आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै कान्ति ताल

Norvic Hospital

नेपालगञ्ज । नेपालगञ्जस्थित कान्ति तालको पुनःनिर्माणपछि आन्तरिक पर्यटनको प्रवद्र्धन हुन थालेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ मा फैलिएको कान्ति तालको पुनःनिर्माणपछि अहिले घुम्न आउने सर्वसाधारणको भीडभाड हुने गरेको वडा नं २१ का अध्यक्ष रञ्जित खाँले जानकारी दिए ।

 

वर्षौँदेखि बेवारिसे अवस्थामा रहेको ताललाई उपमहानगरपालिकाले पर्यटकीयस्थलका रूपमा विकास गरेपछि अहिले नेपालगञ्जलगायत जिल्लाका विभिन्न स्थानबाट कान्ति ताल घुम्न आउनेको सङ्ख्या बढ्दो रहेको उनले बताए । 

 

उपमहानगरपालिकाले रु साढे १० करोड लगाएर कान्ति तालको पुनःनिर्माणसँगसँगै वरिपरिको क्षेत्रमा हराभरा गराउँदै छ । बेवारिसे अवस्थामा रहेको तालको संरक्षण र पर्यटकस्थल बन्न थालेपछि आसपासका बासिन्दा खुशी भएका छन् । 

 

ताल बिहान र साँझपख स्थानीयवासीको घुमघाम गर्ने रमणीय स्थान बनेको स्थानीयवासी सिर्जना थापाले बताउनुभयो । धेरैजसो युवायुवती तालमा घुम्ने, तस्वीर खिचेर रमाइलो गर्ने गरेको उनको भनाइ छ ।

 

नेपालगञ्जमै रमणीय स्थान भएपछि प्राकृतिक सौन्दर्यको मजा लिँदै सहरका विभिन्न ठाउँबाट तालमा पुग्ने गरेका छन् । तालमा अहिले टिकटक र फोटो खिचाउनको लर्को लाग्ने गरेको थापाले बताए । सो ताल २५ बिघामा फैलिएको छ । बाहिरी संरचनालाई राम्रो बनाउनाका साथै तालमा बोटिङको प्रबन्ध गरिँदैछ । उपमहानगरपालिकाले बाहिरी या आन्तरिक पर्यटकका लागि ताललाई हेर्न लायक बनाउने रणनीतिअनुसार काम गरिरहेको छ । 

 

तालमा सात मिटरको बाटो, पक्की नाला, पार्किङ एरिया, रेलिङ, वृक्षरोपण गरिएको उपहानगरपालिकाका इञ्जीनियर सुरज शर्माले बताए । 

 

उनका अनुसार कान्ति ताललाई पर्यटकको आकर्षण बढाउने गरी दूरगामी सोचका साथ कान्तितालको विकास गरिँदैछ । उपमहानगरपालिकाले यस वर्ष रु ३५ लाख छुट्याएको छ । ताल वरिपरि बाटो बनाइएको छ । 

 

ताललाई घेरेर बाटो, नाली, वृक्षरोपण गरिएपछि अहिले बिहान र बेलुका वाकिङ गर्नेको भीड लाग्ने गरेको छ ।

 

पुराना ताल तलाउको संरक्षण र त्यसलाई पर्यटकीयस्थल बनाउने उपमहानगरपालिको योजनाअनुसार कान्ति तालसँगसँगै नेपालगञ्जको वडा नं १ मा रहेको वाटरपार्कलाई पनि पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने कार्य भइरहेको उपमहानगरका प्रवक्ता प्रमोद रिजालले बताए । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

साफ फाइनलः नेपाललाई ३-० गोलले हराउँदै भारत च्याम्पियन

  • 7 hours ago
साफ फाइनलः नेपाललाई ३-० गोलले हराउँदै भारत च्याम्पियन

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा नेपाललाई ३-० गोलले हराउँदै भारत आठौं पटक च्याम्पियन बनेको हो ।

साफ फाइनलः नेपालविरुद्ध भारत २-० ले अगाडी

  • 8 hours ago
साफ फाइनलः नेपालविरुद्ध भारत २-० ले अगाडी

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् ।

साफ च्याम्पियनसिप फाइनलः पहिलो हाफ बराबरीमा सकियो

  • 8 hours ago
साफ च्याम्पियनसिप फाइनलः पहिलो हाफ बराबरीमा सकियो

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् ।



पर्यटन

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

एजेन्सी । कोभिड १९ को सङ्क्रमणका कारण विगतको समयमा पर्यटकहरुको आगमन रोकिएको मालदिभ्समा यस वर्ष भने ९ लाख भन्दा बढी पर्यटक आएका छन् ।यहाँको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मालदिभ्समा नौ लाख ५ हजार पर्यटक आएका छन् । सो मन्त्रालयले अघिल्लो वर्ष सन् २०२० को यो अवधिको भन्दा १२२ प्रतिशतले बढी पर्यटक मालदिभ्स भित्रिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यहाँ पर्यटक नै आएका थिएनन् ।

जीवनशैली

स्वादिलो भुटन कसरी बनाउने ?

स्वादिलो भुटन कसरी बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।