'भ्रष्टाचार, धर्मपरिवर्तन र सर्वसत्तावादलाई सधैको लागि अन्त्य गरौँ'

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भ्रष्टाचार ,धर्मपरिवर्तन र सर्बसत्तावादलाई सधैको लागि अन्त्य  गर्नको निमित्त जनताको मन जितेर राप्रपा अघि बढ्नुपर्ने बताएका छन् । राप्रपा मकवानपुरद्वारा आज हेटौंडामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले राष्ट्रियता,प्रजातन्त्र र सनातन धर्म संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दै सबल र समृद्ध नेपाल निर्माणको निम्ति अबको विकल्प राप्रपाू भएको समेत दाबी गरे ।

 

काङ्ग्रेस कम्युनिस्टले लिएको मार्गचित्र गलत र त्रुटिपूर्ण भएको भन्दै थापाले गणतन्त्र , धर्मनिरपेक्षता र संघीयताले मुकुकको हित नगर्ने समेत ठोकुवा गरे। मुलुकको स्वाधिनता प्रमुख विषय भएको भन्दै उनले गौरबबशाली इतिहासलाई मटियामेट गरेर नयाँ भाष्य सिर्जना गर्ने दुष्प्रयास सफल हुन दिन नहुनेमा जोड दिए। 

 

सत्ता,शक्तिको निमित्त भएको लुछाचुढिले मुलुक अन्यौल अनिश्चितता तर्फ धकेलिएको भन्दै थापाले ताजा जनादेश मात्र अबको बिकल्प भएको  बताए। 

 

पार्टीको महाधिवेशन, आगामी निर्वाचन, संगठन निर्माण र सुदृढीकरण अबको प्रमुख कार्यभार भएको भन्दै थापाले प्रशिक्षण कार्यक्रमलाई सघन रुपमा वडा तह सम्म लैजान आग्रह गरे। 

 

कार्यक्रममा नब निर्बाचित वडा तहदेखी जिल्ला कार्यसमितिका पदाधिकारी हरुको सहभागीता रहेको जिल्ला अध्यक्ष गुरु प्रसाद सापकोटाले जानकारी दिए ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

झापामा एमालेको असन्तुष्ट पक्षद्वारा समानान्तर कमिटी गठन

  • 5 hours ago
झापामा एमालेको असन्तुष्ट पक्षद्वारा समानान्तर कमिटी गठन

झापा । झापामा नेकपा एमालेको असन्तुष्ट पक्षले समानान्तर कमिटी गठन गरेको छ । एमालेको माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा पनि आफ्नो संगठन विस्तार गरेको

यी ४ एमाले सांसद जसले मुख्यमन्त्री शाहीलाई सघाए

  • 6 hours ago
यी ४ एमाले सांसद जसले मुख्यमन्त्री शाहीलाई सघाए

सुर्खेत । कर्णाली प्रदेशका सांसद महेन्द्रबहादुर शाहीले विश्वासको मत लिएका लिएका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले ३९ जना सांसदमध्ये २२ जनाको मत लिए ।

नेकपा एमालेलाई ठुलो झट्का, मुख्यमन्त्री शाहीले विश्वासको मत लिए

  • 6 hours ago
नेकपा एमालेलाई ठुलो झट्का, मुख्यमन्त्री  शाहीले विश्वासको मत लिए

कर्णाली । अन्ततः लामो समयको रस्साकस्सीका बीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिन सफल भएका छन् ।



पर्यटन

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

शहीद स्मारकमा रुखका ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय

काठमाडौँ । सरकारले घोषणा गरेको राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।

जीवनशैली

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज

जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ ।