झापामा साउन पहिलो साताभित्र रोपाइँ सकिने
- बुधबार, १५ आषाढ, २०७९
- 1 month ago
- नेपाल

झापा । धान खेतीका लागि उर्वरभूमि मानिने झापामा १८ प्रतिशत रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले समयमै वर्सात सुरु भए पनि किसानले मल नपाएका कारण हालसम्ममा १८ प्रतिशत मात्र रोपाइँ भएको बताए ।
झापामा यस वर्ष ८७ हजार ५०० हेक्टर क्षेत्रफलमा धान खेतीको तयारी छ । त्यसमा ८० प्रतिशत खेती आकाशे पानीको भरमा हुने गरेको छ ।
जिल्लामा नियमित सिँचाइका लागि कनकाई, निन्दा, टाङटिङ, पालिया, खुदुनाबारी, सिद्धिनहर, भुतेनी खोला लगायतका सिँचाइ आयोजना छन् । धान दिवसका अवसरमा केन्द्रले आज कमल गाउँपालिका–७ स्थित लखनपुर साना किसान सहकारी संस्थाको जमिनमा सामूहिक रोपाइँ कार्यक्रम गरिरहेको छ ।
“मल नपाए पनि किसानले अब धमाधम रोपाइँ गरिरहनुभएको छ, सायद साउन पहिलो हप्तासम्ममा जिल्लामा रोपाइँ सकिन्छ होला”, विष्टले भने ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
हल्कादेखि मध्यम वर्षाको सम्भावना
- 19 minutes ago

काठमाडौं । देशभर आज आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ
- 43 minutes ago

वीरगञ्ज । श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई शुक्रबार पक्राउ गरेको छ ।
महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता
- 1 hour ago

बैतडी । महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन् ।
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
मास्कको प्रयोग ओमिक्रोन विरुद्ध उपयोगी भएको अध्ययनको दावी

एजेन्सी । अष्ट्रेलियाका चिकित्सा अनुसन्धानकर्ताहरूले ओमिक्रोनको असर काम गर्न मास्कको प्रयोग अति उपयोगी भएको तथ्य पत्ता लगाएका छन् ।