सपथग्रहणपछि बाइडेनले १० दिनमा यी काम गर्दैछन्

काठमाडौँ । अमेरिकी राष्ट्रपति पदमा निर्वाचित जो बाइडेनले सपथग्रहण गरेपछि १० दिनभित्र सम्पन्न गर्ने कार्ययोजना सार्वजनिक गरेका छन् । बाइडेनको कार्यकालमा ह्वाइटहाउसमा चिफ अफ स्टाफ रहने रोन क्लेनले उक्त मेमो सार्वजनिक गरेका हुन् ।

 

जनवरी २० मा सपथ लिएपछि बाइडेनले सोही दिन संघीय विद्यार्थी ऋण भएका अमेरिकन विद्यार्थीको ऋण पेमेन्ट र ब्याज स्थगित गर्न शिक्षा मन्त्रालयलाई आग्रह गर्नेछन् । त्यस्तै, ११ मिलियन कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने बिल पारित गराउनका लागि संसदसमक्ष पठाउनेछन् । सोही दिन उनले पेरिस जलवायु सम्झौतामा पनि अमेरिकालाई पुनः सहभागी गराउनेछन् ।

 

वर्तमान् राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न मुस्लिम बाहुल्य देशहरुमाथि लगाएको प्रतिबन्ध बाइडेनले हटाउनेछन् । राज्यहरुबीच यात्रा गर्दा र संघीय भूभागमा मास्क अनिवार्य गर्ने नियमको घोषणा गर्नेछन् । देशब्यापी रुपमा घरनिकालामा र घर लिलामीमा रोकलाई थप गर्नेछन् ।

 

बाइडेनले विभिन्न कार्यकारी आदेशहरु जारी गर्नेछन् । कोरोना महामारीको अवस्थामा परिवर्तन हुनेगरी विभिन्न नियमको घोषणा गर्ने र विद्यालय तथा विजनेशहरु खोल्ने अवस्था बनाउनका लागि कदम चाल्नेछन् ।

 

बाइडेनले आफ्ना मन्त्रालयहरुलाई महामारीबाट प्रभावित काम गर्ने परिवारहरुका लागि आर्थिक राहत उपलब्ध गराउनका लागि कदम चाल्ने निर्देशन दिनेछन् ।

 

१० दिनको बीचमा बाइडेनले कैयन कार्यकारी आदेश, मेमोहरु र मन्त्रिपरिषद्लाई निर्देशन जारी गर्नुका साथै जलवायु संकटको सम्बोधन गर्ने कार्यकारी आदेश जारी गर्नेछन् ।


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, संकट जन्माउँछ !

  • 56 minutes ago
भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, संकट जन्माउँछ !

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत

जान्नुहोस् कुन समयमा निन्द्रा खुल्नुको अर्थ के हुन्छ ?

  • 1 hour ago
जान्नुहोस् कुन समयमा निन्द्रा खुल्नुको अर्थ के हुन्छ ?

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ रु चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ ।

भाग्य रेखा : हत्केलाका कुन रेखाले के जनाउँछ ?

  • 1 hour ago
भाग्य रेखा : हत्केलाका कुन रेखाले के जनाउँछ ?

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन



पर्यटन

फेवातालको क्षेत्रफलः पहिले २२ हजार रोपनी, अहिले ११ हजार २५५ रोपनी

फेवातालको क्षेत्रफलः पहिले २२ हजार रोपनी, अहिले ११ हजार २५५ रोपनी

पोखरा । पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ । सिमाना र क्षेत्रफल यकिन गरी दिगो संरक्षण गर्ने उद्देश्यले सरकारले गठन गरेको फेवातालको चार किल्ला निर्धारण तथा सीमाङ्कन समितिले अध्ययन अनुसन्धानबाट तालको क्षेत्रफल पाँच दशमवल ७२६ वर्गकिलोमिटर अर्थात् ११ हजार २५५ रोपनी ११ आना एक पैसा कायम गरेको हो ।

जीवनशैली

आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ ।

विचित्र विश्व

भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, संकट जन्माउँछ !

भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, संकट जन्माउँछ !

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।