हवाई कारबाहीमा पाँच जना आतङ्ककारी मारिए
- बुधबार, १७ असोज, २०७५
- 2 years ago
- अन्तर्राष्ट्रिय

काबुल । अफगानिस्तानको पूर्वी प्रान्त पाक्टिकामा अफगान वायु बलमा आवद्ध सेनाको हवाई कारबाहीमा परी हक्कानी आतङ्ककारी समूहका पाँच सदस्य मारिएका छन् । अफगान रक्षा मन्त्रालयले बुधबार सो जानकारी दिएको छ ।
सो कारबाही पाक्टिका प्रान्तको गोमाल जिल्लामा भएको थियो । सो जिल्लाको दुर्गम इलाकामा आतङ्ककारीहरुको उपस्थिति रहेको भन्ने गुप्तचर निकायको सूचना प्राप्त भएपछि सो कारबाही भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
पक्टिका प्रान्तको गोमाल जिल्ला पाकिस्तानको सीमा क्षेत्रमा पर्दछ । उक्त क्षेत्रमा यस हक्कानी नेटवर्कका क्रियाकलापहरु तिब्र हुदै गएको समाचारहरु आएका छन् ।
हक्कानी आतङ्ककारी सञ्जाल पनि तालिबान आतङ्ककारी समूहसँग नै आवद्ध रहेको छ । हक्कानी आतङ्ककारी सञ्जालले यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेको छैन ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन
- 4 hours ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ ।
'सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्'
- 4 hours ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का केन्द्रीय सदस्य महेश बस्नेतले सर्वोच्च अदालतको फैसलापछि सरकार निर्माणका विभिन्न विकल्प देखिएकामा त्यसअनुसार सरकार बन्न नसके मुलुक ताजा निर्वाचनमा जाने बताए
सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुम्यो: बिजुक्छे
- 4 hours ago

काठमाडौँ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ९रोहित०ले संसद् पुनःस्थापना गर्ने सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुमेको प्रतिक्रिया दिएका छन् ।
पर्यटन
माधवनारायणका बर्तालु चाँगुनारायणमा

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।
जीवनशैली
टुसा उम्रेका गेडागुडी खानुका फाइदाहरु

टुसा उम्रेका गेडागुडी बिहानको खाजाका लागि ज्यादै उपयोगी हुन्छन् । गेडागुडीमा थोरै नुन, कागती हालेर बिहान खाने गर्नाले शरीरलाई दिनभरि ऊर्जा मिल्छ ।
विचित्र विश्व
चीनमा नयाँ फैसला, पूर्व पत्नीलाई घरायासी काम गरेबापत क्षतिपूर्ति दिन आदेश

एजेन्सी । चीनको अदालतले एक व्यक्तिलाई आफ्नी पूर्व पत्नीलाई घरायासी काम लगाएबापत क्षतिपूर्ति स्वरुप झण्डै आठ हजार अमेरिकी डलर भुक्तानी गर्न आदेश दिएको छ ।