कँडेल ग्रुपको उलविच लेट नाइट फार्मेसीले जित्यो युकेको उत्कृष्ट फार्मेसी अवार्ड

Norvic Hospital
  • मंगलबार, २६ असोज, २०७८
  • 4 days ago
  • युके

लण्डन । द कँडेल ग्रुपको लण्डनस्थित रहेको उलविच लेट नाइट फार्मेसीले “युके इण्डिपेन्डेन्ट फार्मेसी अवार्ड २०२१” जित्न सफल भएको छ । युके, दुबई, तथा नेपालमा कैयौँ कम्पनीहरु सञ्चालन गर्दै आइरहेका  द कँडेल ग्रुपको उलविच लेट नाइट फार्मेसीले फार्मेसी इनोभेसन क्याटेगोरी अन्तर्गत अवार्ड जित्न सफल भएको हो । नेपालमा लामो समयदेखि द कँडेल ग्रुपको ब्रिटिस कलेजले गुणस्तीय अन्तर्राष्ट्रिय शिक्षा प्रदान गर्दै आइरहेको छ । 

 

शोभा शर्मा कँडेल, उलविच लेट नाइट फार्मेसीकी सिनियर क्लिनिकल फर्मासिष्ट र सुपरीडेण्डेन्ट जिगनेश मेहताले संयुक्त रुपमा अवार्ड लिएका थिए । 

 

यो प्रतिष्ठित अवार्डले युकेमा साना तथा स्वतन्त्र फार्मेसीहरु जसको १२ वा सोभन्दा कम ब्रान्चहरु छन् तिनीहरुले गरेको उत्कृष्ट कामको मुल्यांकन गरेको छ । उक्त अवार्डका लागि उलविच लेट नाइट फार्मेसी छनोट हुनु नै गर्वको कुरा भएको द कँडेल ग्रुपका म्यानेजिङ डाइरेक्टर राजन कँडेलले बताए । 

 

फार्मेसीका म्यानेजिङ डाइरेक्टर राजन कँडेलले भने, “यो अवार्ड पाउँदा अन्यन्त खुसी भएका छौँ । यो फार्मेसी टिमले गरेको कडा मेहनतको नतिजा नै हो । हामीले भर्खरै हाम्रो चौथो फार्मेसी लण्डनमा विस्तार गरेका छौँ । यो अवार्डले स्थानीय समुदायको सहयोग गर्न थप प्रोत्साहन गरेको छ । उलविच लेट नाइट फार्मेसीले गरेको कामको कदर गर्दै अवार्डबाट सम्मानित गरेकोमा धन्यवाद दिन चाहन्छु ।” 

 

उनले अगाडि भनेका छन्, “यस वर्षको अवार्डले कोरोना महारमाीका बेला एनएचएसमा रहेका फार्मेसीले गरेको भुमिकालाई समेत प्रष्ट पारेको छ ।” 

 

यो सफलतासँगै द कँडेल ग्रुपले फार्मेसी सेवा नेपालमा पनि विस्तार गर्ने योजना बनाएको र स्थानिय समुदायलाई कसरी सेवा प्रदान गर्न सकिन्छ भन्ने विषयमा विज्ञहरुसँग छलफल उनले बताए ।   

 

उक्त अवार्डबारे उद्योग विशेषज्ञहरुको एक प्यानेलले युकेको संसदमा छलफल गरी निर्णय गरेका थिए । उक्त छलफलका प्रमुख वक्तामा कम्युनिटी फार्मेसी स्कटल्याण्डका प्रमुख कार्यकारी  ह्यारी म्याकक्युललान रहेका थिए । उनले फार्मेसिष्टहरुले महामारीका बीच पनि विभिन्न चुनौतीसँग सामना गरी व्यवसायिक धर्म निभाएको भुमिकाबारे चर्चा गरेका थिए । 

 

अन्य प्रतिष्ठित अतिथिहरुको पनि उपस्थिति रहेको थियो । जसमध्ये एलायन्स हेल्थ केयर, जसले फार्मेसी इनोभेसन अवार्डको प्रायोजन गरेको थियो । उक्त अवार्डले फार्मेसी बिजनेशलाई थप प्रोत्साहन पुर्याउने काम गरेको छ ।

 

कोरोना महामारीका समयमा पनि तीन नयाँ सर्भिस (प्राइभेट कोभिड पिसिआर जाँच सर्भिस, एनएसएस होटेल क्वारेन्टाइन र एनएचएस कोभिड भ्याक्सिनेशन क्लिनिक) उपलब्ध गराएको उलविच फार्मेसीलाई निर्णायकहरुले अवार्डका लागि छनोट गरेका थिए । हालसम्म उलविच फार्मेसीले ३५ हजारभन्दा बढीलाई अष्ट्राजेनका, मोर्डना र फाइजर लगाएको छ । 

 

निर्णायकहरुले मुख्य रुपमा होटेल क्वारेटाइन सुविधाबारे चासो देखाएका थिए जसमा फार्मेसी, ग्रिनविच सिसिजि र स्थानीय जिपीको सहकार्यमा गरिएको प्रयास रहेको थियो । उलविच लेट नाइट फार्मेसीले उक्त कठिन समयमा पनि बिरामीहरुलाई औषधि सप्लाई गर्ने काम गरेका थियो जसमा ६०० जना अफगानिस्तानी शरणार्थीहरु पनि रहेका थिए जसलाई औषधि र आवश्यक सप्लाईहरु तत्काल चाहिएको थियो । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

साफ फाइनलः नेपाललाई ३-० गोलले हराउँदै भारत च्याम्पियन

  • 6 hours ago
साफ फाइनलः नेपाललाई ३-० गोलले हराउँदै भारत च्याम्पियन

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा नेपाललाई ३-० गोलले हराउँदै भारत आठौं पटक च्याम्पियन बनेको हो ।

साफ फाइनलः नेपालविरुद्ध भारत २-० ले अगाडी

  • 7 hours ago
साफ फाइनलः नेपालविरुद्ध भारत २-० ले अगाडी

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् ।

साफ च्याम्पियनसिप फाइनलः पहिलो हाफ बराबरीमा सकियो

  • 7 hours ago
साफ च्याम्पियनसिप फाइनलः पहिलो हाफ बराबरीमा सकियो

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् ।



पर्यटन

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

एजेन्सी । कोभिड १९ को सङ्क्रमणका कारण विगतको समयमा पर्यटकहरुको आगमन रोकिएको मालदिभ्समा यस वर्ष भने ९ लाख भन्दा बढी पर्यटक आएका छन् ।यहाँको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मालदिभ्समा नौ लाख ५ हजार पर्यटक आएका छन् । सो मन्त्रालयले अघिल्लो वर्ष सन् २०२० को यो अवधिको भन्दा १२२ प्रतिशतले बढी पर्यटक मालदिभ्स भित्रिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यहाँ पर्यटक नै आएका थिएनन् ।

जीवनशैली

स्वादिलो भुटन कसरी बनाउने ?

स्वादिलो भुटन कसरी बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।