शक्तिशाली भूकम्पका कारण जापानमा ३० जनाको मृत्यु
- शनिबार, २३ भदौ, २०७५
- 2 years ago
- अन्तर्राष्ट्रिय

टोकियो । जापानमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या शनिबार सम्ममा ३० पुगेको छ ।
भूकम्पबाट प्रभावित दशौँ हजारलाई उद्धार गरिएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।
मृत्यु भएकामध्ये अधिकांश अत्सुमाका रहेका छन् । भूकम्पमा परी झण्डै चार सय जना सामन्य घाइते भएको उत्तरी होक्काइदोका स्थानीय अधिकारीले बताएका छन् ।
“हाम्रो यहाँ अहिलेसम्म बहिरो गएको थिएन,” आफ्नो भाइ गुमाएका अत्सुमाका अकिरा मत्सुशीताले भन्नुभयो ।
उनले थपे, “मैले आफ्नै आखाँले जे देखेँ, त्यो अहिले पनि विश्वास गर्न सकिरहेको छैन, त्यो देख्दा एक जना पनि जीवित रहन सक्छ जस्तो लागेको थिएन ।”
गत बिहीबार ६।६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको उत्तरी जापानको होक्काइदो द्वीप वरपर गत साता शक्तिशाली आँधी पनि आएको थियो । त्यस आँधीले पनि जनधनको ठूलो क्षति भएको थियो ।
भूकम्पबाट दर्जनौँ घर ध्वस्त भएका र अरू धेरै घरमा आंशिक क्षति पुगेको बताइएको छ । भूकम्प प्रभावित इलाकाका स्थानीय बासिन्दालाई राहात उपलब्ध गराइएको छ । बढी प्रभावित केही व्यक्तिलाई हेलिकोप्टरबाट समेत उद्धार गरिएको छ ।
सो द्वीपमा उद्वारका लागि करीब २० हजार उद्धारकर्ता परिचालित भएका सरकारका प्रवक्ता योसिहिदे सुगाले बताएका छन् । उद्धारकार्यमा हजाराँैको सङ्ख्यामा सैनिक पनि परिचालन गरिएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, संकट जन्माउँछ !
- 1 hour ago

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत
जान्नुहोस् कुन समयमा निन्द्रा खुल्नुको अर्थ के हुन्छ ?
- 1 hour ago

एजेन्सी । के तपाई राति सुतेपछि हरेक दिन एउटै समयमा ब्युझिने गर्नुहुन्छ रु चाइनिज मान्यता अनुसार यो कुनै अदृश्य शक्तिको इशारा हुनसक्छ । वा कुनै शक्तिको प्रभाव हुनसक्छ ।
भाग्य रेखा : हत्केलाका कुन रेखाले के जनाउँछ ?
- 2 hours ago

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन
पर्यटन
फेवातालको क्षेत्रफलः पहिले २२ हजार रोपनी, अहिले ११ हजार २५५ रोपनी

पोखरा । पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ । सिमाना र क्षेत्रफल यकिन गरी दिगो संरक्षण गर्ने उद्देश्यले सरकारले गठन गरेको फेवातालको चार किल्ला निर्धारण तथा सीमाङ्कन समितिले अध्ययन अनुसन्धानबाट तालको क्षेत्रफल पाँच दशमवल ७२६ वर्गकिलोमिटर अर्थात् ११ हजार २५५ रोपनी ११ आना एक पैसा कायम गरेको हो ।
जीवनशैली
आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ ।
विचित्र विश्व
भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, संकट जन्माउँछ !

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।