काबुलमा आत्मघाती आक्रमण, दुई पत्रकार मारिए
- बिहीबार, २१ भदौ, २०७५
- 2 years ago
- अन्तर्राष्ट्रिय

काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित माइवान्ड स्पोर्टस् क्लबमा बुधबार अपराह्न भएको दुईवटा आत्मघाती बम आक्रमणमा २६ जनाको मृत्यु भएको छ ।
तालिम चलिरहेको समयमा बुधबार अपराह्न भएको यो आक्रमणबाट क्षतबिक्षत कुस्ती क्लबमा त्यहाँ अभ्यासरत कुस्ती खेलाडीहरुका झोला, कपडा, म्याटहरु रगतमा लतपतिएको विभत्स दृश्य देखिन्थ्यो । मारिएका खेलाडीहरुमा १० वर्षका बालबालिका पनि रहेका थिए ।
क्लबमा शुरुमा गोली चलाउँदै एक आत्मघाती व्यक्ति क्लबभित्र प्रवेश गरेर आफैंलाई बमले उडाएका थिए । त्यसको एक घण्टापछि बिस्फोटक पदार्थले भरिएको कारलाई क्लबको नजिक ल्याएर विस्फोट गराइएको थियो ।
पहिलो आक्रमणमा मारिएका र घाइते भएकाहरुको उद्धार गर्न र समाचार सङ्कलनमा पुगेका उद्धारकर्मी र पत्रकार समेत आक्रमणको चपेटामा परेका थिए ।
दोस्रो आक्रमणबाट अफगानिस्तानको सबैभन्दा ठूलो निजी प्रसारण संस्था टोलो न्यूजमा कार्यरत दुईजना पत्रकारको मृत्यु भएको थियो । अरु चारजना सञ्चारकर्मी घाइते भएका थिए ।
“जताततै मृत्यु भएका र घाइते भएकाहरु देखिन्छन्,” १४ वर्षका कुस्ती खेलाडी सइद रोहुल्लाले बताउनुभयो । अली सीनाले क्लब बाहिर गोलीको आवाज सुन्नेबित्तिकै खेलाडीहरु क्लबको बीच भागमा भेला भएको जानकारी दिनुभयो । अलीले आत्मघाती व्यक्ति क्लबभित्र छिरेको देख्नुभएकै थिएन ।
यो आक्रमणका लागि इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको छ । अफगान स्वास्थ्य तथा गृहमन्त्रालयले यस आक्रमणबाट कम्तीमा २६ जनाको मृत्यु भएको र ९१ जना घाइते भएको जनाएको छ ।
माइवान्ड क्लबका व्यवस्थापक पहलवान शीरले मृत्यु हुने व्यक्तिहरुको संख्या अरु बढ्न सक्ने बताउनुभयो । आक्रमणका समयमा क्लबभित्र कम्तीमा १५० व्यक्ति अभ्यासरत रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपय मानिसले आफ्ना दिवंगत व्यक्तिलाई घर लगिसके । म अझै पनि हराइरहेका विद्यार्थी र प्रशिक्षकको खोजी गरिरहेको छु ।”
शिते समुदायमाथि अगष्ट १५ मा पनि डरलाग्दो आक्रमण गरिएको थियो । शैक्षिक केन्द्रमा भएको त्यस आक्रमणमा एक दर्जनभन्दा बढी विद्यार्थीको मृत्यु भएको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, संकट जन्माउँछ !
- 2 hours ago

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत
जान्नुहोस् कुन समयमा निन्द्रा खुल्नुको अर्थ के हुन्छ ?
- 2 hours ago

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ रु चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ ।
भाग्य रेखा : हत्केलाका कुन रेखाले के जनाउँछ ?
- 2 hours ago

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन
पर्यटन
फेवातालको क्षेत्रफलः पहिले २२ हजार रोपनी, अहिले ११ हजार २५५ रोपनी

पोखरा । पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ । सिमाना र क्षेत्रफल यकिन गरी दिगो संरक्षण गर्ने उद्देश्यले सरकारले गठन गरेको फेवातालको चार किल्ला निर्धारण तथा सीमाङ्कन समितिले अध्ययन अनुसन्धानबाट तालको क्षेत्रफल पाँच दशमवल ७२६ वर्गकिलोमिटर अर्थात् ११ हजार २५५ रोपनी ११ आना एक पैसा कायम गरेको हो ।
जीवनशैली
आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ ।
विचित्र विश्व
भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, संकट जन्माउँछ !

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।