जसपाको विज्ञप्तिप्रति प्रधानमन्त्रीको सचिवालयको आपत्ति

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले  जनता समाजवादी पार्टी नेपालले जारी गरेको विज्ञप्तिमा आपत्ति जनाएको छ ।

 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् । उनले जनता समाजवादीको विज्ञप्तिको एक अंशप्रति गम्भीर आपत्ति भएको जनाएका छन् ।

 

यस्तो छ विज्ञप्ति

‘जनता समाजवादी पार्टी नेपाल’ले हालै जारी गरेको विज्ञप्तिको एक अंशप्रति गंभीर ध्यानाकर्षण भएको छ । सम्माननीय प्रधानमन्त्रीप्रति लक्षित विज्ञप्तिमा रहेको अशिष्ट र पूर्वाग्रही टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक छ ।

 

पटकपटक राज्यका जिम्मेवार तहमा रहिसकेका र प्रधानमन्त्रीको समेत ज़िम्मेदारी सम्हालिसकेका, अझ आफूलाई सुशिक्षित भनेर चिनाउन रूचाउनेहरू संलग्न दलबाट यस स्तरको तरिका खासमा कुण्ठाग्रस्त गालीगलोज मात्र हो र सोचको दिवालियापन नै हो ।

 

राजनीतिमा विवाद, मतभेद र असहमतिहरू हुन्छन्, जसलाई स्वाभाविक नै मानिन्छ । त्यसै आधारमा यस स्तरको अपसंस्कारको प्रदर्शनबाट कहाँ पुगिन्छ रु सम्बन्धित व्यक्ति र पक्षहरूले नै हेक्का राख्नु श्रेयष्कर होला ।

 

सिद्धान्त, नीति र कार्यक्रममा बहस गर्न नसक्ने निरूपाय व्यक्तिहरू नै आफ्नो स्वार्थका रोटी सेक्न नपाउँदा ऑंखा चिम्लेर अँध्यारो देख्छन् र उज्यालोको भर्त्सनामा जुट्छन् ।

 

जहाँसम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई आलोचना, विरोध र गालीगलोज गरिएको सन्दर्भ हो, यो कुनै नौलो कुरा होइन । आफ्नो निहीत स्वार्थ पूरा गर्न उहाँलाई बाधक देख्नेहरूले विगत छ दशकयता यसो गर्दै आएको तथ्य स्पष्ट नै छ । त्यस्ता तत्वहरू इतिहासको गर्तमा सीमित भइसकेका छन् । अरूबाट निर्देशित कदम, गलत नीति, विचार र व्यवहारले कोही कसैलाई सफलता हासिल हुँदैन भन्ने जगजाहेर छ ।

 

शीशाको घरमा बसेर ढुंगा हान्नेहरू आफै असुरक्षित र पतन हुनु अनिवार्य छ ।

 

 

जागृति, चेतना, संस्कार र सदाचारका मानकहरू सम्बन्धित व्यक्तिअनुरूप नै व्यवहारमा अभ्यास गरिने र भिन्नाभिन्नै हुने यथार्थ हरेक समाजका सचेत व्यक्तिलाई अवगत नै रहिआएको छ । तसर्थस् जसपाको औपचारिक विज्ञप्तिमा प्रमप्रति प्रयोग गरिएको भाषा निन्दनीय रहेको तर्फ सम्बन्धित सबैलाई स्पष्ट गर्दछु ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मलेसियामा नेपाली अपहरण गरी फिरौती माग्ने श्रेष्ठ महाराजगन्जबाट समातिए

  • 10 minutes ago
मलेसियामा नेपाली अपहरण गरी फिरौती माग्ने श्रेष्ठ महाराजगन्जबाट समातिए

काठमाडौँ । मलेसियामा नेपालीलाई अपहरण गरी फिरौती उठाउने व्यक्ति काठमाडौँबाट पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति मोरङका दुर्गाबहादुर श्रेष्ठ उर्फ डेबिड हरेका छन् । उनलाई मंगलबार काठमाडौँको मह

कक्षा १२ को परीक्षाः विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषद्मा

  • 11 minutes ago
कक्षा १२ को परीक्षाः विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषद्मा

काठमाडौँ । कोभिड– १९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ ।

पोखरामा भर्खर जन्मिएका २० घण्टाको नवजात शिशुलाई पनि कोरोना संक्रमण

  • 16 minutes ago
पोखरामा भर्खर जन्मिएका २० घण्टाको नवजात शिशुलाई पनि कोरोना संक्रमण

पोखरा । पोखरामा थप ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



पर्यटन

हुडिकोट

हुडिकोट

पोखरा । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित हुडिकोट हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ ।

जीवनशैली

के तपाईलाई पानी पिउन आउँछ ?

के तपाईलाई पानी पिउन आउँछ ?

एजेन्सी । हाम्रो शरीरलाई आवश्यक पानी पुगेन भने विभिन्न रोग लाग्न सक्छ । पानीको कमीले शरीरभित्र मात्र होइन, शरीरबाहिर छालामा पनि नकारात्मक असरहरू देखा पर्न सक्छन् । कहिले धेरै, कहिले थोरै पानी खानु हुँदैन । खानेकुरा र पानीको मात्रा मिलाएर मात्रै सेवन गर्न जरुरी छ ।