एनआरएनएले जापानको कान्तोमा रनिङ कप गर्ने

  • शनिबार, २४ असोज, २०७७
  • 1 month ago
  • खेल

काठमाडौं । गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) जापानको कान्तो क्षेत्रीय कमिटीले कान्तो रनिङ कप २०२० आयोजनाको तयारी गरेको छ ।

 

आउँदो नोभेम्बर २९ तारिख जापानको टोकियो नजिकको शहर साइतामामा हुने प्रतियोगितामा प्रथम एनआरएनए कान्तो फुुटस्टल रनिङ कप २०२० मा प्रथम हुने टोलीलाई पाँच लाख येनसहित कप र रनिङ सिल्ड दिने आयोजकले जनाएको छ । 

 

त्यसैगरी दोस्रो हुने टिमलाई दुई लाख र कप तथा अन्य विभिन्न विधामा पुरस्कार दिइने कार्यक्रम संयोजक तथा एनआरएनए कान्तोका सहसचिव मनोज श्रेष्ठले जानकारी दिए । 

 

खेललाई नेपाल फुटबल सङ्घ जापान र गैरआवासीय नेपाली सङ्घ जापान र मातृ सन्देश डट कमले मिडिया सहयोग गर्ने भएका छन् । जापान भरिको खेलप्रेमीलाई समेटेर प्रथम एनआरएनए कान्तो फुुटस्टल रनिङ कप २०२० हुन लागैकाले झण्डै ३० टिमहरूको सहभागिता हुुने विश्वास राखेको छ ।

 

उक्त प्रतियोगितामा सहभागी हुनको लागि ४१ हजार येन दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ । एनआरएनए कान्तोका कोषाध्यक्ष सागर कार्कीले यसअघि गत मार्च २९ तारिख गर्ने भनिएको उक्त खेल कोरोनाको महामारीले स्थगन भएको जनाउँदै खेल दर्ता खुला भएको जनाए ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपालमा १७ लाख स्वाबको परीक्षण

  • 1 hour ago
नेपालमा १७ लाख स्वाबको परीक्षण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा जम्मा ९ हजार ४९१ स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन

सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने प्रधानमन्त्री ओलीको भनाई

  • 1 hour ago
सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै आर्थिक वृद्धि हुन सक्ने प्रधानमन्त्री ओलीको भनाई

काठमाडौँ । नेपालको निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)को ५४ औंँ वार्षिक साधारणसभा बिहीबारदेखि शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानम

१० तस्बिरमा भिमादको सेती नदीमा तोरण

  • 1 hour ago
१० तस्बिरमा भिमादको सेती नदीमा तोरण

तनहुँ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज तनहुँ जिल्लाको भिमादमा तोरण तारिएको छ ।



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।