गम्भीर चोटपछिको ‘टर्निङ पोइन्ट’: जुनियर फुटबल एकेडेमीको जन्म
- सुवास गाैली
- मंगलबार, २९ माघ, २०७५
- 3 years ago
- खेल
- अन्तर्वार्ता

कतिपय खेलाडी खेल्दाखेल्दै गम्भीर घाइते भएपछि खेल जीवनलाई फर्केर नर्हेने गरेको दृष्टान्त हामीमाझ छ । तर, प्रज्वल प्रताप क्षेत्री यस्तो नाम हो जसले चोटको कारण २६ वर्षको उमेरमा खेलाडी जीवनबाट सन्यास लिनुपरे पनि अलग तरिकाले नेपाली फुटबललाई योगदान दिइरहेका छन् । उनै क्षेत्रीले आजभन्दा नौं वर्षअघि जुनियर फुटबल एकेडेमी (जेएफए नेपाल) को स्थापना गरेर नेपालमा फुटबलरहरु उत्पादन गरिरहेका छन् भने नेपालका ख्यातिप्राप्त फुटबल क्लबमा प्रशिक्षकको भूमिका पनि निर्वाह गरिरहेका छन् ।
एन्फा एकेडेमीको पहिलो ब्याच
प्रज्वल प्रताप क्षेत्री अखिल नेपाल फुटबल संघ (एन्फा)ले संचालन गरेको एन्फा एकेडेमीको पहिलो ब्याचका खेलाडी हुन् । १० वर्षको उमेरमा एन्फा एकेडेमी छिरेका क्षेत्रीले आठ वर्ष त्यही बसेर फुटबल सिके । एकेडेमीबाट निस्किएपछि उनले सात वर्ष ‘ए’ डिभिजन लिग तथा बिभिन्न क्लबबाट बिभिन्न प्रतियोगिताहरु खेले । एन्फाका उत्पादन क्षेत्रीले राष्ट्रिय टिमबाट पनि अनुभव बढुलेका छन् । अन्डर–१२, अन्डर– १४ तथा अन्डर– १९ उमेर समूहबाट उनले भारत, अफगानिस्थान, भुटान, बंगलादेश, तुकुर्मेस्थान तथा अन्य देशका क्लबविरुद्ध खेलेको अनुभव उनीसँग छ ।
घरेलु लिगमा सात वर्ष
एन्फा एकेडेमीबाट बाहिर निस्केपछि क्षेत्री घरेलु फुटबलमा व्यस्त हुन थाले । उनले करिब सात वर्ष ए डिभिजन लिग खेले । उनले ब्वाइज स्पोर्टस्, ब्वाइज युनियन, जावलाखेल युथ क्लब, युनाइटेड युथ क्लब तथा संकटा क्लबको डिफेन्सिभ मिडफिल्ड सम्हाले ।
चोट ‘टर्निङ पोइन्ट’
फुटबल खेल्दाखेल्दै घुँडामा गम्भीर चोट लागेका उनले त्यसपछि अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् । ९ महिना आराम गरेर मैदान फर्किएका उनको उपचार राम्रो नहुँद पटक–पटक घाइते हुनुपरेपछि उनले खेलाडी जीवनबाट सन्यास लिने निर्णय गरे । तर, फुटबललाई चटक्कै माया मार्ने सोचका साथ नभई नभइ फुटबलकै क्षेत्रमा काम गरेर खेलाडी, प्रशिक्षक तथा राष्ट्रलाई नै सहयोग पु¥याउने गरि एकेडेमी स्थापना गर्ने उदेश्यले उनी प्रशिक्षण कोर्ष गर्न थाले । अग्रगामी सोचको साथ प्रशिक्षणमा सहभागी भएका उनले ‘सी’ वर्गको लाइसेन्स प्राप्त गरेपछि उनले २०६४ सालमा जुनियर फुटबल एकेडेमी (जेएफए नेपाल) को स्थापना गरे । जसको उदेश्य भनेको नेपालबाट फुटबल खेलाडीहरु उत्पादन गर्ने ।
उनले विं.स २०६३ तिर एशियन फुटबल महासंघ (एएफसी)ले प्रदान गरेको कोचिङ कक्षाबाट ‘सी’ ग्रेडको लाइसेन्स प्राप्त गरेका हुन् । त्यस्तै, २०७१ सालमा ‘बी’ ग्रेडको लाइसेन्स लिए भने करिब डेढ वर्ष अघि सम्पन्न कोर्ष पूरा गरेर ‘ए’ ग्रेडको कोचिङ लाइसेन्स पनि प्राप्त गरेका छन् ।
२८ वर्षको उमेरमा नै क्षेत्रीले नेपालको पुरानोमध्यको एक महाबिर क्लबको प्रशिक्षणको जिम्मेवारी सम्हालेका थिए । उनले महाविरको मुख्य प्रशिक्षक भएर ४ वर्ष काम गरे भने क्षेत्रीसँग ब्वाइज स्र्पोटस् क्लब, फ्रेन्च क्लब जावलाखेल क्लब तथा युनाइटेड युथ क्लबको प्रशिक्षणमा सघाएको अनुभव छ ।
'अभिभावक स्वयं नै बच्चा लिएर आउँछन्'
आजभोली बच्चाहरुलाई भुल्याउनको लागि धेरै अभिभावकहरुले ‘ग्याजेट’ मोबाइल, ट्याब, ल्यापटप आदी दिने गरेका छन् । तर, कलिलो उमेरमा ति बालकहरुको हातमा यस्ता कुराहरु परेपछि उनीहरु ‘प्यासिभ’ हुँदै गएको क्षेत्रीको अनुभव छ । सोही खालका बच्चाहरुलाई ध्यानमा राखेर उनको एकेडेमीले ५ वर्षदेखि १६ वर्ष उमेरसमूहका बच्चाहरुलाई फुटबल टेनिङ प्रदान गरिरहेका छन् । शनिबार, आइतबार तथा बिदाको दिन बच्चाहरु आएर सहजै फुटबल टेनिङमा सहभागी हुन पाउँछन् । हाल जेएफए नेपालले काठमाडौँको बालुवाटरस्थित एक्सेल फुट्सल एण्ड रिक्रिएसन सेन्टर तथा ललितपुरको सानेपास्थित ललितपुर फाइभ ए साइड इन्डोर फुट्सलमा विद्यार्थीहरुलाई लक्षित गरेर ट्रेनिङ प्रदान गरिरहेको छ । क्षेत्रीका अनुसार सबै अभिभावकहरु आफ्नो बच्चाहरुले धेरै कुरा सिकिरहेको तथा उनीहरुको फिटनेस पनि राम्रो भएकोमा खुसी छन् । त्यसैले उनीहरु खुसीका साथ बच्चाहरुलाई लिएर आइरहेका छन् ।
एकेडेमीले विद्यार्थी र अभिभावकबीचको दूरी अझै घटाउनको लागि ‘स्टुडेन्ट भर्सेस प्यारेन्ट्स’ सेसन पनि राखिरहेको हुन्छ । यस्ता खालका गतिविधिले उनीहरुले एक अर्काको मनोविज्ञान बुझ्ने, घरको वातावरण अझै शान्त र सहज हुने, मित्रवत् व्यवहार हुने, अभिभावकले छोरा/छोरीको लागि समय दिएको जस्तो पनि हुने तथा बच्चाहरुको स्वभावको बारेमा अभिभावकलाई ज्ञान तथा अभिभावकको स्वभावको बारेमा बच्चाहरुलाई थप ज्ञान हुने हुँदा सबैले रुचाएका छन् ।
अनुभवी प्रशिक्षकबाट कोचिङ
जेएफए नेपालले हाल १४५ जनाभन्दा बढी बच्चाहरुलाई फुटबल ट्रेनिङ प्रदान गरिरहेको छ । विभिन्न उमेर समूह यू ४–८, यू–१०, यू–१२ तथा यू–१६ अनुसार प्रशिक्षकहरु पनि अलग–अलग रहेका छन् । उनलाई रवीन्द्र शिलाकार, गोरख केसी, अजय महर्जन, पुष्प विष्ट लगायतले सघाइरहेका छन् । भने छात्राहरुको लागि अनुभवी महिला प्रशिक्षक पनि रहेकी छिन् ।
बितेको नौं वर्षमा जेएफए नेपालबाट उत्पादन भएका केही खेलाडीहरुले नेपालको चलेकै क्लबबाट फुटबल खेलिरहेको क्षेत्रीको भनाई छ । एकेडेमीकै पहिलो ब्याचका दुई खेलाडीले मनाङ मस्र्याङ्दी क्लबबाट यू–१८ फुटबल खेलिसकेका छन् । यस्तै, एक जनाले सशस्त्र प्रहरीको एपीएफको ‘बी’ टोलीबाट तथा त्रिभुवन आर्मी क्लब तथा एन्फा एकेडेमीमा नै एक खेलाडी रहेका छन् ।
खेलाडी /प्रशिक्षक राहत कोष
