जसपा दुई खेमामा

काठमाडौं । जनता समाजवादी पार्टीका सांसदहरु दुई खेमामा विभाजित भएका छन् । 

 

जसपाका अध्यक्ष उपेन्द्र यादव समुहका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभामा पेस गरेको  विश्वासको मतको विपक्षमा मतदान गरेका छन् भने अर्का अध्यक्ष महन्थ ठाकुर समुहका सांसहरु तटस्थ बसेका छन् ।

 

विश्वासको प्रस्तावमाथिको छलफलको क्रममा जसपाका अध्यक्ष ठाकुरले आफ्ना माग सम्बोधन गरेकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिदै सबै मुुद्दा फिर्ता लिईदिन माग गरेका थिए । उनले संविधानमा सुधार गर्नुपर्ने आवश्यकता रहेको भन्दै आफुले संविधान संसोधनको मागलाई नछोडेको बताए । 

 

उहाँले प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावको पक्ष वा विपक्षमा नरहेको भन्दै तटस्थ बस्ने संकेत गरेका थिए ।

 

यता अर्को अध्यक्ष उपेन्द्र महतो भने वर्तमान सरकारको कार्यशैली विरुद्ध कडा ढंगमा प्रस्तुत भएका थिए । उनले मधेस र मधेसी जनता विरोधी प्रधानमन्त्री ओली पछिल्लो समय केही मधेशीलाई फकाउने काममा लागेको टिप्पणी गरे ।

 

मधेस आन्दोलनमा मानिसहरु मारिदाँ प्रधानमन्त्रीले दुईचार वटा आअँप झरेको टिप्पणी गरेको भन्दै प्रश्न गरे “त्यो बेला उहाँ(प्रधानमन्त्री केपी शर्मा ओली) को अभिव्यक्ति के थियो ? दुई चार वटा आँप झरेको हो । अहिले त्यही आँप खुवाउनुहुन्छ मधेशीहरुलाई ?”

 

एउटै पार्टीका अर्का अध्यक्ष ठाकुर विश्वासको प्रस्तावमा तटस्थ बस्ने धारणा राखेका थिए भने यादवले भने विपक्षमा उभिए बताएका थिए ।

 

उहाँले भन्नुभयो “संसद असंवैधानिक तरिकाले विघटन गरिदिनुभयो । जनता सडकमा आए । सर्वोच्चले पुनस्थापित गरिदियो । जुन संसदमा विश्वास छैन । कसरी मत दिने ?”


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

महानगरको नीति तथा कार्यक्रम पारित

  • 5 hours ago
महानगरको नीति तथा कार्यक्रम पारित

काठमाडौं । काठमाडौँ महानगरपालिकाको नवौँ नगरसभाबाट आगामी आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।

महाकालीमा खतराको सङ्केत

  • 5 hours ago
महाकालीमा खतराको सङ्केत

दार्चुला । लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको स्तरले खतराको सङ्केत पार गरेको छ । डडेल्धुरा परशुराम धाममा रहेको परशुधाम गेज स्टेशनका अनुसार महाकाली नदीको जलस्तर सात मिटर रहेको छ ।

१३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्योः नेता सिंह

  • 5 hours ago
१३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्योः नेता सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १३ औँ महाधिवेशनपछि कांग्रेस निकै कमजोर बनेको बताएका छन् । लोकतन्त्रका लागि हाम्रो अभियानले आज यहाँ आयोजना गरेको बागमती प्रदेशस्तरीय ‘नेपाली



पर्यटन

अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना

अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना

अर्घाखाँची । चौबिसे राज्यअन्तर्गत पर्ने अर्घा राज्य र खाँची राज्य मिलेर अर्घाखाँची जिल्ला बनेको हो । नेपाल एकीकरणको समयमा दुवै राज्य पाल्पासँगै नेपाल राज्यमा मिलेको इतिहास छ ।

जीवनशैली

मुटु स्वस्थ राख्ने ८ तरिका

मुटु स्वस्थ राख्ने ८ तरिका

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

यो हो विश्वकै सबैभन्दा डरलाग्दो पुल

यो हो विश्वकै सबैभन्दा डरलाग्दो पुल

एजेन्सी । विश्वमा केही यस्ता डरलाग्दा मानवनिर्मित कुराहरु रहेका छन् जो पर्यटकका लागि निकै आकर्षकको केन्द्र बन्दै आइरहेका छन् । चीनमा पनि यस्तै एउटा पुल रहेको छ जसलाई हेर्न वार्षिक हजारौँ पर्यटकहरु जाने गरेका छन् ।