ओलम्पिकमा सोनिया भट्टले रसियाकी इरिनासँग प्रतिस्पर्धा गर्ने

  • बिहीबार, ७ साउन, २०७८
  • 1 week ago
  • खेल

काठमाडौँ । शुक्रबारदेखि जापानको टोकियोमा आयोजना हुने ३२ औँ  ग्रीष्मकालीन ओलम्पिकअन्तर्गत जुडो खेलमा नेपालकी खेलाडी सोनिया भट्टले रसियाकी खेलाडी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।

 

बिहीबार सार्वजनिक भएको खेल तालिका अनुसार जुडो खेलाडी भट्टले प्रारम्भिक चरणमा इरिनासँग खेल्ने पक्का भएको हो । उनी ४८ केजी तौल समूहमा इरिनाको सामना गर्नेछिन् । भट्ट विश्व वरीयतामा १२७औँ स्थानमा छिन् भने इरिना विश्व वरीयतामा नवौं स्थानमा छिन् । उक्त खेल साउन ९ गते हुनेछ । पदकको टुङ्गो पनि सोही दिन लाग्नेछ । 

 

भट्ट वाइल्डकार्डमार्फत ओलम्पिक खेलमा छनोट भएकी हुन् । उनले नेपालमा आयोजना भएको तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) मा कास्य पदक जितेकी थिइन् । उनी महिला ४८ केजीमुनि तौल समूहमा नेपाललाई कास्य पदक दिलाइकी थिइन् ।

 

डोपिङ प्रकरणमा प्रतिबन्धमा परेको रुस ओलम्पिक खेलमा देशका रुपमा सहभागी छैन । रसियाका खेलाडीले रुस ओलम्पिक कमिटीको झण्डा मुनि रहेर प्रतिस्पर्धा गर्नेछन् ।


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नेपालमा काेराेना संक्रमण, यस्ताे छ पछिल्लाे अपडेट

  • 1 minute ago
नेपालमा काेराेना संक्रमण, यस्ताे छ पछिल्लाे अपडेट

काठमाडौँ । नेपालमा थप ३१२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३८११ नमुना परीक्षण गर्दा ३१२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थप २३ जना कोरोना संक्रमितको मृत्यु

  • 4 minutes ago
थप २३ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । नेपालमा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण हालसम्म ९८९८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सूर्य चिह्नबाट चुनाव जितेकोले एमालेमै फर्किएँः विमला वली

  • 12 minutes ago
सूर्य चिह्नबाट चुनाव जितेकोले एमालेमै फर्किएँः विमला वली

बुटवल । लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री वली नेकपा एमालेमा नै फर्किएकी छिन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उनले आफूले सूर्य चिह्नबाट चुनाव जितेकोले एमालेमै फर्किएको बताएकी छिन् ।



पर्यटन

नेपालकाे ‘भाइरल रोड’

नेपालकाे ‘भाइरल रोड’

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ मा निमार्णाधीन चार लेनको पक्की पुलसँगै निर्माण भएको पहुँचमार्ग । सडक निर्माण भएसँगै टिकटक, भिडियो र फोटो खिच्न आउनेको यहाँ भीड हुने गर्छ । पछिल्लो समय उक्त सडक ‘भाइरल रोड’ का नामले परिचित छ । तस्बिरः शेरबहादुर सिंह/रासस

जीवनशैली

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

दाँत दुख्दा घरमै गर्न सकिन्छ यस्तो उपचार

एजेन्सी । दाँतको दुखाइबाट छुटकरा पाउन हामीले यहाँ केही घरेलु उपायहरूबारे जानकारी प्रस्तुत गरेका छौं ।