जापान र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौता

  • शनिबार, ८ कार्तिक, २०७७
  • 7 months ago
  • युके

एजेन्सी । जापान र बेलायतबीच द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ । युरोपेली युनियनबाट बेलायतको बहिर्गमन पश्चात् पहिलो पटक भएको यो सबैभन्दा महत्वपूर्ण व्यापार सम्झौता हो । 

 

नयाँ सम्झौता अनुसार बेलायतको योर्कशायर ल्याम्ब जापानमा बिक्री खुला हुनेछ भने जापानको मोटर निर्माता निसानका अटो पार्टस् बेलायतमा निकासी गर्न सहज हुनेछ । यी दुबै सामग्रीमा लाग्दै आएका करका दरहरुमा व्यापक कटौती हुने सम्झौतामा उल्लेख छ । 

 

सम्झौता समारोहमा सम्बोधन गर्दै बेलायतका अन्तर्राष्ट्रिय व्यापार मन्त्री लिज ट्रसले उदाउँदो सूर्यको देश जापानसँग स्वतन्त्र व्यापार सम्झौता गर्न पाउँदा आफूहरुलाई खुशी लागेको बताइन् । उनले एक स्वतन्त्र हैसियतमा व्यापार गर्न खुला भएको बेलायतका लागि जापानसँगको सम्झौता ऐतिहासिक रहेको पनि बताइन् । 

 

जापानसँगको व्यापार करिब २० अर्ब डलर वृद्धि हुने अपेक्षा गरिएको यस सम्झौताले बेलायती कम्पनीहरुलाई जापानमा व्यापार र व्यवसाय गर्न सहज हुने विश्वास गरिएको छ । 

 

वित्तीय सेवाहरुले जापानमा बेलायती सामानको बिक्रीमा व्यापक सुधार हुने अपेक्षा गरेका छन् । अहिल्यै बेलायतको कूल निकासीमध्ये २८ प्रतिशत जापानमा हुने गरेको छ । बेलायतबाट आयात हुने कोट र जुत्ता, स्टिलटन चिज, सुँगुरको मासु र बिस्कुट समेतका सामानमा जापानी बजारमा अझ सस्तिने छन् । 

 

सम्झौता समारोहमा बोल्दै जापानका विदेशमन्त्री तोसीमिचु मोटेगीले विगतदेखि बेलायतसँग रहँदै आएको व्यापारिक सम्बन्ध थप सुदृढ हुने बताउँदै ई–कमर्श र वित्तीय सेवा समेत जापानमा विस्तार हुने विश्वास व्यक्त गरे । 

 

जापानले यसअघि युरोपेली युनियनसँग स्वतन्त्र व्यापार सम्झौता गरेको थियो जसमा बेलायत पनि सामेल सदस्य थियो । तर युरोपेली युनियनबाट बेलायतको बहिर्गमन आगामी डिसेम्बरसम्म मात्र रहेकाले बेलायत र जापानबीच नयाँ सम्झौता भएको हो । 

 

जापान र बेलायतबीच भएको व्यापार सम्झौतालाई दुबै मुलुकका संसदले अनुमोदन गरेपछि आगामी सन् २०२१ बाट यो सम्झौता लागू हुनेछ । जापानको संसदले अर्को साता नै यो सम्झौता अनुमोदन गर्ने सम्भावना छ । 

 

जापानबाट बेलायतमा यसअघि वार्षिक करिब १४ अर्ब डलर बराबरको वस्तु तथा सेवा निर्यात हुने गरेको छ जसमा अधिकाँश सामान सवारी साधन, तिनका पार्टस् र अन्य मेसिनरी रहेका छन् ।


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रिमियर लिगको नयाँ सिजनको खेल तालिका सार्वजनिक

  • 3 minutes ago
प्रिमियर लिगको नयाँ सिजनको खेल तालिका सार्वजनिक

एजेन्सी । प्रिमियर लिगको नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ । नयाँ सिजनको प्रिमियर लिग अगस्ट १४ बाट सुरु हुँदैछ । पहिलो खेलमा नै डिफेण्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले टोटनहमसँग आमने सामने गर्ने

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले शुक्रबार विश्वासको मत लिने

  • 18 minutes ago
गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले शुक्रबार विश्वासको मत लिने

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिने भएका छन् । उनले शुक्रबार विश्वासको मत लिने प्रस्ताव गरेको संसद सचिवालयले जनाएको छ । मंगलबार उनले संसद सचिवालयमा विश्

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

  • 30 minutes ago
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मध्यपुरथिमि । मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।



पर्यटन

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

एक हजार ४१८ वर्ष पुरानो पनौती जात्रा दोस्रोपटक स्थगित

काभ्रेपलाञ्चोक । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा एक हजार ४१८ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष पनि स्थगित गरिएको छ ।

जीवनशैली

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

यी हुन् कपाल झर्न रोक्ने घरेलु उपाय

काठमाडौं । तोरी, नरिवल वा सस्र्यूंको तेल तताएर हलुका मसाज गर्ने । जरासम्म पुग्ने गरी मसाज गरेर स्याम्पुले कपाल पखाल्ने ।

विचित्र विश्व

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि

काठमाडौं । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । उक्त नयाँ भेरियन्ट केही हप्ताअघि पाइएको डेल्टा भाइरससँग मिल्दोजुल्दो लक्षण पाइएको छ ।