप समाचार

८ लाख ९८ हजार रुपैयाँसहित बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रोकाया पक्राउ

  • 43 minutes ago
८ लाख ९८ हजार रुपैयाँसहित बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रोकाया पक्राउ

आयोगको बुटवल कार्यालयबाट गएको टोलीले संरक्षण अधिकृत भट्टराई र रोकायाबाट रु तीन लाख ४८ हजार र विभिन्न मितिका बैंक भौचर, रु पाँच लाख ५० हजार गरी कूल रु आठ लाख ९८ हजारसहित सैनामैना नगरपालिका–१० रुपन्देही

मनिलामा मङ्गलबारदेखि पुनः लकडाउन

  • 44 minutes ago
मनिलामा मङ्गलबारदेखि पुनः लकडाउन

एजेन्सी । फिलिपिन्सको राजधानी मनिलामा फेरि बन्दाबन्दी (लकडाउन) गर्ने घोषणा गरिएको छ ।

गृह मन्त्रालयका प्रवक्तामा बुढा

  • 51 minutes ago
गृह मन्त्रालयका प्रवक्तामा बुढा

काठमाडौँ । गृह मन्त्रालयले नयाँ प्रवक्ताको जिम्मेवारी सहसचिव चक्रबहादुर बुढालाई दिइएको छ । गृह मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुखका रूपमा रहेका बुढालाई आज गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयको



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

कसरी बढाउन सकिन्छ प्रतिरोधात्मक क्षमता ?

कसरी बढाउन सकिन्छ प्रतिरोधात्मक क्षमता ?

काठमाडौं । प्रतिरोधात्मक क्षमता कम भएका मानिसले कागतीपानी र भिटामिन सीयुक्त खानेकुरा खाने गर्नुपर्छ । यसले इन्फेक्सन वा कोरोना भाइरस (कोभिड–१९) जस्ता फ्लुविरुद्ध लड्नका साथै प्रतिरोधात्मक क्षमता पनि राम्रो बनाउने गर्छ ।