पत्रकार रिहा गर्न राष्ट्रसंघको आग्रह

याङ्गुन । म्यान्मारको एक अदालतले सोमबार जेल सजाय सुनाएका बेलायती पत्रकारलाई रिहा गर्न संयुक्त राष्ट्रसंघले म्यानमार सरकारसँग आग्रह गरेको छ । 

 

बेलायती समाचार समिति रोयटर्सका दुई जना समाचारदातालाई म्यानमारको राजधानी याङ्गुनमा रहेको एक अदालतले सात वर्षको जेल सजाय सुनाएको थियो । 

 

समाचार सम्प्रेषण गर्नेक्रममा राज्यको गोप्य सूचना चुहाएको र कानुनहरुको उल्लङ्घन गरेको आरोपमा ती दुई पत्रकारलाई म्यान्मार सरकारले पक्राउ गरेको थियो । 

 

पत्रकारद्वय वा लोन र क्या सो उलाई रिहा गरी पुनः काममा फर्कने वातावरण मिलाउन संयुक्त राष्ट्रसंघले म्यानमार सरकारसमक्ष आग्रह गरेको म्यानमारको लागि संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि तथा मानवीय सहायता कार्यक्रम संयोजक प्रमुख नुट ओस्टबीले बताएका छन् । 

 

ती पत्रकारहरुको रिहाइको लागि संयुक्त राष्ट्रसंघले आगामी दिनमा पनि लगातार आग्रह गर्ने पनि उनले बताए । 

 

यसैबीच, रोयटर्सले आफ्ना दुई पत्रकारलाई जेल सजाय सुनाइएकोप्रति आपत्ति जनाउँदै उनीहरुमाथि झुटो अभियोग लगाएको जनाएको छ । 

 

जेल सजाय दिइएका दुबै पत्रकारमाथि रोहिङ्ग्या समुदायको हत्यामा म्यान्मारका सैनिकको संलग्नताका बारेमा रिपोर्टिङ गरेको र कानुन विपरीत राज्यका गोप्य सूचना सङ्ग्रह गरेको आरोप म्यान्मार सरकारले लगाएको छ । 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

  • 4 hours ago
प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ ।

'सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्'

  • 4 hours ago
'सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्'

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का केन्द्रीय सदस्य महेश बस्नेतले सर्वोच्च अदालतको फैसलापछि सरकार निर्माणका विभिन्न विकल्प देखिएकामा त्यसअनुसार सरकार बन्न नसके मुलुक ताजा निर्वाचनमा जाने बताए

सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुम्यो: बिजुक्छे

  • 4 hours ago
सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुम्यो: बिजुक्छे

काठमाडौँ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ९रोहित०ले संसद् पुनःस्थापना गर्ने सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुमेको प्रतिक्रिया दिएका छन् ।



पर्यटन

माधवनारायणका बर्तालु चाँगुनारायणमा

माधवनारायणका बर्तालु चाँगुनारायणमा

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।

जीवनशैली

टुसा उम्रेका गेडागुडी खानुका फाइदाहरु

टुसा उम्रेका गेडागुडी खानुका फाइदाहरु

टुसा उम्रेका गेडागुडी बिहानको खाजाका लागि ज्यादै उपयोगी हुन्छन् । गेडागुडीमा थोरै नुन, कागती हालेर बिहान खाने गर्नाले शरीरलाई दिनभरि ऊर्जा मिल्छ ।