जीतेन्द्र रसिकको ‘पब्लिक स्पिकिङ’ सार्वजनिक

काठमाडौँ । पत्रकार तथा साहित्यकार जीतेन्द्र रसिकको पत्रकारिता, उद्घोषण तथा तथा भाषण कलासम्बन्धी पुस्तक ‘पब्लिक स्पिकिङ’ सार्वजनिक भएको छ । ब्रदर बुक्सद्वारा आज आयोजित कार्यक्रमा पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य तथा पत्रकार ईश्वरीप्रसाद वाग्ले, प्रकाशक यज्ञराज न्यौपाने र बद्री अधिकारीले पुस्तक सार्वजनिक गरे । कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै प्रकाशन गृहमै पुस्तक सार्वजनिक गरिएको हो । 

 

पुस्तक पत्रकारिता सिक्न चाहने र उद्घोषण तथा भाषणकला सिक्न चाहने जो कोहीले उपयोगी रहेको पत्रकार वाग्लेले बताए । बीस वर्ष पत्रकारितामा काम गरिसकेका रसिकले आफ्नो अनुभव नयाँ पुस्ताका लागि उपयोगी हुने भएकाले रेडियो, टेलिभिजन, पत्रिका र अनलाइन पत्रकारितामा आउन चाहनेका लागि सरल भाषामा सिकाइ गर्न सकिने गरी पुस्तक लेखिएको बताए ।

 

लेखक रसिकले भने, “सञ्चारमा आउन चाहने वा घरैमा बसेर पनि बोल्ने कला र व्यक्तित्व विकासका लागि यो पुस्तकले सघाउनेछ ।” पुस्तकमा संक्षिप्तरूपमा विश्वकै र नेपालको आमसञ्चार र सञ्चारको इतिहासदेखि, रेडियो, टेलिभिजन, छापा पत्रकारिता अनलाइन, उद्घोषण (रेडियो उद्घोषण, टेलिभिजन उद्घोषण, औपचारिक वा कार्यक्रम उद्घोषण) र भाषणकलालगायतका विषय समेटेका छन् । यो कृति रसिकको दशौँ कृति हो । 

 

लेखक रसिकका गैर साहित्यका योसहित तीन कृति अलकापुरी भक्तपुर ‘सम्पदा नालीबेली –२०७५’ सर्वरत्न ‘पद्मरत्न तुलाधरको जीवनी–२०७६’ प्रकाशति छन् । त्यस्तै साहित्यतर्फ विभिन्न विधाका सात कृति हृदयस्पर्शी छाल ‘गजल सङ्ग्रह–२०६३’, तारापुञ्ज ‘फाँचल सङ्ग्रह–२०६५’, एलियनको पृथ्वी भ्रमण ‘बालकथा सङ्ग्रह–२०७२’, ‘काफिया गजल सङ्ग्रह–२०७३’, हावा फल्ने रुख ‘बालचित्र कथा–२०७३’, लज्जावती ‘उपन्यास–२०७३’ र एङ्गी बर्ड ‘अङ्ग्रेजी बालकथा सङ्ग्रह–२०७४’ प्रकाशित छन् ।

 


थप समाचार

८ लाख ९८ हजार रुपैयाँसहित बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रोकाया पक्राउ

  • 1 hour ago
८ लाख ९८ हजार रुपैयाँसहित बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रोकाया पक्राउ

आयोगको बुटवल कार्यालयबाट गएको टोलीले संरक्षण अधिकृत भट्टराई र रोकायाबाट रु तीन लाख ४८ हजार र विभिन्न मितिका बैंक भौचर, रु पाँच लाख ५० हजार गरी कूल रु आठ लाख ९८ हजारसहित सैनामैना नगरपालिका–१० रुपन्देही

मनिलामा मङ्गलबारदेखि पुनः लकडाउन

  • 1 hour ago
मनिलामा मङ्गलबारदेखि पुनः लकडाउन

एजेन्सी । फिलिपिन्सको राजधानी मनिलामा फेरि बन्दाबन्दी (लकडाउन) गर्ने घोषणा गरिएको छ ।

गृह मन्त्रालयका प्रवक्तामा बुढा

  • 1 hour ago
गृह मन्त्रालयका प्रवक्तामा बुढा

काठमाडौँ । गृह मन्त्रालयले नयाँ प्रवक्ताको जिम्मेवारी सहसचिव चक्रबहादुर बुढालाई दिइएको छ । गृह मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुखका रूपमा रहेका बुढालाई आज गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयको



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

कसरी बढाउन सकिन्छ प्रतिरोधात्मक क्षमता ?

कसरी बढाउन सकिन्छ प्रतिरोधात्मक क्षमता ?

काठमाडौं । प्रतिरोधात्मक क्षमता कम भएका मानिसले कागतीपानी र भिटामिन सीयुक्त खानेकुरा खाने गर्नुपर्छ । यसले इन्फेक्सन वा कोरोना भाइरस (कोभिड–१९) जस्ता फ्लुविरुद्ध लड्नका साथै प्रतिरोधात्मक क्षमता पनि राम्रो बनाउने गर्छ ।