म आफूलाई सुन्दर छैन भन्ठान्थेँः काजोल

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री हुन्, काजोल । आफ्नो अभिनय र सुन्दरताबाट उनी वर्षौंदेखि दर्शकको मनमा बस्न सफल छिन् ।

 

१६ वर्षको उमेरमा फिल्मी करिअरको सुरुवात गरेकी उनमा आत्मविश्वासको पनि कमी छैन । उनी जति कन्फिडेन्ट आफ्नो अभिनयलाई लिएर छिन्, त्यति नै आफ्नो लुक्सलाई लिएर पनि छिन् । तर, हालै उनले आफ्नो लुक्सलाई लिएर ठूलो खुलासा गरेकी छन् ।

 

उनले आफूलाई आकर्षक मान्ने गरेको भए पनि सुन्दर मान्दिन थिइन् । यो विशेषणलाई आफूसँग जोड्न उनलाई कयौं वर्ष लागेको उनी बताउँछिन् । जबकि, उनी आफ्नो स्किनलाई लिएर पूर्ण कन्फिडेन्ट थिइन् । नेटफ्लिक्ससँगको कुराकानीमा उनी बताउँछिन्, , ‘मलाई कयौं वर्ष लाग्यो कि यो स्वीकार गर्न, म सुन्दर छु । जब ममा आत्मविश्वास आयो तबदेखि म आफैंलाई ऐनामा हेरेर आफ्नो सुन्दरको प्रशंसा गर्थे ।’

 

उनी थप्छिन्, ‘मलाई गलत नसम्झनुहोस्, म ठूलो हुनुका साथ(साथ आफ्नो स्क्रिनलाई लिएर कन्फिडेन्ट थिएँ । म आफैंलाई लिएर यो सोच्थे कि म आकर्षक, स्मार्ट र शान्त छु । तर, सुन्दरताको कुरा आउँदा मलाई सोच्नु पर्थ्यो । मलाई लाग्थ्यो कि म सुन्दर छैन । मलाई मानिसहरुले पनि यो कुराको महशुस दिलाउँथे । यही कारण म सुन्दर छु भन्ने स्वीकार गर्न वर्षौं लाग्यो ।’

 

फिल्मको कुरा गर्दा उनी पछिल्लो पटक फिल्म तानाजीमा देखा परेकी थिइन् । उनको हालसालै नेटफ्लिक्सको फिल्म त्रीभंग पनि प्रदर्शनमा आइसकेको छ । 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

२३ गते नपुग्दै अनिश्चितताको तुवाँलो र बादल फाटेर नयाँ गति र विश्वास पैदा गर्छः प्रचण्ड

  • 3 minutes ago
२३ गते नपुग्दै अनिश्चितताको तुवाँलो र बादल फाटेर नयाँ गति र विश्वास पैदा गर्छः प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएर अन्य राजनीतिक दलहरू मिलेर हटाउने बताएका छन् ।

काठमाडौँमा हुने नेपाल र अष्ट्रेलियाबीचको खेलको मिति सर्‍यो

  • 19 minutes ago
काठमाडौँमा हुने नेपाल र अष्ट्रेलियाबीचको खेलको मिति सर्‍यो

काठमाडौँ । नेपाल र अष्ट्रेलियाबीच काठमाडौँमा हुने भनेको खेलको मिति सरेको छ । कोरोनाभाइरसको महामारीको कारण आगामी मार्च ३० तारिखमा काठमाडौँमा हुने भनेको विश्वकप फुटबलको छनोट खेल पूर्वनिर्धारित मितिमा नह

प्रचण्ड–नेपाल पक्षद्वारा सुवास नेम्वाङलाई संसदीय दलका उपनेताबाट हटाउने निर्णय

  • 20 minutes ago
प्रचण्ड–नेपाल पक्षद्वारा सुवास नेम्वाङलाई संसदीय दलका उपनेताबाट हटाउने निर्णय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले सुवास नेम्वाङलाई संसदीय दलका उपनेताबाट हटाउने निर्णय गरेको छ।



पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।