गम्भीर चोटको कारण धित मर्नेगरि खेल्न नपाएका उनको ठूलो सपना भनेको खेलाडी तथा प्रशिक्षकको लागि एउटा अक्षयकोषको स्थापना गर्नु हो । उक्त अक्षयकोषको रकम खेलाडी तथा प्रशिक्षक घाइते हुँदा प्रयोग गर्ने रहेको छ । नेपालका अधिकांश खेलाडीहरुको आर्थिक अवस्था कमजोर छ । सोही कारणले राम्रो उपचार पाउँदैनन् र खेल जीवनबाट सन्यास लिनुपरेको यथार्थको प्रस्तुत गर्दै क्षेत्रीले उक्त कोष स्थापना गर्ने सोच बनाएका हुन् । उनी भन्छन्, ‘मैले त राम्रो उपचार नपाएरै खेल्न पाइन । म जस्ता खेलाडीहरु यहाँ कयौं छन् जो चोटले गुज्रेपछि खेल जीवनलाई फर्केर हेरेका छैनन् । अब त्यो अवस्थालाई कम गर्नको लागि प्रयासको थालनी गर्न लागेको हुँ ।’ यसको लागि क्षेत्रीले एकेडेमी तथा आफ्नो व्यक्तिगत आम्दानीको केही प्रतिशत जम्मा गर्ने सोच बनाएका छन् । साथै अन्य इच्छुकहरुको सहयोगबाट प्राप्त रकमलाई पनि पारदर्शी ढंगले खर्च गर्ने योजना छ ।
विद्यालय र क्लबलाई निःशुल्क तालिम
क्षेत्रीको अर्को मुख्य उदेश्य भनेको फुटबल खेल्न मन भएका तर, आर्थिक अवस्था कमजोर भएकाहरुलाई निःशुल्क शिक्षा दिए फुटबलको तालिम पनि प्रदान गर्नु रहेको छ । यसको लागि उनी देशका विभिन्न भागमा पुगेर त्यस्ता खेलाडीहरुको खोजी गर्ने योजनामा समेत रहेका छन् । हाल उनको एकेडेमीले पनि केही आर्थिक अवस्था भएका खेलाडीहरुलाई निःशुल्क ट्रेनिङ प्रदान गरिरहेको छ ।
साथै राम्रा खेलाडीहरु भएको तर, आर्थिक अवस्थाले तालिम कार्यक्रम संचालन गर्न नसकेको क्लब तथा विद्यालयहरुमा पनि उनको एकेडेमी जेएफएले निकट भविश्यमा निःशुल्क प्याकेजको कार्यक्रम ल्याउन लागेको छ ।
राम्रा खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव
जेएफए नेपालका केही खेलाडीहरुले बिभिन्न देशमा गएर थप ज्ञान सिकेर पनि आइसकेका छन् । जेएफएले राम्रा खेलाडीहरुलाई भारत, थाइल्याड, चीन, नर्वे लगायतको देशमा लगेर पनि प्रशिक्षक दिइरहेको छ । आउँदो दिनहरुमा पनि अझै यस कार्यक्रमलाई वृहत बनाउने क्षेत्रीको योजना रहेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
कालीगण्डकी नदीले बगाउँदा वृद्ध बेपत्ता
- 50 minutes ago

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ बेणी सङ्गमस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा शुक्रबार एक वृद्धलाई बगाउँदा बेपत्ता भएका छन् ।
हल्कादेखि मध्यम वर्षाको सम्भावना
- 1 hour ago

काठमाडौं । देशभर आज आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ
- 1 hour ago

वीरगञ्ज । श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई शुक्रबार पक्राउ गरेको छ ।
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
मास्कको प्रयोग ओमिक्रोन विरुद्ध उपयोगी भएको अध्ययनको दावी

एजेन्सी । अष्ट्रेलियाका चिकित्सा अनुसन्धानकर्ताहरूले ओमिक्रोनको असर काम गर्न मास्कको प्रयोग अति उपयोगी भएको तथ्य पत्ता लगाएका छन् ।