बोदोसँग रोमा पराजित हुँदा जोसे मउरिन्होको करिअरमै लाग्यो दाग

Norvic Hospital
  • शुक्रबार, ५ कार्तिक, २०७८
  • 1 month ago
  • खेल

एजेन्सी । युरोपा लिग अन्तर्गत इटालियन क्लब रोमाले नर्वेको क्लब बोदो ग्लिम्टसँग लज्जास्पद हार व्यहोरेको छ। बिहीबार राति भएको खेलमा रोमाले बोदो ग्लिम्टसँग ६–१ गोलअन्तरको पराजय ब्यहोरेको हो। 

 

यो नतिजा पोर्चुगिज प्रशिक्षक जोसे मउरिन्होका लागि प्रशिक्षण करिअरकै सबैभन्दा फराकिलो अन्तरको हार हो। बोदोको घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा रोमा २–१ ले पछाडि थियो। तर, नर्वेजियन लिग च्याम्पियन बोदोले खेलको दोस्रो हाफमा शानदार प्रदर्शन गरेपछि रोमाले लज्जास्पद हार व्यहोरेको हो। बोदोको लागि एरिक बोथेइम र प्याट्रिक बर्गले गोल गर्दा रोमाका कार्लेस पेरेजले १ गोल फर्काएका थिए।

 

सन् २०१० मा रियल मड्रिडले बार्सिलोनासँग ५–० गोलअन्तरको पराजित व्यहोरेको थियो। मउरिन्हो सो समयमा रियलका प्रशिक्षक थिए। सो भन्दा पनि लज्जास्पद नतिजा बोदोसँगको खेलमा निस्किएको हो।

 

जोसे माउरिन्होको १ हजार ८ खेलको करिअरमा त्यो नै अहिलेसम्मको ठूलो अन्तरको हार थियो । त्यसलाई यो खेलले माथ दिएको छ।

 

मउरिन्होले नतिजाबारे जिम्मेवारी लिएका छन्। आफूले सोच बिचार गरेर टिम बनाएको भए पनि पराजित भएको प्रतिक्रिया दिएका छन्।

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कथाकार पराजुलीको ‘मोम्चो कथासङ्ग्रह’ प्रकाशन

  • 2 minutes ago
कथाकार पराजुलीको ‘मोम्चो कथासङ्ग्रह’ प्रकाशन

काठमाडौँ । युवापुस्ताका चर्चित कथाकार वसन्त पराजुलीद्वारा लिखित नवीनतम कथा सङ्ग्रह ‘मोम्चो’ प्रकाशनमा आएको छ ।

राप्रपाको महामन्त्री बन्न रेखा थापाको प्रयास जारी !

  • 6 minutes ago
राप्रपाको महामन्त्री बन्न रेखा थापाको प्रयास जारी !

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेतृसमेत रहेकी अभिनेत्री रेखा थापाले पार्टीको महामन्त्री बन्ने आकांक्षा राखेकी छिन्। आजबाट काठमाडौँमा सुरु भएको पार्टीको महाधिवेशनले नयाँ नेतृत्व दि

नाइजेरियामा पनि भेटियो ओमिक्रोन

  • 27 minutes ago
नाइजेरियामा पनि भेटियो ओमिक्रोन

एजेन्सी । कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोन भाइरस नाइजेरियामा पनि भेटिएको छ । अफ्रिकी देशहरु मध्ये सवैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक नाइजेरियामा बुधबार ओमिक्रोनबाट सङ्क्रमित पहिलो



पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

एजेन्सी । ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकामा जोड दिइएको छ ।

विचित्र विश्व

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।