कांग्रेस १४ औँ महाधिवेशन : झापा गाउँपालिकाको सभापतिमा सागीरथ

Norvic Hospital

झापा । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत झापा गाउँपालिकाको सभापतिमा सागीरथ गणेश सर्वसम्मत चयन भएका छन् । पन्ध्र पालिका रहेका जिल्लामा वडा समिति चयनसँगै पालिका सभापति चयन गर्नेमा सो गाउँपालिका पहिलो भएको हो । 

 

कांग्रेस जिल्ला सभापति उद्धव थापाका अनुसार गणेशलाई निर्विरोध सभापति भएको घोषणा गर्न मात्र बाँकी रहेको जानकारी दिए । “सर्वसम्मत सभापतिमा गणेशजीलाई चयन गरियो”, उनले भने, “ विधि र प्रक्रिया बाँकी छ । असोज ९ गते उहाँलाई आधिकारिक सभापति भएको घोषणा गर्छौं ।”

 

सो गाउँपालिकाको सबै सात वडामा यसअघि सर्वसम्मत वडा पदाधिकारी र क्षेत्रीय प्रतिनिधि चयन भइसकेको छ । आदिवासी मधेशी समुदायको बाहुल्य सो पालिकामा गणेशको नेतृत्वमा गाउँ कार्य समिति नै सर्वसम्मत भएको कांग्रेसका क्षेत्रीय सभापतिसमेत रहेको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए ।

 

गणेशका नेतृत्वमा चयन भएको गाउँ कार्य समितिको उपसभापतिमा सकिचन ठाकुर र सुमन प्याकुरेल, सचिवमा सञ्जय गणेश र प्रताप विश्वकर्मा र सहसचिवमा सफिउल्ला अन्सारी छन् । पार्टीका जिल्ला सभापति थापाले अन्य पालिकाले नेतृत्व चयनका लागि झापा गाउँपालिकाबाट शिक्षा लिनुपर्ने बताए। गाउँ सभापति सर्वसम्मत भएको उनी यसअघि क्षेत्रीय सदस्य रहेका थिए । पालिकामा २५६ क्रियाशील सदस्य छन् । 

 

जिल्लामा १५ पालिका छन् । अन्य पालिकामा गाउँ तथा नगर सभापतिका लागि हरेक पालिकामा तीनभन्दा बढी आकांक्षीले उम्मेदवारी घोषणा गर्दै मत मागिरहेका छन् ।  झापा गाउँपालिकामा वडा तहको निर्वाचनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि तथा वडाका सभापतिको संयुक्त भेलामा गाउँ सभापति पदमा गणेशको एक मात्र नाम आएको थियो । 

 

“उहाँ जुझारु, इमान्दार र सबैका प्रिय नेता हुनुहुन्छ”, गाउँपालिकाका अध्यक्ष साहले सर्वसम्मत चयनका बारेमा भने, “सबै क्षेत्रीय प्रतिनिधि र अरु साथीहरुले उहाँलाई सर्वसम्मत सभापति बनाउने विषयमा निर्णय नै गरिसक्नुभयो ।” पार्टीको निर्वाचन कार्यतालिका अनुसार नगर तथा गाउँको अधिवेशन यही असोज ९ गते हुँदैछ । झापा गाउँपालिकाको सभापतिसहित कार्य समितिका सबै पदमा सर्वसम्मत उम्मेदवारी दर्ता गरेर निर्विरोध निर्वाचित गराउने स्थानीय पार्टी कार्यकर्ताको सहमति भएको छ ।

 

सर्वसम्मत गाउँ सभापति चयन भएका गणेशले २०४६ सालदेखि पार्टीमा क्रियाशील भएको र २०४८ सालमा क्रियाशील सदस्यता पाएको बताए । उनले आफू कुनै गुटमा नलागेको जनाउँदै आम कार्यकर्ताले सर्वसम्मत गाउँ कार्य समिति चयन गरेर पार्टी एकढिक्का भएर सहमतिमा अघि बढेको सन्देश दिन चाहेको बताए । 

 

झापा गाउँपालिकाबाट उत्साहित जिल्लास्तरीय नेताहरु अन्य नगर तथा गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन गर्न सकिन्छ कि भनेर दौडधुप गरिरहेका छन् ।

 

जिल्लामा १३१ वडामा एक जना पनि महिला सभापति पार्टीले निर्वाचित गराउन सकेन । हालसम्म गाउँ तथा नगरस्तरमा समेत पुरुषले आकांक्षा देखाइरहँदा एकजना महिलाले पनि सभापतिमा दाबी गरेको देखिँदैन । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बेलायतका नौसेना प्रमुख एडमिरल र भारतीय समकक्षी बीच भेटवार्ता

  • 5 hours ago
बेलायतका नौसेना प्रमुख एडमिरल र भारतीय समकक्षी बीच भेटवार्ता

लण्डन । बेलायतका नौसेना प्रमुख एडमिरल सर टोनी राडाकिन र भारतीय नौसेना प्रमुख एडमिरल करमबीर सिंह बीच शुक्रवार दिल्लीमा भेटवार्ता भएको छ।

विकास मेराग्लिया च्यासलमा आवद्ध

  • 5 hours ago
विकास मेराग्लिया च्यासलमा आवद्ध

काठमाडौँ । इटालीमा फुटबल खेल्दै आएका विकास मेराग्लिया ए डिभिजन क्लब च्यासल युथ क्लबमा आवद्ध भएका छन्। नेपाली मूलका विकासलाई च्यासलले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै आबद्ध गरेको हो।

Foreign video clips circulating on TikTok as Nepal floods

  • 5 hours ago
Foreign video clips circulating on TikTok as Nepal floods

With the video-sharing app TikTok hitting 1 billion monthly active users globally, misuse of the platform to spread lies and misinformation has also increased. After freak rains earlier this week wrea



पर्यटन

डोल्पाको धो बस्ती शिरमा हिमाल

डोल्पाको धो बस्ती शिरमा हिमाल

जाजरकोट । लगातार बेमौसमी पानी परेर रोकिएपछि खुलेको मौसमसँगै डोल्पो बुद्ध गाउँपालिका डोल्पाको धो बस्तीका साथ शिरमा हिउँले सेताम्य भएको हिमाल।

जीवनशैली

शरीरमा पानीको मात्रा कम भएको कसरी थाहा पाउने ?

शरीरमा पानीको मात्रा कम भएको कसरी थाहा पाउने ?

एजेन्सी । शरीरमा पानीको मात्रा कम हुनुको असर शरीरिक रुपबाट मात्र नभई मानसिक रुपमा पनि पर्छ । जर्नल अफ न्युट्रिसन मा प्रकाशित एक अध्ययनका अनुसार शरीरमा पानीको मात्रा कम हुँदा मानिस झोक्किने, रिसाउने, अल्छि हुँने, काममा केन्द्रीत हुन नसक्ने र दुखी रहने गरेको पाइयो ।