लण्डन बसेर फिल्म निर्माण तथा निर्देशन गर्दै डा. भोला रिजालका छोरा कपिल

काठमाडौँ । विदेशमा बसे पनि फिल्म निर्माण र निर्देशन गर्ने नेपाली थुप्रै छन्, तीमध्येका एक हुन् डा. कपिल रिजाल । रिजाल पेशाले दन्त चिकित्सक हुन् । तर, फिल्म निर्देशनमा पनि उनी सक्रिय छन् । त्यो पनि अंग्रेजी फिल्म । साँढे दुइ दशकदेखि युकेको लण्डनमा बस्दै आएका डा. कपिल रिजालले चिकित्सा क्षेत्रबाट बचेको समयको सदुपयोग गर्दै छोटा फिल्म तयार पारेर आफ्नो पिताको पथ पछ्याएका छन् ।

 

ख्यातिप्राप्त स्त्री रोग विशेषज्ञ तथा फिल्म निर्माता, गायक एवं गीतकार डा. भोला रिजालका पुत्र डा कपिल रिजालले निर्देशन गरेको छोटो फिल्म कर्माः लाईफ इज ए बुमर्याङ, यु गेट ह्वाट यु गिभ हालै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । अंग्रेजी भाषामा तयार पारिएको फिल्म जस्तो कर्म गयो, त्यस्तै फल पाइन्छ भन्ने विषयमा केन्द्रित छ । २६ वर्षदेखि लण्डनमा बसी आफुलाई सफल तथा लोकप्रिय दन्त चिकित्सकका रुपमा उभ्याउन सफल डा. रिजालको निर्देशनमा बनेको यो तेस्रो छोटो फिल्म हो । डा. रिजालको घरेलु फिल्म निर्माण कम्पनी केआर प्रडक्सन, लण्डनको व्यानरमा निर्मित फिल्ममा उनले लण्डनवासी नेपालीका साथमा लण्डनका कलाकारहरुलाई अभिनय गराएका छन् । हलिउडका नाम चलेका प्राविधिकको समेत संलग्नता रहेको फिल्ममा लण्डनमा बस्दै आएका नेपाली कलाकार टंक धमला (लियो टयांक) मूख्य भूमिकामा छन् भने लण्डनकी डेली एलन नायिका रहेकी छिन्। उनीहरुका साथमा सपनकुमार राई, जेना मासे, ज्याक मासे, कारलाई बिक, र निशान पुनले पनि अभिनय गरेका छन् ।  

डा. कपिल रिजाल

 

 

सम्पूूर्ण छायांकन कार्य लण्डनमा गरिएको फिल्मको पोष्ट प्रोडक्सनको काम भने नेपालमा गरिएको छ। सस्पेन्स थ्रिलर फिल्ममा कथा डा. कपिल रिजालकै छ भने पटकथा उनका साथमा लुक हन्टरले तयार पारेका छन् । स्टोरी बोर्डिङ ग्रेम जोन्स, संगीत भासोन ब्लु, स्टन्ट संयोजन इअन भ्यान टिम्परली, छायांकन फास्टस टक्ला, सम्पादन दिपेश केपी र एलेक्स टोम्ली, भिजुअल इफेक्ट प्लुटस स्टुडियोको रहेको फिल्ममा सपनकुमार राई, मिनो ओज, डेली एलन र सुमन श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्। फिल्म ११ मिनेट २२ सेकेन्डको छ ।

 

डा. रिजालले यसअघि कोरोना संक्रमणबाट हुने कोभिड १९ को विषयमा एकल कलाकार लिएर गिल्ट नाम छोटो फिल्म बनाएका थिए भने २० वर्षअगाडि भारतमा अध्ययनका क्रममा रहँदा फरक फरक भाषा बोल्ने विभिन्न देशका साथीहरुका साथ साइलेन्स सट फिल्म बनाएका थिए। डा. रिजालले आफ्ना पिता डा. भोला रिजालका कारण रगतमै चिकित्सा क्षेत्र र फिल्म रहेकाले आफु पनि दुबै क्षेत्रमा सक्रिय भएको बताए।  ‘ब्लडमै डक्टरी पेशा र फिल्म छ, त्यसैले म यी दुबै क्षेत्रमा रमाईरहेको छु’ काम विशेषले हाल नेपालमा रहेका डा. रिजाल भन्छन् । डा. रिजालले नेपाल र लण्डनमा गरी हालसम्म करिब १ दर्जन म्युजिक भिडियोसमेत निर्देशन गरिसकेका छन् ।

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ओली र नेपाल—खनाल बीचको छलफल निष्कर्षमा पुग्न सकेन

  • 5 hours ago
ओली र नेपाल—खनाल बीचको छलफल निष्कर्षमा पुग्न सकेन

काठमाडौं । पार्टीभित्रको राजनीति मिलाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास फेरि पनि विफल भएको छ । प्रधानमन्त्री ओलीले आईतबार आफ्ना विश्वास पात्रहरु महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेत

छिट्टै बहुमतको नयाँ सरकार बन्छः प्रवक्ता श्रेष्ठ

  • 5 hours ago
छिट्टै बहुमतको नयाँ सरकार बन्छः प्रवक्ता श्रेष्ठ

गोरखा । नेकपा(माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले केही दिनभित्रै बहुमतको नयाँ सरकार बन्ने बताएका छन् । सदरमुकाममा आज पत्रकारसँगको भेटघाटमा उनले ‘अध्यादेशबाट शासन गर्ने शासकीय शैल

सेतीमा उपचाररत सात सङ्क्रमितको मृत्यु

  • 5 hours ago
सेतीमा उपचाररत सात सङ्क्रमितको मृत्यु

धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ७ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कैलालीका ४ र कञ्चनपुरका ३ जना सङ्क्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी



पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।