अनेसास कविता महोत्सवका लागि ३५ जना कविहरूको नाम छनोट

Norvic Hospital

बोष्टन, अमेरिका । राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर अन्तर्रष्ट्रिय नेपाली साहित्य समाजले बिहीबार गर्न लागेको कविता महोत्सवका लागि ३५ जना कविहरूको नामावली प्रकाशित गरेको छ । प्रथम एकजना , द्वितीय एकजना,  तृतीय  तीनजना र थप तीसजना कविहरूसहित जम्मा ३५ कविहरूले  कार्यक्रममा कविता वाचन गर्ने छन् ।

 

अनेसासले प्रत्येक वर्ष प्रतियोगितात्मक कविता महोत्सवको आयोजना गर्ने घोषणासहित पहिलो पटक गर्न लागेको यो कविता महोत्सवमा विश्वभरका तीन सय एक कविले सहभागिता जनाएका छन् । ती मध्ये तीनजना निर्णायकको मतको आधारमा ३५ जना वाचनका लागि छनोट भएका हुन् ।

 

महोत्सवलाई निष्पक्ष र पारदर्शी बनाउन तीनजना  निर्णायकलाई जिम्मा दिइएको बताउदै अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाले भने( उहाँहरूबाट छुट्टाछुट्टै रुपले आएको नम्बर जोडेर निर्णय गरेका छौँ । यसका लागि  अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको संयोजकत्वमा महासचिव सर्वज्ञ वाग्ले र सदस्यहरू  डा। रेणुका सोलु, प्रमोद सारंग , महेश्वर शर्मा सदस्य रहेको समितिले संयोजनको काम गरेको उनले बताए ।

 

पुरस्कृत प्रथम, द्वितीय र तृतीय कविहरूले क्रमश पाँचसय, तीन सय र दुई(दुई( दुई सय अमेरिकी डलर नगद र प्रमाण‍(पत्र प्राप्त गर्नेछन् ।

 

कार्यक्रम सेप्टेम्बर २३ बिहीबारका दिन माधवप्रसाद घिमिरेको जन्मजयन्तीका अवसरमा नेपाली समय साँझ ६।४५ बजे जुम प्रविधि मार्फत गरिने छ ।

 

कविता वाचनका लागि छनोट ३५ ‌‍जना कविहरूः
१.अग्नि  पराजुली (चिताहरु कहिले उठ्लान?) अमेरिका
२. आनन्द अधिकारी (समय अवधि)- जापान
३. केशव भण्डारी (देश छाडनु अघि)- नेपाल
४. केशव शर्मा  (नलेखिएको कविता)-अष्ट्रेलिया
५. के:बी पारखी (फर्केर आउनेछु प्रिय) - जापान
६. केशवराज ज्ञवाली (नुनको भूगोल) - अमेरिका
७.कोमलप्रसाद भट्ट (माधुर्यका माधव)- अमेरिका
८. गणेश खड्का (आप्रवासी आर्तनाद)- अफ्रिका
९.टीका आत्रेय  (जीवनकुण्ड) -नेपाल
१०. डिआर न्यौपाने सूर्य (परदेश हुनु) - कोरिया
११. दीपेन्द्र के.सी (आत्माघाती उडानविरुद्ध !!)- बेल्जियम
१२. नवीन अभिलाषी (अन्तिम उज्यालोतिर)-‍ नेपाल
१३. नारायण अधिकारी (आरुका बोटमा अक्षरका फूलहरू)-अमेरिका
१४. निरज दाहाल (देशको खवर)- नेपाल
१५. निर्दोष शिव (मातृभूमि यादमा )- दक्षिण कोरिया
१६. निशान निष्कर्ष (आदिम आवाज)- नेपाल
१७. पद्मा लिंखा मगर (नारी)- अमेरिका
१८. प्रकाश पाण्डे (श्रद्धा  माधवमा)-अमेरिका
१९. भावकेशर बराल (मौनता)- नेपाल
२०. मञ्जुल मितेरी-(सुदूर सीमारेखाबाट)- जापान
२१. मीरा काफ्ले (चिनारी मेरो )- नेपाल
२२. युवराज भट्टराई (भावनाको सिमाना)- क्यानाडा
२३. रविन शर्मा (लडाईमा लाहुरेको गीत)- जापान
२४. रश्मी भट्ट (जीवन्त छौ हे कवि)- अमेरिका
२५.रुपक अधिकारी (उ त्यहीँ मुल्कोमै थियो मेरो घर  )- नेपाल
२६. वन्दना भट्टराई (रहर)- नेपाल
२७. विन्दा पराजुली बराल (नयनमा देशको मानचित्र)  - जापान
२८. सविना रेग्मी (विभेदको जड) -  जापान
२९.सुशिला निनाम (सूत्रहरूको खोजी) नेपाल
३०. सुवास संगम राई (माटोको उच्चाई)- नेपाल
३१. स्पन्दन विनोद (राष्ट्रकविप्रति भावाञ्जली)- पोर्चुगल
३२. शरद पोखरेल (एउटा चराको सूसाइड नोट)- जापान
३३.शारदा पौडेल " निशा" (फूल अनि वेश्या)- स्पेन
३४. शिखर दुलाल (पन्नाहरू) -अमेरिका
३५.शुभचन्द्र राई(बाटो)-नेपाल


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

साफ फाइनलः नेपाललाई ३-० गोलले हराउँदै भारत च्याम्पियन

  • 6 hours ago
साफ फाइनलः नेपाललाई ३-० गोलले हराउँदै भारत च्याम्पियन

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा नेपाललाई ३-० गोलले हराउँदै भारत आठौं पटक च्याम्पियन बनेको हो ।

साफ फाइनलः नेपालविरुद्ध भारत २-० ले अगाडी

  • 7 hours ago
साफ फाइनलः नेपालविरुद्ध भारत २-० ले अगाडी

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् ।

साफ च्याम्पियनसिप फाइनलः पहिलो हाफ बराबरीमा सकियो

  • 7 hours ago
साफ च्याम्पियनसिप फाइनलः पहिलो हाफ बराबरीमा सकियो

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् ।



पर्यटन

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

एजेन्सी । कोभिड १९ को सङ्क्रमणका कारण विगतको समयमा पर्यटकहरुको आगमन रोकिएको मालदिभ्समा यस वर्ष भने ९ लाख भन्दा बढी पर्यटक आएका छन् ।यहाँको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मालदिभ्समा नौ लाख ५ हजार पर्यटक आएका छन् । सो मन्त्रालयले अघिल्लो वर्ष सन् २०२० को यो अवधिको भन्दा १२२ प्रतिशतले बढी पर्यटक मालदिभ्स भित्रिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यहाँ पर्यटक नै आएका थिएनन् ।

जीवनशैली

स्वादिलो भुटन कसरी बनाउने ?

स्वादिलो भुटन कसरी बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।