जगदम्बा अटो ग्रुपलाई जरिवाना

Norvic Hospital

काठमाडौँ । कम राजस्व तिरेको पुष्टि भएपछि जगदम्बा अटो गु्रप प्राइभेट लिमिटेडलाई वीरगञ्ज भन्सार कार्यालयले कारबाहीस्वरूप जरिवाना गरेको छ । काठमाडौँ सुविधानगरस्थित जगदम्बा अटो गु्रप प्राइभेट लिमिटेडले भारतबाट तीन चक्के टेम्पोका सामान आयातमा कम राजस्व तिरेको पुष्टि भएपछि थप रु १३ लाख ८० हजार जरिवाना गरिएको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले राससलाई जानकारी दिए । भारतको चेन्नईस्थित टिभिएस कम्पनीबाट जगदम्बाले आयात गर्ने गरेको तीन चक्के टेम्पोको पार्ट्स भनेर एकीकृत जाँच चौकी वीरगञ्जबाट भन्सार जाँच पास गराई चेसिस र इञ्जिनसहितको टेम्पोका विविध सामग्री एक साताअघि आयात गर्न लागेको थियो । 

 

छड्के जाँचका क्रममा अनुसन्धानको दायरामा आएको उक्त सामग्रीबारे थप अनुसन्धान गरी कम्पनीले माग गरेबमोजिमको छुट रकम पाइने नदेखिएकाले उक्त सामग्री पूर्णरूपमा खोलखाल नभएको देखिएकाले कारबाहीस्वरूप छुट रकम लिएर जरिवाना गरिएको प्रमुख भन्सार प्रशासक विश्वप्रसाद अर्यालले जानकारी दिए । 

 

भारतबाट सवारी साधनको इञ्जिन, चेसिससहितको सवारी साधान आयात गर्दा ३० प्रतिशत भन्सार, ५५ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत भ्याट लाग्ने गरेको अवस्थामा पार्ट्स भनेर आयात गर्दा अन्तःशुल्कमा ५० प्रतिशत नेपाल सरकारले छुट दिने प्रावधानअनुसार कम्पनीले उक्त छुट लिन खोजेको थियो  । 

 

यद्यपि यसबारे पुनः छड्के परीक्षण गरी अनुसन्धानपश्चात् उक्त सामग्री पूर्णरूपमा खोलखाल नगरेको पाइएकाले नियमानुसार छुट असुलस्वरूप रु १३ लाख ८० हजार थप रकम लिइएको कार्यालयले जनाएको छ । भारतबाट पार्ट्स आयात गर्नका लागि नेपालस्थित उद्योग दर्ता हुनुपर्नेमा जगदम्बा अटो ग्रुप बाराको सिमरास्थित आफ्नो शाखा स्थापना गरी उद्योग दर्ता गराएको छ । 

 

उद्योगले भारतबाट गाडीको सम्पूर्ण पार्ट्स अलगअलग आयात गरी यहाँ एसेम्बलिङ (तयारी) गर्नुपर्नेमा बाहिरी भागका केही सामान खोलेर पार्ट्स मात्रै आयात गर्ने गरेको भनेर भन्सार जाँचपास गराई इञ्जिन, चेसिससहितको टेम्पो आयात गर्ने गरेको थियो । सवारी साधनको पार्ट्स आयात गर्दा सि।के।डि। भनेर भन्सार जाँच पास हुने गरेको थियो । एक साताअघि जगदम्बा गुप्रले सि।के।डि। भनेर  रु ३४ लाख ५७ हजार १४१ बराबरको सवारी साधनको पार्ट्स भनेर भन्सार जाँच पास गराई रु ३० लाख १५ हजार ९९६ राजस्व बुझाएको भए पनि कार्यालयले गरेको निर्णयानुसार कारबाहीस्वरूप जरिवानावापत रु थप १३ लाख ८० हजार जगदम्बाले  बुझाएको कार्यालयले जनाएको छ । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

साफ फाइनलः नेपाललाई ३-० गोलले हराउँदै भारत च्याम्पियन

  • 6 hours ago
साफ फाइनलः नेपाललाई ३-० गोलले हराउँदै भारत च्याम्पियन

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । शनिबार राति भएको फाइनल खेलमा नेपाललाई ३-० गोलले हराउँदै भारत आठौं पटक च्याम्पियन बनेको हो ।

साफ फाइनलः नेपालविरुद्ध भारत २-० ले अगाडी

  • 7 hours ago
साफ फाइनलः नेपालविरुद्ध भारत २-० ले अगाडी

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् ।

साफ च्याम्पियनसिप फाइनलः पहिलो हाफ बराबरीमा सकियो

  • 7 hours ago
साफ च्याम्पियनसिप फाइनलः पहिलो हाफ बराबरीमा सकियो

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् ।



पर्यटन

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

मालदिभ्समा यसवर्ष नौ लाख पर्यटक पुगे

एजेन्सी । कोभिड १९ को सङ्क्रमणका कारण विगतको समयमा पर्यटकहरुको आगमन रोकिएको मालदिभ्समा यस वर्ष भने ९ लाख भन्दा बढी पर्यटक आएका छन् ।यहाँको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार यस वर्ष मालदिभ्समा नौ लाख ५ हजार पर्यटक आएका छन् । सो मन्त्रालयले अघिल्लो वर्ष सन् २०२० को यो अवधिको भन्दा १२२ प्रतिशतले बढी पर्यटक मालदिभ्स भित्रिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यहाँ पर्यटक नै आएका थिएनन् ।

जीवनशैली

स्वादिलो भुटन कसरी बनाउने ?

स्वादिलो भुटन कसरी बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।