पूर्वप्रधानमन्त्री खनालद्वारा इलाम अस्पताललाई पिपिइ वितरण

इलाम । पूर्वप्रधानमन्त्री एवं  इलाम क्षेत्र नं १ का सङ्घीय सांसद झलनाथ खनालले इलाम अस्पताललाई पिपिइ वितरण गरेका छन् । स्वास्थ्यकर्मीलाई सुरक्षित भएर काम गर्ने वातावरण बनोस् भनेर उनले सो सामग्री वितरण गरेका हुन् । आफ्नो गृह जिल्लाको एकमात्र सरकारी अस्पतालमा उनले सहयोग गरे । पूर्वप्रधानमन्त्री खनालले इलाम अस्पतालका प्रमुख डा प्रभु शाहलाई बिहीबार सो सामग्री हस्तान्तरण गरेका हुन् ।

 

उनले इलाम अस्पतालका लागि २५ थान पिपिइ र १०० थान गगल्स वितरण गरेका हुन् । जिल्लामा कोरोनाविरुद्धको लडाइँका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गर्दै आएका उनले यसअघि समेत जिल्लाको सूर्योदय नगरपालिकालाई सामग्री हस्तान्तरण गरेका थिए । उनले गत भदौमा आफ्नो निर्वाचन क्षेत्रमा पर्ने स्थानीय तहलाई ८०० थान पिपिइ र एक हजार ५०० थान सेफ्टी गगल्स प्रदान गरेका थिए ।

 

कोरोनाविरुद्धको सुरक्षाका लागि उनी सक्रिय छन् । खनालले भर्खरै विश्वभर फैलिएको कोरोना महामारीबाट स्थानीयवासीलाई जोगिन सहज बनाउने उद्देश्यले सो सामग्री वितरण गरेको बताए । खनालले चाइना इन्टरनेशनल कम्युनिकेशनल सेन्टर चीनको सहयोगमा सो सामग्री वितरण गरेको बताइएको छ । लकडाउन खुले पनि कोरनाको त्रास समाजमा अझै छ । कोरोनाबाट बच्न र बचाउन नागरिकले सुरक्षित भएर काम गर्न पनि उनले आग्रह गरे ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत २ संक्रमितको मृत्यु

  • 3 minutes ago
बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत २ संक्रमितको मृत्यु

बुटवल । रुपन्देहीस्थित बुटवल कोरोना विशेष अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

दाङमा खुट्टा छिनिएको अवस्थामा ४५ वर्षीय पुरुष फेला

  • 11 minutes ago
दाङमा खुट्टा छिनिएको अवस्थामा ४५ वर्षीय पुरुष फेला

तल्सीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निवासी ४५ वर्षीय कुमार विक बाँया खुट्टा छिनिएको अवस्थामा फेला परेका छन् ।

भूकम्प पीडितलाई घर बनाउन लालपुर्जा दिइने

  • 1 hour ago
भूकम्प पीडितलाई घर बनाउन लालपुर्जा दिइने

दमौली । जग्गाधनी प्रमाणपुर्जा नभएका तनहुँका २७ भूकम्प पीडित घरधुरीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने भएको छ ।



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

जमराको जुसः यस्ता छन् विशेष फाइदाहरु

जमराको जुसः यस्ता छन् विशेष फाइदाहरु

काठमाडौं । पछिल्लो समय हामीले जौको जमरा एक चामत्कारिक औषधिको रुपमा प्रयोग गर्दै आएका छौं । चिकित्सकहरुका अनुसार जमराको जुस सेवन गर्नाले मानिसमा लागेका विभिन्न रोगहरु निको हुन्छ ।

विचित्र विश्व

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

एजेन्सी । भारतको अल्वर जिल्लामा एक जना सेल्सम्यानले ठेकदारसँग तलब माग्दा आफ्नो ज्यान नै गुमाउनु परेको खबर बाहिर आएको छ । मृतक सेल्सम्यानका परिवारले ठेकदारले उनको हत्या गरेको आरोप लगाएका छन् ।