धेरैलाई रोचक लाग्ने जापानीजहरुको खानपान शैली

एजेन्सी । पश्चिमा क्षेत्रमा जापानीहरु कहिल्यै मोटाउँदैनन् भन्ने एउटा भ्रम छ । यो साँचो त होइन, तर जापानीहरु लामो समय बाँच्ने र सुन्दरताका लागि भने परिचित छन् ।

 

जापानीहरुको औसत आयु ८४ वर्ष छ । यसमा उनीहरुको संस्कार र सभ्यता मात्रै होइन खानपानको शैलीको पनि ठूलो भूमिका छ ।

 

जापानी महिलाहरु स्लिम र सुन्दर देखिन सहयोग गर्ने केही बानी र संस्कारबारे बताउने प्रयास गरिएको छ ।

 

खाने संस्कार

जापानीहरुको खाना खाने संस्कार कुनै समारोहभन्दा कम हुँदैन । खाना खानुअघि उनीहरु ताली बजाउँछन् र टाउको झुकाएर भोजनप्रति कृतज्ञता व्यक्त गर्छन् ।

 

ब्रेकफाष्ट

जापानीहरुको ब्रेकफाष्टमा दिनकै सबैभन्दा धेरै खाना खान्छन् । पारम्परिक जापानी ब्रेकफाष्टमा स्टिम्ड राइस, चिया, तरकारी, मिसो सुप, प्रोटिन (अण्डा वा माछा) र विविध किसिमका साइड डिसहरु हुन्छ ।

 

बाइट साइज

एउटा मात्रै खाना धेरै खानुभन्दा भन्दा पनि उनीहरु विभिन्न परिकारहरु थोरै थोरै मात्रामा खाने गर्दछन् । यसमा अलि अलि प्राय सबै पोषण तत्वहरु मिसिएको हुन्छ ।

 

चामल

नेपालमा जस्तै जापानी खानामा पनि चामल अर्थात भात प्रमुख खाना मध्येमै पर्छ । जापानीहरु भात हरेक पटक जसो खान्छन् (ब्रेकफाष्ट,लञ्च र डिनर) र कहिलेकाहिँ खाना खानुअघि स्न्याकका रुपमा पनि भात खाने चलन छ । जापानमा भात नुन र ध्यु केही पनि नहालिकनै पकाइन्छ ।

 

सिफूड

भातजस्तै सिफूड पनि जापानी खानाको महत्वपूर्ण पक्ष हो । टोकियोस्थित त्सुकिजी बजार सिफूडका लागि विश्वकै सबैभन्दा ठूलो थोक बजार हो ।

 

पकाउने तरिका

जापानमा खाना बनाउँदा तेलको प्रयोग एकदमै कम गरिन्छ । प्रायजसो जापानी खानाहरु स्टिुयुड, ग्रिल्ड गरिन्छ । खाना छिटो पाकोस् र त्यसमा भएको पोषक तत्व खेर नजाओस भनेर तरकारी तथा मासुहरु एकदमै पातलो गरेर काटिन्छ ।

 

सिजनीङ

खानेकुरा पचाउन सजिलो होस् भनेर जापानी खानाहरु एकदमै सरल प्रकारका सिजनिङ गरिन्छ ।


थप समाचार

८ लाख ९८ हजार रुपैयाँसहित बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रोकाया पक्राउ

  • 59 minutes ago
८ लाख ९८ हजार रुपैयाँसहित बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रोकाया पक्राउ

आयोगको बुटवल कार्यालयबाट गएको टोलीले संरक्षण अधिकृत भट्टराई र रोकायाबाट रु तीन लाख ४८ हजार र विभिन्न मितिका बैंक भौचर, रु पाँच लाख ५० हजार गरी कूल रु आठ लाख ९८ हजारसहित सैनामैना नगरपालिका–१० रुपन्देही

मनिलामा मङ्गलबारदेखि पुनः लकडाउन

  • 1 hour ago
मनिलामा मङ्गलबारदेखि पुनः लकडाउन

एजेन्सी । फिलिपिन्सको राजधानी मनिलामा फेरि बन्दाबन्दी (लकडाउन) गर्ने घोषणा गरिएको छ ।

गृह मन्त्रालयका प्रवक्तामा बुढा

  • 1 hour ago
गृह मन्त्रालयका प्रवक्तामा बुढा

काठमाडौँ । गृह मन्त्रालयले नयाँ प्रवक्ताको जिम्मेवारी सहसचिव चक्रबहादुर बुढालाई दिइएको छ । गृह मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुखका रूपमा रहेका बुढालाई आज गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयको



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

कसरी बढाउन सकिन्छ प्रतिरोधात्मक क्षमता ?

कसरी बढाउन सकिन्छ प्रतिरोधात्मक क्षमता ?

काठमाडौं । प्रतिरोधात्मक क्षमता कम भएका मानिसले कागतीपानी र भिटामिन सीयुक्त खानेकुरा खाने गर्नुपर्छ । यसले इन्फेक्सन वा कोरोना भाइरस (कोभिड–१९) जस्ता फ्लुविरुद्ध लड्नका साथै प्रतिरोधात्मक क्षमता पनि राम्रो बनाउने गर्छ ।