अन्तर्राष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगितामा बङ्गलादेशकी इभान्जेलिना बल प्रथम

  • आइतबार, १९ बैशाख, २०७८
  • 1 week ago
  • युके

लण्डन । अन्तर्राष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगितामा बङ्गलादेशकी इभान्जेलिना बल प्रथम  भएकी छन् । गैरआवासीय नेपाली  संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समिति र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को आयोजनामा सम्पन्न प्रतियोगितामा जापानका अभिनव गिरी द्वितिय भएका छन् भने पोर्चुगलकी मानस्वी खरालले तेस्रो स्थान हासिल गरेकी छन् । विजेता बलले एक हजार डलर, द्वितिय भएका गिरीले पाँच सय डलर र तेस्रो स्थान हात पारेकी खरालले तीन सय डलर पुरस्कार प्राप्त गरेका छन्  । प्रतियोगितामा अंग्रेजी भाषा कविताको विधातर्फ उत्कृष्ट हुँदै अमेरिकाकी ओजस्वी पसछेले दुई सय डलरको पुरस्कार जितेकी छिन् ।

 

कार्यक्रमका विजेता सबैलाई  प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बधाई दिँदै दोश्रो पुस्ताका गैरआवासीय नेपालीहरुले नेपाली भाषा, साहित्य र संस्कृतिलाई  अनुशरण एवं प्रवर्धन गर्न विशिष्ट भूमिका खेल्नुपर्ने बताए । उनले  एनआरएनए र अनेसास लगायतका संस्थाले अग्रणी भूमिका खेल्नु पर्नेमा जोड दिए ।  त्यसका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले हरसम्भव सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

 

कार्यक्रममा विशिष्ट अतिथी पूर्व कुलपति एवं मूल्यांकन समितिका प्रमुख बैरागी काँइला, नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त, एनआरएनएका अध्यक्ष कुमार पन्त, पूर्व अध्यक्ष जीवा लामिछाने र भवन भट्ट, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, अनेसास ट्रस्टीका सभापति गीता खत्रीको उपस्थिति रहेको थियो । यस्तै वरिष्ठ साहित्यकारहरू अशेष मल्ल, दिनेश अधिकारी, प्रकाश सायमी र डा. बिन्दु शर्माले आ–आफ्ना रचना वाचन एवं शुभकामना मन्तव्य दिएका थिए ।

 

कार्यक्रममा अतिथी कविहरू रबिन शर्मा (जापान), हिमान्शु निभा कुँवर (अमेरिका), तीर्थ सङ्गम राई (कतार), गणेश खडका (अफ्रिका), इसिका अधिकारी (युरोप), केशव सिग्देल (नेपाल), गोवर्ध्दन पूजा (अमेरिका) र प्रविणा बराल (जापान) ले पनि आ (आफ्ना कविता वाचन गरेका थिए । आयोजकका तर्फबाट एनआरएनएका पूर्व कोषाध्यक्ष एवम् भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका अध्यक्ष हिक्मत थापाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा समितिका सहअध्यक्ष महेश्वर पन्तले प्रतियोगिताको बारेमा जानकारी गराएका थिए ।

 

कार्यक्रममा एनआरएनएका महासचिव डा. हेमराज शर्मा, एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल शाहले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रम संयोजक अनेसासका महासचिव तथा एनआरएनए अमेरिकाका उपाध्यक्ष सर्वज्ञ वाग्लेले धन्यवाद ज्ञापन गरेका थिए ।

 

 

यस्तै कार्यक्रममा मूल्यांकन समितिको तर्फबाट नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले नेपाली भाषाका प्रतियोगी र महेश पौडेलले अङ्ग्रेजी भाषाका प्रतियोगी मध्येबाट पुरस्कृत नामको घोषणा गरेका थिए ।

 

६० जना प्रतियोगी मध्येबाट अन्तिम चरणमा पुगेका कविहरू अभिनव गिरी, अंशु सुवाल, आगत खरेल, इभान्जेलिना बल, गुन्जना न्यौपाने, गङ्गा फुयाल, मानस्वी खराल, समृद्धि नेपाल, सरला बाराकोटी, सौगात पराजुलीले नेपालीमा र ओजस्वी पसछे, मारिया अधिकारी र प्रेमा पौड्यालले अङ्ग्रेजीमा कविता वाचन गरेका थिए ।

 

एनआरएनएका एसिया प्रशान्त क्षेत्रीय उपसंयोजक पारसमणि पोखरेलले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता अनेसासका अध्यक्ष प्रकाश पौडेल ‘माइला’ले गरेका थिए ।

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

जसपा दुई खेमामा

  • 4 hours ago
जसपा दुई खेमामा

काठमाडौं । जनता समाजवादी पार्टीका सांसदहरु दुई खेमामा विभाजित भएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव समुहका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभामा पेस गरेको विश्वासको म

आज कुन जिल्लामा कति संक्रमित थपिए ?

  • 5 hours ago
आज कुन जिल्लामा कति संक्रमित थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २ सय ७१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।



पर्यटन

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

अप्रिल महिनामा २२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् ।

जीवनशैली

यसरी ल्याउनुस् छालामा चमक !

यसरी ल्याउनुस् छालामा चमक !

एजेन्सी । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय अपनाउनुपर्छ ।