नेपाली युवा एन एस डब्लु प्रिमियर अवार्डबाट सम्मानित

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
Mr Greg Warren MP, Member for Campbelltown presenting award to Jasaman Sethi

सिड्नी । दक्षिण पश्चिम सिड्नी क्याम्बलटाउन क्षेत्रको सामुदायिक सेवामा सक्रिय जसमान सेठी न्यु साउथ वेल्स प्रिमियर अवार्डबाट सम्मानित भएका छन् । गएको हप्ता क्याम्बलटाउन क्षेत्रका संसद ग्रेग वारेनले सेठीलाई प्रिमियर अवार्ड फर कम्युनिटी सर्भिसेज प्रदान गरेका हुन् ।

 

स्थानिय लायन्स क्लव मार्फत नेपाली र मूलप्रभावहको अस्ट्रलियन समुदायमा पुर्याएको योगदानको कदर गर्दै सेठीलाई उक्त अवार्ड प्रदान गरिएको हो । सेठी सन् २०१० देखि सिड्नी नेपाल हिमालय क्लवमा संलग्न भएर स्थानिय समुदायको हितमा काम गर्दै आएका छन् । 

 

सेठीले भिक्टोरिया बुसफायर र क्वीन्सल्याण्ड बाढी पिडितलाई सहयोग गर्न महत्वपूर्ण भुमिका निभएका थिए । यस्तौ नेपालमा गएको बिनासकारी भूकम्प पिडितलाई रकम जुटाउनको लागि विभिन्न कार्यक्रमको आयोजना गरेका थिए । यस्तै सेठीले स्थानिय अस्ट्रेलियन समुदायसँग मिलेर "क्लिन अप अस्ट्रेलिया”  डे को अवसरमा स्थानिय पार्कको सरसफाईको आयोजना समेत  गर्दै अएका छन् । उनले क्यान्सर काउन्सीलको लागि समेत फण्ड जुटाउन नियमित अर्थ संकलन गर्ने गरेका छन् ।

 

नेपालीपत्रसँग कुरा गर्दै सेठीले भने, "यो सम्मानले आफुलाई समुदायको सेवामा लाग्न थप प्रेरणा मिलेको छ ।  यो सम्मान पाउनमा लायन्स क्लवको सवै पदाधिकारी, तथा समुदायका पक्षको उतीकै साथ र सहयोग रहेको  छ ।”  केही समय अघि उनी लायन्स क्लवबाट पनि पुरस्कृत भएका थिए ।

 

नेपालमा काठमाण्डौ मूल घर भएका सेठी १४ बर्षअधि अस्ट्रेलिया अाएका थिए । उनी अहिले क्याम्बलटाउन क्षेत्रको लुमियामा बस्छन् । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कालीगण्डकी नदीले बगाउँदा वृद्ध बेपत्ता

  • 49 minutes ago
कालीगण्डकी नदीले बगाउँदा वृद्ध बेपत्ता

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ बेणी सङ्गमस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा शुक्रबार एक वृद्धलाई बगाउँदा बेपत्ता भएका छन् ।

हल्कादेखि मध्यम वर्षाको सम्भावना

  • 1 hour ago
हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । देशभर आज आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ

  • 1 hour ago
श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ

वीरगञ्ज । श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई शुक्रबार पक्राउ गरेको छ ।



पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।