जापानमा किन धेरै मानिसहरु गर्छन् आत्महत्या ?
- बुधबार, १७ मंसिर, २०७७
- 2 months ago
- अन्तर्राष्ट्रिय
- विचित्र विश्व

एजेन्सी । जापानमा मानिसहरु आत्महत्याका कारण मरिरहेका छन् । अक्टोबरमा प्रकाशित एक रिपोर्टका अनुसार जापानमा आत्महत्या गरेर २१५३ जनाले ज्यान गुमाएका थिए । त्यस्तै अक्टोबरमा प्रकाशित अर्को रिपोर्ट अनुसार कोरोनाका कारण २०८७ जनाले ज्यान गुमाए ।
बितेको एक वर्षमा कोरोनाबाटभन्दा पनि आत्महत्याबाट धेरैले ज्यान गुमाएका छन् ।
जापान ह्याप्पी प्लानेट इन्डेक्समा ५८ औँ स्थानमा रहेको छ । तर, आत्महत्याका कारण ठुलो सामाजिक समस्या देखिएको अधिकारीहरुले जनाएका छन् ।
आखिर जापानमा धेरैभन्दा धेरै मानिसहरु किन आत्महत्या गर्छन् ।
जापानमा गएको वर्ष २५ हजार मानिसले आत्महत्या गरेका थिए । रिपोर्टका अनुसार प्रत्येक दिन ७० जनाले आत्महत्या गरेका थिए । यसमा ज्यादादर पुरुष रहेका छन् । कुनै पनि विकसित देशका लागि यो सबैभन्दा ठुलो समस्या रहेको अधिकारीहरुले जनाएका छन् । विकसित देशमा सबैभन्दा बढी आत्महत्या गर्नेमा दक्षिण कोरिया अगाडि रहेको छ ।
बिबिसीको एक रिपोर्ट अनुसार हालै जापानमा एक ७१ वर्षिय वृद्धले बुलेट ट्रेनभित्र आफुलाई आगो लगाएर आत्महत्या गरेका थिए । उनले यात्राका क्रममा बाँकी यात्रुहरुसँग दुरी बनाउन खोजेका थिए । तर, उनको आग्रह अन्य यात्रुले मानेनन् । उनी दुखी भए । आँखाभरी आँशु भरिएको थियो । उक्त घटना प्रत्यक्ष रुपमा देखेका अनुसार ती व्यक्ति अत्यन्त दुखी थिए । उनी एल्मुनियमको केन जम्मा गरेर आफ्नो रोजीरोटी कमाउँदै आइरहेका थिए ।
जापान टुडेको एक रिपोर्ट अनुसार आत्महत्या जापानका लागि सबैभन्दा ठुलो सामाजिक मुद्दा बनेको छ । २२ वर्षिय एक युवक अनलाइन एबिउजको शिकार भएका थिए । उनले पछि आत्महत्या गरेका थिए । इन्टरनेटमार्फत भएको शोषणका कारण जापानमा उच्च आत्महत्या हुँदै आएको रिपोर्टमा उल्लेख छ ।
टोक्योको टेपल विश्वविद्यालयका एक मनोचिकित्सकहरुका अनुसार जापानमा आत्महत्याको प्रमुख कारण आइसोलेशनमा आफुलाई राख्नु हो । आफुलाई एक्लो राख्ने प्रवृत्तिका कारण पनि आत्महत्या बढेको अध्ययनले जनाएको छ । प्राय बजुर्ग व्यक्तिहरुले यस्तो हर्कत गर्दै आइरहेका छन् । आफ्ना सन्तानहरुले छोडेका कारण पनि उनीहरु दुखित हुने र आत्महत्या गर्ने निर्णय लिने गरेको अध्ययनले देखाएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
अझै निश्चित छैन रेल सञ्चालन
- 4 minutes ago

काठमाडौ । पाँच महिनाअघि भारतबाट ल्याएको रेल सञ्चालनमा अझै अनिश्चितता बढेको छ । जनकपुर–जयनगर रेलमार्गमा रेल सञ्चालन गर्न जनशक्ति, संरचना तथा कानुन अभाव तथा अन्तरदेशीय अनुमतिसम्मका विषय टुंगो लगाउन बाँक
बहुमतको बिजोगः नयाँ सरकार गठनमा अल्झन
- 8 minutes ago

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनाको फैसलासँगै नेकपाको दाहाल–नेपाल पक्ष नयाँ सत्ता समीकरणका लागि विपक्षी दलको समर्थन जुटाउन दौडधुपमा छ। तर, विपक्षी दल प्रश्न गर्दै छन्, ‘तपाईंहरुको पार्टी कुन हो ?’
नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न
- 15 minutes ago

बैतडी । नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठक बिहीबार सम्पन्न भएको छ । बैठक भारतको झुलाघाटमा सम्पन्न भएको हो ।
पर्यटन
नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।
जीवनशैली
७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।
विचित्र विश्व
यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।