काजलबारे रोचक कुराहरु

एजेन्सी । ५ अगष्ट सन् १९७४ जन्मिएकी काजल आफ्नो पहिलो फिल्म ‘बेखुदी’मा अनुबन्ध हुँदा १६ वर्षकी थिइन । उनी त्यतिबेला स्कुल पढिरहेकी थिइन । उनले फिल्ममा करिअर बनाउन पढाइ छाडिदिइन । 

 

काजलले आफ्नो स्कुल शिक्षा पञ्चगनीको सेन्ट जोसेफ कन्सटेबल स्कुलबाट लिएकी हुन् । उनको डान्समा रुची थियो । 

 

काजललाई कविता लेख्ने र विज्ञानमा आधारित डर लाग्ने उपन्यास पढ्ने सौख छ । सेटमा अक्सर उनको हातमा किताब देख्न सकिन्छ । 

 

काजल भगवान शिवलाई मान्छिन् ।

 

उनी एक ओम लेखेको हिराको औठी सदैव पहिरिन्छिन् । 

 

काजलको पहिलो सफल फिल्म बाजीगर थियो । पहिले श्रीदेवी फिल्ममा बहिनीको भूमिका देखिने थिइन तर पछि काजल र शिल्पा सेठ्ठीले निभाए । 

 

काजल र शाहरुख खानको जोडी सबैभन्दा सफल जोडी हो । यी दुईले सँगै गरेका कुनै पनि फिल्म फलप भएका छैनन् । ‘बाजीगर’, ‘करण अर्जुन’, ‘दिल्वाले दुल्हनिया लेजाएगे’, ‘कुछ कुछ होता है’, ‘कभी खुशी कभी गम’, ‘माइ नेम इज खान’ र ‘दिलवाले’ सबै हिट भए । 

 

कालोजको परिवाद नै फिल्म छ । उनका पिता शोमु मुखर्जी निर्माता÷निर्देशक थिए । शोमुका अन्य भाइ पनि फिल्मसँग जोडिएका छन् । उनकी आमा तनुजा, सानीमा नुतन, हजुरआमा शोभना समर्थ र जीआमा रतन पनि प्रसिद्ध अभिनेत्री थिए । 

 

काजल, रानी मुखर्जी, मोहनीस बहल, सरबनी मुखर्जी र अयान मुखर्जी सबै नातेदार भाई बहिनी हुन् । 

 

फिल्म दिलवाले दुल्हनियाले जाएगेको टाइटललाई सबैले मन पराए तर काजलले यसलाई ‘टपोरी’ घोषणा गरिन् । यो शीर्षक अनुपम खेरकी पत्नी किरण खेरले सुझाएकी थिइन । 

 

‘गुण्डाराज’को सेटबाट काजल र अजय देवगनको रोमान्स सुरु भएको थियो । 

 

आफ्नो करिअरको शिखरमा रहेका बेला काजलले अजय देवगनसँग विवाह गरेपछि उनको कयौं मानिसहरुले आलोचना गरेका थिए । 

 

अजय देवगन र काजलको रहन सहन र जीवनशैली एक दोस्रोसँग निकै भिन्न थियो । यसलाई देखेर केहीले यी दुईको विवाह लामो समयसम्म नटिक्ने सोचेका थिए । तर, अहिलेसम्म दुवैको लाइफ एकदमै समधुर छ । 

 

काजल—अजयको एक छोरी न्यासा र छोरा युग छन् । 

 

काजललाई करण जाेहर आफ्नो फिल्मका लागि लक्की मान्छन् । यही कारण करण जाेहरको हरेक फिल्ममा काजल देखिन्छिन् । 

 

फिल्म ‘कुछ कुछ होता है’को सुटिङमो समय काजलको साइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो । जसमा उनी केहीबेर बेहोस भएकी थिइन । 

 

