गण्डकी प्रदेशः जसपा अब के गर्छ ?

कास्की । लामो समय बितिसक्दा पनि गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छैन । मन्त्रीपरिषद् विस्तारका लागि सहमति जुटाउन अनेकौँ प्रयासहरु भइराख्दै आइरहेका छन् । तर, हालसम्म पनि सहमति जुट्न सकेको छैन । 

 

लामो समय सरकारले पुर्णता नपउँदा चौतर्फी आलोचना खेपिरहेको काँग्रेस नेतृत्वले अब भने जसरी पनि सरकार विस्तार गरेरै छोड्ने निष्कर्ष निकालेको छ । 

 

जसपालाई एक मन्त्रालय मात्र दिएर सरकारलाई पूर्णता दिने योजनामा काँग्रेसले तयारी थालेको बताइएको छ  । 

 

काँग्रेसले सरकार निर्माण गर्दा जसपासँग अर्थ सहित दुई मन्त्रालयमा सहमति गरेको थियो । तर, पछि सहमति कार्यान्वयन गर्न चुकेपछि  उर्जा मन्त्रालयको जिम्मा दिएको थियो । 

 

उर्जा मन्त्रालय र कृषि मन्त्रालय दिने गरि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जसपाका प्रदेश नेताहरुसँग सहमति गरेका थिए ।

 

जसपालाई उर्जा मन्त्रालयमात्र दिने रणनीतिमा काँग्रेस पुगेको छ । त्यस्तै जसपाकी अर्की सांसद धनमाया तामाङलाई मन्त्री नबनाउने लगभग पक्का भएको स्रोतको दाबी छ । 

 

जसपाले भने चेतावनी दिदैँ यो पटक पनि काँग्रेसले सहमति कार्यान्वयन नगरे सरकारबाट बाहिरिने धुर्की देखाएको छ । 

 

जसपा सरकारबाट बाहिरिने बित्तिकै काँग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारले बहुमत गुमाउने देखिन्छ ।

 

अब कांग्रेसलाई २ विकल्प छ–एउटा मन्त्रालय फुटाउने, अर्को जसपासँगको सम्झौता तोड्ने । जसपा सांसद धनमाया लामा पोखरेल सुरुदेखि नै आफूले मन्त्री पाउनुपर्ने अडानमा छिन् । केन्द्रीय समीकरण अनुसार गण्डकीमा जसपाले अब अर्को मन्त्रालय नपाउने पक्का जस्तै छ । 

 


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण

  • 13 minutes ago
काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण

काठमाडौँ । काठमाडौं उपत्यकामा थप १२७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसपाको आधिकारिकताको निर्णयविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

  • 45 minutes ago
जसपाको आधिकारिकताको निर्णयविरुद्ध सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकताको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई साउन ११ गते पार्टीको आधिकारि

बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी

  • 1 hour ago
बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी छ । क्रियाशील सदस्यता सम्बन्धी विवाद मिलाउनको लागि शीर्ष नेताहरुको



पर्यटन

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

साहसिक पर्यटक पर्खंदै अग्लो बन्जी पुल

गलकोट । कोभिड–१९ को दोस्रो लहरअघि दैनिक १०० को हाराहारीमा बन्जी गर्न पर्यटक पुग्ने कुश्मा–बागलङको बन्जी पुल कोरोनाका कारण पुनः बन्द भएको थियो । अहिले स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ ।

जीवनशैली

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

यस्तो रहेको छ तपाईको बुधबारको भाग्य– साउन २० गते

आज मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर यात्रा सफल र भेटाघटको बनेको छ ।