उपत्यकाको फोहर व्यवस्थापन भइसक्यो: कामपा

  • बिहीबार, ७ साउन, २०७८
  • 1 week ago
  • नेपाल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विगत एक हप्तादेखि उठ्न नसकेको काठमाडौँ उपत्यकाको विभिन्न स्थानको फोहर व्यवस्थापन भइसकेको जनाएको छ । अनामनगर, बानेश्वर, कालीमाटी, रविभवन र असनलगायत स्थानमा फोहर नउठेको गुनासो बढिरहँदा बुधबार साँझसम्ममा सबै स्थानको फोहर व्यवस्थापन भइसकेको कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताए ।  

 

प्रमुख श्रेष्ठले भने, “वर्षाको समयमा उपत्यकामा अन्य समयको भन्दा बढी फोहर उत्पादन हुने र बाटोका कारण नियमित व्यवस्थापन गर्न केही कठिन भए पनि हालका लागि समस्या समाधान भएको छ ।” छिटफुटरुपमा केही स्थानमा फोहर बाँकी रहेको देखेमा तत्काल विभागलाई जानकारी दिन पनि श्रेष्ठले नगरवासीलाई आग्रह गरेका छन् ।  

 

वर्षाको समयमा फोहर बढी उत्पादन हुने र व्यवस्थापन गर्न थप समस्या हुने भएकाले कामपाले सम्बद्ध निकायलाई सक्दो छिटो सिसडोल पार गर्ने व्यवस्था मिलाई दीर्घकालीनरूपमा फोहर व्यवस्थापनको प्रबन्ध मिलाइदिन अनुरोध गरेको छ । तेह्र वर्षदेखि नुवाकोटको सिसडोलमा उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ । अव्यवस्थितरूपमा लामो समयदेखि एकै स्थानमा फोहर विसर्जन गर्दा समस्या आएपछि स्थानीयवासीले व्यवस्थितरूपमा फोहर व्यवस्थापनस्थलको खोजी गर्न आग्रह गर्दै समय समयमा विरोध गर्दै आएका छन् । 

 

उपत्यकाबाट दैनिक करिब एक हजार मेट्रिक टन फोहर निस्कन्छ । त्यसमा सबैभन्दा बढी कामपाबाट करिब ६०० मेट्रिक टन फोहर निस्कने गरेको छ । दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । सामान्यतया प्रत्येक दिन उपत्यकाबाट निजी र महानगरपालिकाका गरी २०० गाडी फोहर विसर्जनका लागि सिसडोल लगिने भए पनि अहिले वर्षाको समय भएकाले दैनिक १०० मात्र फोहरका गाडी विसर्जनस्थलमा पुग्ने गरेका छन् ।  

 


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण

  • 57 minutes ago
काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण

काठमाडौँ । काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसपाको आधिकारिकताको निर्णयविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

  • 1 hour ago
जसपाको आधिकारिकताको निर्णयविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकताको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई साउन ११ गते पार्टीको आधिकारि

बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी

  • 1 hour ago
बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी छ । क्रियाशील सदस्यता सम्बन्धी विवाद मिलाउनको लागि शीर्ष नेताहरुको



पर्यटन

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

गलकोट । कोभिड–१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा–बागलङको बन्जी पुल कोरोनाका कारण पुनः बन्द भएको थियो । अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ ।

जीवनशैली

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

आज मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर यात्रा सफल र भेटाघटको बनेको छ ।