फिल्म दिलवाले दुल्हनिया ले जाएगेको ‘रुक जा ओ दि दिवाने’ गीतमा शाहरुख, काजलको खसालिदिन्छन् । यो गीतको सुटिङको दौरान शाहरुखलाई काजललाई आफूले खसाल्नुपर्नेछ भन्ने थाहा थियो । परन्तु काजलबाट यो कुरा लुकाइएको थियो । आदित्य चोपडा काजलको अनुहारमा आउने वास्तविक भावलाई क्यामरामा कैद गर्न चाहन्थे । 

 

काजल बलिउडकी प्रसिद्ध हस्ती रेखासँग एक म्याग्जिनका लागि स्वेटरमा पोज दिएर कन्ट्रोभसी खडा गरिन् । 

 

उनका पति अजय देवगत र यशराज फिल्मसकाबीच पैदा भएको विवादपछि काजलले आदिल्य कुनै बेला आफ्नो राम्रो साथी भएको बताएकी थिइन । 

 

वीर जरा, मोहब्बते, चलते—चलते, दिल तो पागल है, थ्री इडियट, कभी अलविदा ना कहना र दिल सेमा काजललाई अफर गरिएको थियो । तर, उनले त्यसलाई अस्वीकार गरिन् । 

 

काजल शिक्षा र बच्चासँग सम्बन्धित संस्थामा क्रियाशील रहेर सामाजिक सेवामा पनि संलग्न छन् । 

 

सन् १९९८ मा काजल, जुही चावला, अक्षय कुमार र शाहरुख खानका साथ एक वल्र्ड टुरमा सहभागी भएकी थिइन । अमेरिका, क्यानडा र बेलायतमा गएपछि उनले स्वयंम एकदमै स्ट्रेशफुल भएको भन्दैं टुरबाट आफूलाई अलग गरिन् । 

 

सन् २०१० मा काजलले शाहरुख खानसँगै अमेरिकन स्टक एक्सचेन्ज सुरु गर्नका लागि आमन्त्रण गरिएको थियो । 

 

आफ्नो लुकलाई काजल खासै परवाह गर्दिनन् । उनी कहिलेकाही सुटिङको दौरानमा पनि ऐना हेर्दिनन् । 

 

पद्यश्रीबाट सम्मानित काजलले ६ फिल्मफेयर अवार्ड जितिसकेकी छिन् ।

 

 

 

 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेकपाको भविष्य कठिन मोडमा आइपुगेको छः महासचिव पौडेल

  • 20 minutes ago
नेकपाको भविष्य कठिन मोडमा आइपुगेको छः महासचिव पौडेल

रुपन्देही । सङ्घीय सरकारका अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले नेकपाको भविष्य कठिन मोडमा आइपुगेको बताएका छन् । प्रेस संगठन रुपन्देहीले मंगलबार साँझ बुटवलमा

निकारागुवामा भएको सडक दुर्घटनामा १७ को मृत्यु, २५ घाइते

  • 27 minutes ago
निकारागुवामा भएको सडक दुर्घटनामा १७ को मृत्यु, २५ घाइते

एजेन्सी । निकारागुवामा मंगलबार भएको सडक दुर्घटनामा परी कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । सो दुर्घटनामा परेर अरु २५ जना घाइते भएका यहाँका केही स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

पाकिस्तानमा कोरोना संक्रमण बढ्दै

  • 31 minutes ago
पाकिस्तानमा कोरोना संक्रमण बढ्दै

एजेन्सी । पाकिस्तानमा गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका बताइएको छ । गएको जुलाई ७ यताकै सबैभन्दा धेरै संक्रमित भेटिएका पाकिस्तानको स्वास्थ्य मन्त्रालयले जानकारी



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

राति निन्द्रा लाग्दैन ?

राति निन्द्रा लाग्दैन ?

एजेन्सी । निद्रा सबैको लागि प्यारो हुन्छ । यसमा पनि रातको निद्रा सबैभन्दा खास हुन्छ । यदि रातमा निद्रा लागेन भने मानिसलाई छटपटि लाग्न सक्छ । यसका साथै निद्रा नपुगेमा अन्य थुप्रै रोग समेत लाग्न सक्छ । यसका लागि समाधानको उपायको रुपमा यी कुराहरुलाई अपनाउन सकिन्छ ।